श्रीमानलाई बिदेश् पठाउँदै हुनुहुन्छ ? पहिले यता ध्यान दिने कि ?
नेपाली महिला जसले जुन विवाहको बन्धनमा बाँधिएर पतिको रुपमा स्वीकार गरेर आउनु भएको छ । उहाँहरुलाई मेरो विनम्र अनुरोध ! आफ्नो श्रीमान् विदेश गएको छ भनेर छोरा/छोरी बोडिङ्ग पढाउने निउँमा आफ्नो जग्गा जमिन बाँझो राखेर शहर नजानुहोला । कानमा टप, मुन्द्रा र घाँटीमा सिक्री नखोज्नु होला । आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिको चामल नखोज्नुहोला । मोही, आँटो र गाबाको तरकारीलाई लत्याएर मासु, हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँघर छोडेर बजारको महँगो कोठा भाडा तिरेर बस्न नखोज्नु होला । किनकि विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कतिखेर मृत्युको शिकार बनेर बाकसमा पेकिङ् हुनपर्ने हो कसैलाई थाह हुँदैन । तसर्थ मोजमस्ती र विलाशी जिवनशैली होइन् साधारण जिवनशैलीमा रमाउन सिक्नुहोस् ।
माथिल्ला तस्विर र शब्दहरू मालिक हेरी भन्नेको फेसबूकमा उल्लेख भएका शब्द र फोटो । दोस्रो फोटो पेरिस निवासी यमकुमार राईको फेसबुकबाट लिएको हो । यो तस्विरलेपनि युरो कमाउन कति जोखिम र कष्टपूर्ण हुन्छ भनेर देखाउन खोजिएको छ । बिदेशमा नेपालीहरूको अवस्था छोटकरीमा चित्रित गरेकाले राखेको हो ।







