देशकै सबैभन्दा सुन्दरी हात्ती बनिन पिङ्कीकली
- योगेश अधिकारि / सौराहा
सयौ हात्तीहरुबाट उत्कृष्ट पाँचमा छनौट भएका समृध्दीकली, पुष्पाकली पिंकीकली लोकतन्त्रकली र प्रकृतीकली बिच गत पुष १३ गते आआफ्नो उत्कृष्ट प्रस्तुती प्रदान गरी प्रतिस्पर्धामा निर्णायक मंडलबाट पिंकीकलि, पुष्पाकली र प्रकृतीकली फाईनल चरणमा छनौट भएका थिए । उनीहरुले हिजो १४ गते हात्ती महोत्सबको चौथौ दिन हजारौं स्वदेसी तथा बिदेशी दर्शक तथा सयौ पत्रकार र निर्णायक मण्डल बिच आफ्नो प्रस्तुती प्रदान गरेका थिए । निर्णायक मण्डलले उनीहरुको उमेर, हिँडाई, माहुतको पोसाक, हात्तीको ऋंगार,सजावट आदिको अवलोकन पश्चात यस बर्षको हात्ती सुन्दरी पिकी कली घोषणा गरे । त्यस्तै पुष्पाकलीले फस्ट रनरअफको उपाधी हात पारिन ।
साथै आजै सम्पन्न हात्ती दौड प्रतियोगीतामा ब्लु प्पान्ट जर्मनी प्रथम, आउट साईन एडभेन्चर नेपाल द्वितीय, र बुबो ट्राभल स्लोभाकिया तृतीय भए । हात्तीका छावाहरुको फुटबलमा प्रथम प्रभु बैक, द्धितिय ग्राण्डी ईन्टरनेशनल हस्पीटल र तृतिय टान भएका छन । बिजेताहरुलाई आजै हात्ती महोत्सबको समापन तथा पुरस्कार बितरण कार्यक्रम बिच पुरस्कार बितरण गरी ११ औ चितबन हात्ती महोत्सब सम्पन्न भएको छ ।
देशकै सबैभन्दा सुन्दरी पिङ्की कली
(यो फोटो चाहिँ नारायण रिजालले खिचेका हुन्, बाँकी सबै योगेश अधिकारिले)
देशकै सबैभन्दा सुन्दरीसित एक पोज किन नहान्ने ? योगेश र शरद पाण्डे
हात्ती पोलोका तस्विर
फेसबुकमा नेपालप्लस
नेपाली भाषाको– https://www.facebook.com/Nepalplus
फ्रान्सेली भाषाको– https://www.facebook.com/nepalplusenfr
(तपाईका फ्रान्सेली साथिहरूलाई नेपालका रोचक जानकारि फ्रान्सेली भाषामा पढ्न सिफारिस गरेर सहयोग गर्नुहोला)


















