सबैले सहयोग गरे नेपाल भित्रिन सक्छ ओस्कार ?
विश्व प्रसिद्द फिल्मी पुरस्कार ओस्कार नेपालले अहिलेसम्म पाएको छैन् । तर असंभव पक्कै छैन् । यदि हामीसबै लाग्ने हो भने यो पुरस्कार नेपाल भित्र्याउन, भोट हालेकै भरमा जिताउन सकिने त होईन । तर विश्वभरी यसको चर्चा भयो, मत धेरै गयो भने ओस्कार छनौटमा प्रभाव पार्छ । चर्चित फिल्मले जित्ने संभावना बढी हुन्छ । त्यसैले यसलाई सामाजिक सन्जालमार्फत धेरै चर्चामा ल्याउन सकिन्छ । किनभने चलचित्र ‘झोला’ ओस्कार एकेडेमी अवार्डको मनोनयनको सूचिमा परेको छ । “झोला”लाई ओस्कारमा सफलता प्राप्त गर्न यसलाई व्यापक रुपमा अन्तराष्ट्रिय मंचमा पुर्याउनु जरुरि छ । त्यो भनेकै हामीले भोट दिने हो । त्यसको लागि तलको लिंक खोल्नुस् र मत दिनुस् । अहिले ओस्कारका लागि 9 Best Foreign Language Film को अनलाईन भोटिंग सुरु भएको छ ।
अहिले सम्मको भोटिंगमा झोला अग्रपंक्तिमानै छ । तर यसमा जित्न ईन्टरनेट सन्जाल धेरै भएका, जनसंख्या र शिक्षित समुदाय धेरै भएका देशका नागरिकले ज्यान फालेर लाग्छन् । त्यसैले हामी नेपालीले अली मेहनत गर्नुपर्छ । बिगतमा अनुराधा कोइराला, पुष्पा बस्नेतलाई सिएनएन हिरो बनाउन सफल हामी नेपालीले योपनि गरेरै छोड्नुपर्छ । मत हाल्न एकदम सजिलो छ । यो लिंकमा
http://awardswatch.com/predictions/2015-oscars-poll-who-will-make-it-to-the-9-film-shortlist-for-the-foreign-language-film-oscar/
जानुस् । बिभिन्न देशको नामको सूची छ । नेपालको नाम हेर्नुस् जुन ५५ औं स्थानमा छ । NEPAL-Jhola भनेर लेखेको छा । त्यसमा क्लिक गरिदिएपछी ढुक्कै ।
अब अरुलाइपनी मत दिन सम्झाउने, फेसबूक, ब्लग, ट्विटर जस्ता सामाजिक सन्जालमा शेयर गर्ने गर्नुपर्छ । अहिलेसम्म नपाएको यस्तो पुरस्कार नेपालले पाए अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जत र शान बढ्छ । मत दिएर झोलाले जित्ने होईन तर हाम्रो फिल्म किन अन्तर्राष्ट्रिय स्तरमा प्रचार नगर्ने यो बेला ?
कस्तो फिल्म हो झोला ?
झन्डै सय बर्ष अघिसम्म नेपाली समाजमा व्याप्त सतीप्रथाको जीवन्त कथामा आधारित हो झोला चलचित्र । यसले सामान्य फिल्मी विषयवस्तुलाई मात्रै समेटेको छैन बरु तत्कालिन नेपाली समाजको ऐतिहासिकता र मौलिकतालाई समेत प्रतिबिम्बित गरेको छ । झोला फिल्म साहित्यकार कृष्ण धरावासीको कथा झोलामा आधारित छ । निर्देशन भने यादवकुमार भट्टराईले गरेका हुन् ।






