बल्ल खेलियो पेरिसमा देउसी र भैलो

  • फोटोहरु- कृष्ण गुरुङ

10728917_1003773312969897_608856745_nअस्ति शनीवार तिहारको भाइटिका सकियो । पेरिसमा भने हिजो आइतवार सामूहिक रुपमा देउसी र भैलो खेलियो । आइतवार धेरै नेपालीहरूको साप्ताहिक छुट्टी हुनाले खेलिएको हो । ब्यक्तिब्यक्तिका घर घरमा देउसी र भैलो खेल्न समय नमिल्ने । मादल बजाउँदै देउसी भैलो भट्याएर खेल्न स्थानिय कानुनले अरुलाई दखल पार्छ भन्दै नदिने । आफ्नो पर्व मनाउन नपाउँदा बिरानो ठाउँमा मन झन् धेरै दुख्ने । गाउँघर र आफन्तको यादले सताउने । नेपालीहरूले एकै ठाउँमा देउसी भैलोको स्वाद लिउन्, रमाइलो गरुन् भनेर यो पटक नेपाली एकता समाजले सामूहिक रुपमा देउसी भैलो खेल्ने ब्यवस्था गरेको हो । 

10744826_1003773332969895_1978554976_n

जागिर नभएका, एक्लै बस्ने, आफन्त नभएकाहरुलेपनी हाँसिखुसी मनाउन पाउन भन्ने आफ्नो संस्थाको उद्देश्य रहेको आयोजक नेपाली एकता समाजका अध्यक्ष प्रमोद पाण्डेले बताए । सामूहिक रुपमा कतै बसेका, आफ्नै अपार्टमेन्ट नभएका र कमाई नहुनाले तिर्नपनी नसक्नेहरूले समेत आफ्नो पर्व मनाउन पाउन भनेर नेपाली खानसमेत संस्थाले यो पटक निशुल्क गरेको थियो ।

10751599_1003773116303250_2058682335_n

बिभिन्न संघ संस्थाका प्रतिनिधीका तर्फबाट पट्यारलाग्दा, नेपालीहरूलाई जानकारि भएका र लामा लामा भाषण सुन्नु परेन । औपचारिक कार्यक्रम छोटो थियो । नेपाली राजदूतावासका कार्यबाहक राजदूत रामबाबु ढकाल मुख्या अतिथि थिए । उनले नेपालीहरू जहाँ भएपनि आफ्नो सांस्क्रितिक पहिचाननै नेपाली पहिचान भएकाले त्यो गुमाउँदा, मनाउन नपाउँदा मन दुख्ने बताए । “हाम्रो पहिचान भनेकै हाम्रो संस्क्रिती हो । त्यो गुम्दा हाम्रो मन दुख्छ । त्यसलाई बचाउन सक्दानै प्रवाशमा हुँदा खुशि र गौरव लाग्छ । बिदेशको बसाईमा आफ्नो ब्यस्तताको बावजुतपनी नेपाली चाड, पर्व र आफ्नो संस्क्रितिका कार्यक्रम छन् भने त्यहाँ पुगौं पुगौं लाग्नुनै नेपाली मन र पहिचान, आफ्नो संस्क्रिती जोगाउने र त्यसमा रमाउने चासो हो ।” ढकालले भने । मञ्चबाटै छोटो दएउसी भट्याएर उनले दएउसी भैलोको शुरुवात गरिदिए ।

974719_1003773252969903_1211540771_n

10559068_1003773192969909_408365457_n

 

10584118_1003773099636585_1175204583_n

10743412_1003773102969918_484485401_n

कार्यक्रमका विशेष अतिथि नेपाली एकता समाजका संरक्षक जो संस्थापक अध्यक्षपनी हुन्, तप्त भण्डारीले फ्रान्समा आएर सुत्ने ठाउँ नपाउँदा  पूलमुनी, मेट्रो रेलका सुरुङ र पार्कमा सुतेर दु:ख कटाएका, कानुनी प्रक्रिया नजानेर सास्ती भोगेका, फ्रान्सको प्रक्रियागत मेसो नपाएर अल्मलिएका नेपालीहरूलाई संस्थागत रुपमै सहयोग गर्ने र अन्य समाजसेवा गर्ने मुख्य लक्ष्यका साथ नेपाली एकता समाज गठन भएको बताए । समाजका निवर्तमान अध्यक्ष सुक गुरुङ् लगायतका अन्य केही पदाधिकारीहरूलाई संस्थाकालागी उनीहरूको देनाको प्रशंसा गर्दै सम्मानपनी गरियो । एकता समाजका अध्यक्ष प्रमोद पाण्डे, कमल बिक्रम केसी लगायतका  केहीले शुभकामना दिए ।

10416868_1003773072969921_478478113_n

974427_1003773182969910_912819927_n

10744788_1003773239636571_548861259_n

10744673_1003773256303236_1160187195_n

10728897_1003773082969920_1717828277_n

त्यसपछि अनौपचारिक कार्यक्रम शुरु गरियो । देउसी र भैलो खेलेर धेरै नेपाली रमाए । देउसी भैलो गाउँदै दियो बालेर देउसी भैलो उठाउन हिँड्दा उमंग छाएको थियो । त्यहाँ स्थानिय नेपाली कलाकारहरुबाट नाचगानपनी गरियो । तिहारको उपलक्ष्यमा धेरै नेपालीको आपसी भेटघाटपनी भयो । साँझ अबेरसम्म नाचगान र रमाईलो चलिरह्यो ।

तपाइँको प्रतिक्रिया