मान्छे ठग्नलाई खुट्टै हुनुपर्छ र ?

roma-chiran

एउटा मात्रै खुट्टाले आकर्षक न्रित्य देखाउने रमा न्यौपानेको लोकप्रियता विश्वभरिका नेपालीमाझ छ । त्यहि सिपले गर्दा उनको सामाजिक हैशियतपनि बनेको छ । तर त्यहि सामाजिक् हैशियत र लोकप्रियतालाई दुरुपयोग गर्दै उनले सोझा साझा नेपालीको लाखौं ठगी गरेकि छन् भन्ने जानकारि चाहिँ कमैलाई होला । उनले आफ्ना पती चिरन्जिवी पोखरेलसितै मिलेर भिएडी नेपाल लघुबित्त कार्यक्रमका नाममा ठगेकी हुन् । भिएडी नेपाल लघुबित्त कार्यक्रम बचत पासबुक लेखिएको पासबुकपनि उनीहरूले ग्राहकहरूलाई दिने गरेका छन् । त्यति मात्रै होईन रोमा न्यौपाने दम्पत्तीले ठमेलमा रहेको कोजी काफी रेस्टुरेन्ट मार्फतपनि सोझासाझा नेपालीहरूलाई ठगेका छन् ।

कसरी गरे त ठगी ?

advertisement

यी दम्पत्तीले २०६९ चैत्र महिनामा कान्तिपुर दैनिक पत्रीकामा एउटा बिज्ञापन छपाएका थिए । लगानीको अवशर भन्ने शिर्षक अन्तर्गत राखिएको त्यो बिज्ञापनमा ‘एक प्रतिस्ठित ब्यवशायिक संस्थाले १० वर्षदेखि नेपालमा सञ्चालन गरिरहेको र नयाँ शुरु गर्न लागेको पर्यटन संवन्धी प्रोजेक्टमा लगानीको अवशर’ लेखिएको थियो । त्यो देखेर सुरक्षित आम्दानीको खोजीमा रहेका धेरै नेपाली आकर्षित भए । तीनले फोन गरेर लगानी बारे जानकारि माग्थे । फोनमा जानकारि दिने तिनै रोमा न्यौपानेका पती चिरन्जिवी पोखरेलले सबैलाई जानकारि लिन कार्यालयमै आउन आग्रह गर्थे । त्यसको कार्यालय कर्ण शाक्यको काठमाडौं गेस्ट हाउस सँगै रहेको डच होम भन्ने सानो गेस्ट हाउसमा थियो । रोमाका पती पोखरेलले त्यहिँ बोलाउँथे ।

Dutch-home

(रोमाका पती चिरन्जिवी पोखरेल । यहि कार्यकक्षमा रकम उठाइन्थ्यो)

त्यो गेस्ट हाउस तिनै पोखरेलले चलाउँदै आएका थिए । त्यसैमा भिएडी नेपालको कार्यालयपनि थियो । त्यहि कार्यालयमा बसेर पोखरेलले आफ्ना सबै प्रोजेक्टहरुका बारेमा बताउँथे ।  ब्याज दर महिनामा तिन देखि पाँछ रुपैयाँ दिने कुरो सुनाए । धेरैलाई नफस्ने बिश्वास दिलाए । त्यहि बिज्ञापन देखेर काठमाडौंकी कोहिनुर बस्नेतपनि पुगिन । पैसा नफस्ने आश्वाशन पाएपछि उनलेपनि पत्याएर लगानी गरिन् । उनले २०६९ चैत्र अन्तिम साताबाट थोरै थोरै लगानी गर्दै गइन । पोखरेलले शुरुमा त ब्याज ट्याक्क ट्याक्क दिंदै गए । यो क्रम आश्विन महिनासम्म चलीरहयो । त्यसको पछिल्लो तीन महिना वा भ्राद्र देखि दु:ख दिन थाले । तारन्तार फोन नगरेसम्म वास्ता गर्दैनथे । तर ग्राहकहरुसित रकम उठाउन भने छोडेका थिएनन् । बरु उनीहरूले त्यसरी रकम तिर्नेलाई तिन वा पाँच वर्षको तमसुक बनाउन दबाब दिन्थे । कोहिनुर बस्नेतलाईपनि उनीहरूले त्यसै गरेका थिए । उनले एक एक महिने का दरले तिन महिनासम्मको बनाउँदै गइन ।

तर एक खुट्टाले नाचेर सामाजिक हैशियत बनाएकी रोमा न्युपाने र त्यो भीएडी बचत चलाउने पोखरेल दम्पत्ती हुन्न भन्ने कुरा उनीहरूले सकेसम्म खुलाएका थिएनन् । धेरै पछि बल्ल रकम बुझाउनेहरूले मेसो पाए । त्यो थाहा पाएपछि सामाजिक हैशियत बनाएकी ब्यक्तिसमेत संलग्न भएको ठानेर अझ धेरैले विश्वास गरे । बचतकर्ताहरूले चेक काटेर तिर्ने गरे । त्यस मध्येमा कोहिनूर बस्नेतपनि थिईन । भी ए डी नेपाल लघुबित्त कार्यक्रम लेखिएको पासबुक संस्था दर्ता नहुँदै उनीहरूले दिन थालेका थिए । उनीहरूले ‘दर्ता हुँदै छ’ भन्ने जवाफ दिएका थिए ।

VAD-Nepal

भिएडी लघुबित्त बचत कार्यक्रम अन्तर्गत मासिक ब्याज दिन्छु भनेर लेखित संझौता गरेपनि २०७० को दशैं सक्किए पश्चातनै ब्याजसमेत दिन छाडेको गुनासो पिडितहरूले गरेका छन् । ‘मलाईपनि त्यसपछि ब्याज दिन छाडेका छन्’ बस्नेतले भनिन ।  तर उनले २०७० मंसिरसम्मको लागि तमसुक बनाएकि थिईन । २०६९ चैत्र देखि २०७० आश्विनसम्म ६ महिनामा जानी नजानी रु २८ रुपियाँ लगानी गरेको र ब्याज स्वरुप करिब नौ लाख मात्रै पाएको बस्नेतले बताइन् । उनीहरूले २०७० कार्तिक देखि ब्याज पनि चटक्कै दिन छोडे । ब्याजको रकम अली कस्सिएर माग्न थालेपछि त रोमा न्यौपाने र उनका पती मिलेर गुण्डाहरु मार्फत फोन धम्किहरु दिन थाले । बचत रकम लेनदेनमा कुनै सरोकारनै नभएका व्यक्तिहरु बिचमा आएर फोनमा धम्क्याउन थालेको गुनासो बस्नेतले गरिन् ।

ठगीको कहानि त्यतिमै सकिन्न । ठमेल नर्सिङगेटभित्र रहेको कोजी क्याफे एन्ड रेस्टुरेन्ट २०७० बैशाखसम्म गिरिराज सेढाई र सुन्दर धरेल दुई जना मिलेर चलाएका थिए । तिनै रोमा न्यौपानेका पती चिरन्जिवी पोखरेलले रु ८ लाखमा उक्त रेस्टुरेन्ट किनेछन, तोकिएको रकम मध्ये आधा मात्रै भुक्तानी गरेर । बाँकी आधा रकम तमसुकको रुपमा कागज गरेर दिए । तर त्यो रकम ती दुई जनालाई हालसम्म तिरेका छैनन् । रकम माग्दा झुलाउने र धम्क्याउने गरेको स्रोतले बतायो ।

10799483_732484476839883_53872599_n

(हेर्नुस् त कति खाले सेवा दिने भनेर खोलिएको छ । जहाँबाट पैसा पाइन्छ त्यसैमा रकम लिनकालागि होईन ?)

रेष्टुरेन्ट किनेर २०७० जेठ महिनादेखि संचालनमा ल्याए । त्यसको उद्घाटन गर्न समाजसेबी दिलशोभा ताम्राकार र दिपकराज गिरीलाई प्रमुख अतिथिको रुपमा निम्त्याए । त्यसपछि त तिनको शानमान झन् बढ्यो । रेष्टुरेन्टमा जो जो कर्मचारी भर्ति गरे ती सबैसँग लगानीपनि गराउने, त्यस बापतको ब्याज पनि दिने र तलब पनि दिने शर्तमा राखे । उता कर्ण शाक्यको काठमाड्णु गेस्ट हाउसको प्रवेशद्वारको दाहिनेपट्ट्टी पिलग्रिम्स बुक हाउससितै जोडिएको डच होममा रोमाका पती चिरन्जिवी दश वर्षदेखि रुमब्वाई (कोठा सफा गर्ने) काम गर्थे । तर घर धनी ब्रिद्द भएपछि मासिक एक लाख घर भाडा बुझाउने शर्तमा घरबेटीले पोखरेलाईनै चलाउन दिए ।

पछि पैसा दिनको साटो त्यहि रेस्टुरेन्टमा साझेदार बन्नको लागि दबाब दिन यी जोडी बस्नेतका घरसम्म पुगे । परिवारलाई भेटेर दबाब दिए । उनीहरूले यसरी रकम लिएर ब्याज नदिएका अरुपनी धेरै थिए । कर्मचारीको तलबपनि नदिएकाले कर्मचारीहरुपनि क्रुद्द बनेका थिए । उनीहरूले उक्त रेस्टुरेन्टमा शुरुमै गुप्ता थरका एक ब्यक्तिलाई ५० प्रतिशत रकम हाल्न लगाएर साझेदार बनाएपनि रेस्टुरेन्ट भने रोमाको नाममा दर्ता थियो ।

roma-nyaupane-chiranjibi-pokhrel

पछि यदि रेस्टुरेन्ट खरिद नगरे पैसा तिर्न नसक्ने भन्दै १५ लाखमा बेच्दापनि रेस्टुरेन्ट भने नामसारी गरिदिन रोमाले अटेर गर्न थालिन । एक दिन त दुई जना जना युवाहरूलाई त्यो सबै ब्यापार जिम्मा लगाएर ति जोडी एकाबिहानै त्यो ठाउँ छोडेर सम्पर्कबिहिन भए । रेस्टुरेन्ट किनेको भनिएका गुप्ता र बस्नेतलाई तिनले भने ‘हामीले पनि तिनीहरुसँग पैसो लिनु छ । हामीलाई ८ लाख दिने भए छोड्छौं ।’ उता डच होमपनि आफ्नै भिनाजुसित लाख लिएर लज जिम्मा लगाई ती भागे ।

आफ्नो रकम दिन अनेक बिन्ती गर्दापनि नटेरेपछि कोहिनुर बस्नेतले त्यो गेस्ट हाउसमा रहेको तिनको कार्यालय कोठामा ताला लगाइदिईन । बिबाद बढेको देखेपछि गेस्ट हाउसका मालिकले आएर रोमाका पतीलाईनै निकाला गरिदिए । त्यति मात्रै होईन रोमाले आफैंले रकम तिर्नुपर्ने ब्यक्तिहरूलाई समेत वाईसिएलका केही कार्यकर्ताहरू लागएर क्याफेबाट खेदाउन खोजेको पीडित बस्नेतले बताइन् । तर ती सक्कली वाईसिएल थिए वा वाईसिएलका नाममा नक्कली युवाहरू खडा गरिएको थियो भन्नेपनि शंका गरिएको छ ।

त्यो घटना हनुमानढोका कार्यालयमा एस एस पी रमेश खरेलकहाँ पुग्यो । पीडितले सहयोगको याचना गरे । त्यहाँ बस्नेतको चेक नभएको र लेनदेन मुद्दा भएकोले प्रहरीले केहि गर्न नसक्ने जवाफ खरेलले दिए । त्यति मात्रै होईन, रोमाका दम्पत्तीले टंक मिश्र नामका वकिललाई कानुनी सहयोग लिएर काम गरेको रकमसमेत नदिएको आफन्तहरूलाई बताउने गरेका छन् ।

रोमा दम्पत्तीले तिर्नुपर्ने रकम कसैलाई तिरेनन् । त्यहि क्याफे रोमा न्यौपाने दम्पतीले अन्य युवाहरुलाईपनी कागज गरेर बिक्री गरेका थिए । दोस्रो पटक हनुमान ढोकामा घटना पुगेका बेला भने रोमा न्युपाने आफैंले गुप्ता र बस्नेतले पाँच लाख दिएमा रेस्टुरेन्टका केटाहरू हटाएर चलाउन दिन राजी भएको बताइन् । यसबाट रेस्टुरेन्ट बेचेर रकम हात पारेपनि रेस्टुरेन्ट भने आफ्नै कब्जामा राख्न उनले युवाहरूलाई रेस्टुरेन्ट बिक्री गरेको संझौता पत्र दिएको पुष्टी हुन्छ । तर यसअघी भने गुप्ताले सो रेस्टुरेन्ट नामासारी गरिदिन आग्रह गर्दा तिनै रोमा न्यौपानेले मानेकी थिईनन । त्यसपछिपनि रोमाका जोडी फेरि बेपत्ता भए । रेस्टुरेन्ट बेचेको कागज केही ब्यक्तिलाई दिएर उनीहरू फरार भएका थिए जसले गर्दा रेस्टुरेन्ट हाम्रो हो भन्दै कब्जा जमाउन उनैका युवाहरू आएका थिए । त्यति मात्रै होईन, उनीहरूले केही युवाहरूलाई गेस्ट हाउससमेत भाडामा दिएको फर्जी संझौता फेला पारेको स्रोतले बतायो । रोमाको निर्देशनमा चलेका ती युवाहरूले क्याफे रेस्टुरेन्ट १५ लाखमा बेचेको कागज बोकेका थिए । फर्जी कागज हो भन्ने भेउ नदिनकालागि रोमाले उनीहरूलाई वकिलकै हातबाट सक्कली कागज झैं दुरुस्तै बनाएर दिएकी थिईन ।

रेस्टुरेन्ट बिक्री गरेर हिँडेपछिपनि रोमाका जोडीले त्यो रेष्टुरेन्टको तीन महिनाको घर भाडा, पाँच महिनाको कर्मचारीको तलब नतिरी बेपत्ता भएका थिए । क्याफे बेचेर हिँडेपछी रकम दिनुपर्ने युवाहरुबिच लेनदेनका बिषयमा मतभेद भयो । रोमाका जोडीले तिनैलाई मुद्दा हाले । किर्ती कागज गरेकाले पछि रोमा र ती युवाहरुबिच लेनदेनमा खटपट भयो । युवाहरूको मुद्दा फिर्ता लिइदिउँला भन्ने शर्तमा बल्ल तल्ल गुप्तालाई रेस्टुरेन्ट फिर्ता दिए । कोहिनुर बस्नेतको फसेको पाँच लाख दिएर गुप्ताले रेस्टुरेन्ट लिए । रोमाले फेरि अर्को चाल खेलिन् । गुप्ताले रेस्टुरेन्ट लिने भएपछि ति युवाहरूको पाँच लाख परेको छ, त्यो तिर्न लगाउने । त्यो रकम तिरेर रेस्टुरेन्ट खरिद गर्न रोमाका दम्पत्तीले कोहिनुर बस्नेतलाई दबाब दिए । उनले फेरिपनि ठगिने डरले मानिनन् । त्यसपछि गुप्ता आफैंले ती युवकहरुसित मुद्दा फिर्ता गराएर बस्नेतको पाँच लाख दिए । आजसम्मको लेनदेन केकती भएको छ त्यसको हिसाब कटाएर आफूले २८ लाखको हिसाबकिताब गर्न रोमाका जोडीसित बाँकी रहेको बस्नेतले बताइन् ।

मेडियाहरुसितको निकटता, वरिष्ठ कलाकार र समाजसेवीहरुसितको आवतजावत र आफ्नो सामाजिक हैशियत देखाएर धम्क्याउने गरेकाले पिडितहरूले आफ्नो रकम लिनुपर्ने भएको कुरो पनि हाकाहाकी बताउन डराउँछन । तर स्रोतका अनुसार अस्पत्तालमा कार्यरत ती गुप्ताले १५ लाखमा हाल त्यो कोजी काफे एन्ड रेस्टुरेन्ट लिए जुन रेस्टुरेन्ट रोमाका दम्पतीले आठ लाखमा लिएका थिए । बाँकी रकम लिनुपर्नेहरूको ताँती छ । पिडितहरूले पूरा नाम दिन नचाहेपनि कोहिनुर बस्नेतको २८ लाख, सुशिला भन्ने महिलाको १० लाख, जम्बु भन्नेको तिन  लाख, गगन भन्नेको तिन लाख, समिरको दुई लाख, हाल कोजी काफे रेस्टुरेन्ट रहेको भवनमै स्पा चलाउने विष्णु श्रेष्ठको एक लाख, दिलिपको तिन लाख छ । दिलिपले हालै डच होम लिएका छन् । त्यसैगरि कृष्णको एक लाख, नरेन्द्र आलेको तिन लाख, नरेशको चार लाख, कोजी क्याफे बेचेका गिरिराज सेढाईको चार लाख रोमा न्यौपाने र उनका पती चिरन्जिवी पोखरेलले दिएका छैनन् । अर्का एक ढकाल थरका ब्यक्तिकोपनि छ लाख खाइदिएको स्रोतले बतायो । त्यसैगरी ठकुर पोख्रेल र रविन सुबेदीकोपनि ठगेका छन् । तर तिनको रकम कति हो भन्ने जानकारि लिन सकिएन ।

रकम लिनुपर्नेको भिड लागेपछि रोमाका दम्पत्तीले बैंकमा रकम नभएको छेक दिएर झन् धोका दिने गरेका छन् । गएको भाद्र महिनामा जोजोसित बाउन्स चेक (चेकमा सहि गरेर रकम दिने तर बैंकबाट लिन खोज्दा खाता रित्तै) तिनले एकदिन सुरज महर्जनको नेत्रित्वमा एकाबिहानै सोह्रखुट्टे प्रहरीको सहारामा रोमाका पती चिरन्जिबी पोखरेललाई चौकी पुर्याए । उनलाई प्रहरी चौकीमा पुर्‍याएको थाहा पाएपछि उजुरी दिनेहरू झुम्मिए । पैसा ठगेको भन्दै दर्जनौं लामा लागेका थिए । उनीहरूको धन्दा के हो भने पती अखबारमा बिज्ञापन गरि गरि भिएडी नेपालका नाममा रकम उठाउने । पत्नी रोमा त्यसमा साक्षी बसेर हस्ताक्षर गर्ने ।

उनका पती सोह्र खुट्टे प्रहरी कार्यालयमा थुनिँदा रोमा अष्ट्रेलिया न्रित्य देखाउन पुगेकी थीइन । त्यति मात्रै होईन उनले पैसा लिएकाहरूले आफ्नो पैसा माग्दा थर्काउने, गुण्डाहरू लगाउने र ‘अब जे गर्छ मलाई मिडिया र जनताले साथ दिनेछ’ भन्दै केही मेडियाको नाम लिएर धम्काउने गर्छिन । आफ्नो लोग्नेले त्यति धेरै पैसा उठाउँदा समेत किन यति धेरै ऋण लिएको भन्नुको साटो उनी आफैं साक्षी बसेर रकम असुल्न लगाउँछिन ।

कोहिनुर बस्नेत लगायत दर्जनौंको पैसा रोमाले त्यसरी खाएकी छन् । रकम माग्दा गुण्डाहरू लगाउने गर्छिन । उनले कोजी क्याफे गिरिराज सेढाईबाट किनेकी थिईन । रेस्टुरेन्ट किन्दा बाँकी राखेको चार लाख रुपियाँ हालसम्म रोमाका जोडीले तिरेका छैनन् । सेंढाईले बारम्बार फोन गरेर दुखेसो गर्छन् । तर रोमाका जोडीले थर्काएरै पन्छाउने गरेका छन् ।

पत्रिकामा बिज्ञापन गरिगरी भिडिए लघु बचत कार्यक्रमका नाममा उनीहरूले कार्यालय देखाउँदै रकम लिएका थिए । रकम लिने बेला यो हाम्रो कार्यालय भन्दै डच होम गेस्टहाउसमा रहेको कार्यालयमा लेनदेन गर्थे । तर हाल भिएडी नेपालको कार्यालय कतै छैन् । रोमा दम्पत्ती गुपचुप जस्तै गरेर बसेका छन् । रकम लिनुपर्नेहरूले पत्ता लगाए डेरा सरिरहन्छन ।

उनीहरूको ठगीका बारेमा रोमा न्युपानेसित संपर्क गर्दा उनले भनिन् ‘कोबाट रिपोर्ट आएको र कस कसको रकम उठाएको सोबारे जानकारी स्पस्ट भए मलाई प्रष्टीकरण दिन सजिलो हुन्थ्यो ।’ उनले आफ्ना श्रीमान चिरन पोखरेलले अरुको ऋण लिएर आफ्ना नाममा ठमेलमा रेष्टुरेन्ट काममा खोलेको स्विकारिन । आफ्नो कारणले गर्दा मिडियाले पनि रेष्टुरेन्टको खुब प्रचार प्रसार गर्ने गरेको बताईन् । उनले भनिन ‘म विदेश गैरहने र ठमेलमा त्यत्रो रेष्टुरेन्ट छ, पैसा पनि टन्न छ भनेर ति टी भी च्यानलहरुले खुब प्रचार गरे । यस कारण साथीभार्इ तथा सर्व साधारणमा पनि रोमासंग टन्न पैसा छ भनेर भ्रम भयो । ऋण लगानी गर्ने ४/५ जना व्यक्तिले ऋण उठाउन दबाव दिन थाले । ब्ल्याकमेल गरि असुल्न खोजे, बिभिन्न किसिमका धम्कि दिए । केहि नलागेर उनीहरुले अफिस तोडफोड गरिदिने, चाबी लगाइदिने, घरबेटी, कामदार, कर्मचारीलार्इ समेत रकम खार्इ भागेको भनि भ्रम फैलाउने गरे । गुन्डा प्रयोग गरेर जालसाँजी गरि बनावटी खरिद बिक्रिको कागज बनाइ हाम्रो सम्पूर्ण व्यवसाय कब्जा गरेका हुन् ।’ बनावटी कागज बनाएर यदि गुप्ताले आफ्नो रेस्टुरेन्ट कब्जा गरेका हुन् भने हालसम्म उक्त रेस्टुरेन्ट चलाइरहेका गुप्तालाई कारवाही गर्न किन सकेनन त ? रोमाले यसको जवाफ दिएकी छैनन् । उनले त्यसरी कागज बनाएर आफूलाई ठग्ने को हुन् भन्नेपनी उल्लेख गरेकि छैनन् ।

10807946_732505310171133_180653825_n

(रोमा साक्षी बसेको दस्तखतसहितको संझौता) 

उनले जसको ऋण लगानी गरिएको हो उसैलाई रेस्टुरेन्ट सुम्पिएर हिँडेको प्रतिक्रियापनि दिईन । तर ऋण लिएका मध्ये गुप्ताले मात्रै उनको रेस्टुरेन्ट किनेको र बाँकीलाई रकम फिर्ता दिएको स्पष्ठ पारेकी छैनन् । उनले यसबाट पन्छिन पन्छिन खोजिन ‘मेरा श्रीमानसँगको लेनदेन कारोबारमा म संलग्न छुइन । ऋण स्वरुप लिएको केहि रकम अझ बाकि होला । जुन उहाँले कमाएर तिर्नु हुन्छ ।” उनले श्रीमानको लेनदेनमा आफू संलग्न छैन् भनेपनि भिएडी नेपालको रकम उठाउँमा आफैंले सहि गरिगरि साक्षी बसेकोले उनी यसमा संलग्न भएको पुष्टी गर्छ ।

उजुरी गर्नेको सूची माग्ने र पन्छिन खोज्ने गरेपछी उनले दिएको जफाव चित्त नबुझेर उनलाई फेरि स्पष्ठ पार्न आग्रह गरियो । रोमाले कोहिनुर रंजित बस्नेत लगायत अरु तिन चार जनाबाट आफूहरू पीडित भएको बताएर थप जवाफ दिन इन्कार गर्दै आफ्नो मोबाइल नंबर दिएर भेट्न आग्रह गरिन् ।

(यस बिषयमा अन्य कागजपत्रपनि नेपालप्लससित सुरक्षित छन्) 

तपाइँको प्रतिक्रिया