के हो मन ? कसरी चल्छ यो ?
- सुदिप घिमिरे / काठमाडौं
मन’ दुई अक्षरको शव्द । कति साधारण छ । तर यो धेरै मात्रामा प्रयोग गरिन्छ । यसको चर्चा भने कमै मात्र हुन्छ । धेरैको उपेक्षामा परेको बिषय पनि हो ‘मन’ । मन व्यक्तिमा छ, तर कहाँ छ ? शरीरको कुन भागमा हुन्छ ? हामी सजिलै भन्छौ व्यक्तिको टाउकाको आकार कस्तो हुन्छ, मुटु कस्तो हुन्छ भनेर तर मन कस्तो हुन्छ र शरीरको कुन भाग छ भनेर सोध्यौ भने सही उत्तर कसैवाट पनि पाउन कठिन छ ।
तपाई एक्लै हुनुहोस् वा धेरै व्यक्तिको विच हुनु होस् । तपाईको मनका कुराहरु खेलिरहेको हुन्छ । एक मिनेटमा व्यक्तिले ३ हजार भन्दा बढि कुराहरु सम्झन सक्छ । यो विचार गरौ त हो की होइन् होला ? हाम्रो शरीर कहाँ छ । तर मनले एकै सेकेण्डमा देश/विदेशका विभिन्न स्थान घुमेर आउँछ । कस्तो चलायमान छ हाम्रो मन । मनमा के के कुराहरु खेल्छन् आफूलाई थाहा हुन्छ । तर अर्कोको मन बुझ्न धेरै जटिल हुन्छ । यसको मनमा यस्तो कुराहरु खेलाउदै छ भन्ने कुराहरु उसको निधारमा लेखेको हुदैन् । कसैले पनि उसको अनुहार हेरेर अनुमान गर्ने सक्दैनन् । व्यक्तिहरुले भन्ने पनि गर्दछन् —‘मन त मर्दैन, शरीर पो मर्छ’ । शारीरिकरुपमा बुढा बुढी भएकाहरुको मुखमा पनि त्यही शव्द झुण्डिएको हुन्छ —‘मन त कहाँ बुढो हुन्छ र ।’
‘पोहार साल खुसी फाट्यो मनले टालें, यो शाल भाग्य फाट्यो केले टाल्ने के ले सिउने ?’ यो पनि एक गायिकाको मनको अभिव्यक्ति गितबाट दिइन् । त्यस वाहेक मनका बिषयमा उखानहरु पनि प्रशस्त्रै बनेका छन् । ‘बन डढेको सवैले देख्छन् बन डढेको कसले पो देख्छ र’, ‘पिठ्यूको भारी गाह्रौ भयो भने विसाउनु पर्छ मनको भारी गह्रौ भयो विश्वास लाग्दो व्यक्तिलाई कहनु पर्छ ।’
माथी उल्लखीत उखान र गीतलाई मात्र उदाहरण लिने हो भने मनको कुरा कुनै न कुनैरुपमा मिसाइएको हुने रहेछ । तर कसैले पनि धेरै चर्चा भने गदैनन् । यस्ता शव्दहरु व्यक्ति आफैले अनुभव गदै प्रयोग गरिरहेको हुन्छ, तर व्याख्या भने गदैनन् । व्यक्तिले मेरो मन दुखेको छ, मेरो मन छिया छिया भएको छ, आज मेरो मन खुसी छ भनेर अभिव्यक्ति दिईरहेको हुन्छ । त्यसले मुख्य सन्देश के दिन सक्छ भने उसको मन यात सुखी छ, यात दुखी छ । सुखी भएको वेला सुखीका सन्देशहरु स्वाभाविकरुपमा आउाछन् भने दुख लाग्दो अवस्था भएको समयमा व्यक्तिको मनले दुखीका सन्देशहरु प्रवाह गरिरहेको हुन्छ ।
त्यसैले मन भनेको व्यक्तिमा रहने खुसी, दया, माया, रमाइलो, सोच, धारणा, संवेगहरु हुने । यी सवै हामै्र मनबाटै उत्पादित हुन्छन् । स्वास्थ्य शरीर भित्र स्वास्थ्य मन हुन्छ । यदी स्वास्थ्य मन व्यक्तिमा छ भने स्वाभाविक सोचाई व्यक्तिमा हुन्छ । यो हाम्रो शरीरको दिमाग, शरीर र ज्ञेनिन्द्रयहरुसंग प्रत्येक्ष सम्वन्धीत हुन्छन् । बुद्धिजमको प्राचिन ग्रन्थ ‘भेरडा’ मा मन, दिमाग, शरीर र ज्ञेनिन्द्रीय एक अर्कोमा जोडिएको छ भनेका छन् ।
विना दिमाग मनको कल्पना हुन सक्दैन् । विना ज्ञेनिन्द्रीयहरुको संचार मनले कसरी महसुस गर्न सक्छ । त्यसैले मन भनेको एक प्रकारको अदृश्य शक्ति हो । यो मानवमा हुन्छ । यसलाई सही तरिकाले प्रयोग गरेका यसले व्यक्तिको व्यक्तित्व विकासमा सहयोग गर्छ भने यसलाई सही तरिकाले प्रयोग नगरेमा व्यक्तिको ज्यान समेत लिन सक्छ । यो करेन्ट जस्तै छ । करेन्टबाट हामी बत्ति वाल्न सक्छौ । मोबाईल फोन चार्ज गर्न सक्छौ । खाना पकाउन सक्छौ । टेलिभिजन हेर्न सक्छौ । आवश्यकता अनुसार यसलाई प्रयोग गर्न सकिन्छ । तर करेन्टलाई पनि राम्रोसंग व्यवस्थापन गरेर प्रयोग गर्न सकेनौ भने व्यक्तिलाई खतरा हुन्छ । व्यक्तिलाई करेन्ट लाग्न सक्छ । त्यस्तै मन पनि अवस्था र वातावरण अनुसार परिर्वतन भई रहन्छ । राम्रो वातावरण भयो भने हाम्रो मन खुसी हुन्छ । खुसी हुँदा हाम्रो शरीर भित्र सकारात्मक सन्देश प्रवाह भईरहेको हुन्छ । अनि हामी रमाउँछौं । हामीमा नयाँ जोस, उमंग हुन्छ । त्यसको ठीक हामीलाई दुख लाग्दो वा नसोचेको अवस्था भईरहेको छ भने हाम्रो मन पनि दुखी हुन्छ । हाम्रा मनमा सोचाई, विचार र भावनाहरु पनि नराम्रो आउन थाल्छन् । नराम्रा विचार, सोचाईको असर व्यवहारमा पनि हामी देख्न थाल्छौ । व्यक्ति डराउने, आत्तिने, तर्सने, चिन्तित हुने आदि समस्याहरु मनमा आउन थाल्छन् । समयमानै त्यसको निराकरणका लागि मन खोलेर कुरा गरेनौ भने त्यो विकार बनेर बस्छ । विकारले हाम्रा सोचाई, भावना, धारणामा असर पुऱ्याउन सक्छ ।
मनमा जस्ता कुराहरु आए उस्तैनै कार्यहरु तपाई गदै जानुभयो भने राम्रो हुने छैन् । मनले त जस्तो कुरा पनि पाउन पाए हुन्थ्यो भन्ने हुन्छ । तर सोचका सवै कुरा पुरा हुन सक्दैनन् । मेरो मनले सोचेका कुराहरु वास्तविक छन् वा अवास्तविक छन् त्यसको लेखाजोखा गर्नु बुद्धिमानी हुन्छ । अवास्तविक कुराहरुको सोच आयो भने आफ्नो मनलाई अर्को कुरामा मोड्ने खालको सीप हुनुपर्छ । आफ्नो मनलाई सम्झाउन आफूले आफूलाई भन्न सक्छौ ‘मेरो आफ्नो सिमाहरु छन्, मेरो नैतिकता पनि छ । त्यसैले आफ्नो क्षमता अनुसारको सोचाई राख्नु प्रभावकारी हुन्छ ।’
सदैव जस्तो सोचिरहन्छौ उस्तै फल प्राप्त हुन्छ । जुन वस्तु प्रति सदा ध्यान रहन्छ उही बस्तु प्रति हामी आकर्षित हुन्छौ । धेरै आकर्षित भयो भने विस्तारै मन, विचार, धारणा र सोचाईनै पैदा हुन्छ । त्यसैले मन खेत समान छ । यदी खेतमा राम्रोसंग गोडमेल गरेको खण्डमा अनावश्यक विरुवाहरु आउदैनन् । वाली पनि राम्रो हुन्छ । यदी खेतमा केही नगरी छोड्यौ भने त्यहाँ अनेक प्रकारका विरुवाहरु जस्तै काँडा आउन सक्छन् । मनमा केही न केही विचारहरु उत्पन्न भईरहन्छ । कुनै विचार सुख वा दुख दिने हुन्छन् । जसको मनमा जे छ त्यही अनुसारको फल प्राप्त हुन्छ । त्यसकारण मन भनेको विना लगामको घोडा हो । त्यो जहाँ पनि जान सक्छ । जे पनि गर्न सक्छ् । त्यसलाई सही कार्यमा ल्याउन वेला वेलामा लगाम खिच्नै पर्छ । लगाम खिच्नु भनेको बुद्धि लगाउनु हो । दृढताका साथ मनै मन भनौ ‘हे मलिन विचारहरु हो ! तिम्रा लागि मेरो मनमा कुनै स्थान छैन यसैले जाऊ, गइहाल ।’