क्रुर गढीमाई मेला (फोटैफोटो)
विश्वको सबैभन्दा ठूलो पशुहत्या मेला भनेर् चिनिने गढीमाई पर्व हिजो शुरु भयो वारा जिल्लाको गढिमाई मन्दिरमा । गढीमाई मेला परम्परादेखि चलि आएको भएपनि यो अहिलेको जस्तो भयाबह थिएन । सानो पर्वका रुपमा रहेको यो अहिले हरेक वर्ष पशुको बली दिने आकांक्षा बढ्दो छ । त्यहाँ पाँछ लाख भन्दाबढी पशु दुई दिनकै मेलामा काटिने बताइन्छ । मानव अधिकरकर्मी, पशु अधिकारकर्मी, धर्म गुरुहरु, समाजसेवी लगायत यो मेलाको बिरोध गर्दागर्दैपनि गढीमाईमा हजारौं हजार पशुको हत्या गरिएको छ । लाखौं पशुको सामूहिक हत्या रोक्न नसकिएपनि अधिकारकर्मीहरूको प्रयासले गर्दा यो वर्ष पशुवलीको संख्या केही घटेको र यसका विरुद्द जनमत श्रीजना हुँदै गएको भने देखिएको छ ।
गढीमाईमा पाँच लाख पशुको एकै ठाउँमा बली दिएर विश्वकै सबैभन्दा धेरै पशुको सामूहिक बली दिने मेलाका रुपमापनि नेपालको बदनाम हुँदै छ । मेलामा आउनेहरूले मासु जथाभावी मिल्काउने गरेका छन् । रगतको खोलि बग्छ । सुत्ने र बस्ने ठाउँको प्रबन्ध नमिल्दा ट्र्याक्टर र गाढा मुनिपनि सुत्छन, मेलामा आउनेहरू । हरिया झिँगा र किराको थुप्रो झुम्मिन्छ, फ्याँकिएको मासु र रगतमा । सुरक्षाको प्रबन्ध गतिलो हुन्न । त्यहाँ कुनैपनि बेला सानो विषयले झगडाको रुप लियो भने मानिसकै बिचमा काटमार हुने संभावना छ । त्यसैलेपनि यो अबैज्ञानिक, असुरक्षित र गैरसांस्क्रितिक छ । यो पशुवलीले गर्दा विश्वमा नेपालको बदनामा भई पर्यटक आगमनमा असर पुग्ने दाबीपनि केहीले गरेका छन् ।
यो लेखपनि पढ्नुस्
निधारको टिकामा राजनीति गर्नेहरू गढीमाईको पशुबलीबारे किन चुपचाप ?
फोटो स्रोत- GADHIMAI MASSACRE, SUPPORT US TO STOP THIS र डेली मेल युके



















