छयहत्तर जिल्ला पारीपनि बंगालीको तिहार र भाईटिका

मोहन पौडेल / दार्जिलिङ

Pradeep Subhal (Sapta Rangi Tika ma Bangali Bai

(बंगाली नागरिक प्रदीप सुभल सप्तरंगी टिका र मालामा दार्जिलिङमा)

एक सज्जनले मलाई २०६० साल तिर काठमाडौंमा भनेका थिए, “नेपाली कला, संस्क्रिती र  नेपाली भाषाको माया हेर्ने हो भने छयत्तरेमा हेर ।” छयत्तरे अर्थात् नेपालका पचहत्तर जिल्ला भन्दा परको दार्जिलिङ, सिक्किम, असम, सिलोङ् आदि । ईलाममा जन्मिएर कर्णाली अञ्चल बाहेक नेपालका १३ अञ्चल र भारतका विभिन्न ठाँउमा लामो समय देखि भ्रमण गरेको भएता पनि मेरो छिमेकी दार्जिलिङ्गलाई भने नियाल्न पाएको थिईन । पश्चिम नेपालका नेपालीहरूले भन्ने गर्थे ‘ईलाममा त झ्यालबाट दार्जिलिङ्ग देखिन्छ रे ।’

Hotel ko jhyal bata dekhiyeko Darjeeling ko Ek Drishya

(होटेलको झ्यालबाटै देखिने दार्जिलिङ) 

Tiharma sajiyeko darjeeling ko Gadi

(तिहारमा सजाएको गाडी) 

तर दार्जिलिङ्ग नगएको भन्दा मलाई आफैंलाई कता कता लाजपनि लाग्ने गर्थ्यो । धेरै समय पछि भाइटीका लगाउने जमर्को गर्दा गर्दै अस्ति बेलुका बहिनीको फोन आयो ।  भनी “मोहन दाजु हामीलाई त जुठो पर्‍यो । टीका लगाउँन नपाईने भयो ।” कता कता खल्लो लागे पनि एकाएक माल्दाई र मैले शनिवारकै राती अर्थात भाइटीकाको अघिल्लो दिननै कार्यक्रम तय गर्‍यौं । अब भाइटीकाको दिन बिहानै दार्जिलिङ्ग जाने । त्यसैले हिजो बिहानै नेपालीहरूको महानपर्व तिहारको रमझम हेर्न हामी दुइभाइ मोटरसाईकल लिएर पुग्यौं पहाडकी रानी दार्जिलिङ्ग ।

Darjeeling ma chali rakeko nepali flim

हल्का चिसो भएतापनि निक्कै रमाईलो रह्यो यात्रा । निकै राम्रोसँग सिंगारिएका घरहरू जतासुकै देखिन्थे । देउसुरे गाएको पनि सुन्न पाहिन्थ्यो । भाइटीका नलगाई कसैले नखाने तथा होटलमा काम गर्नेहरू पनि भाइटीकाको छुट्टीमा गएकोले खाना खान नपाईएला भन्ने पिरले दाईलाई भने सताएको थियो । म चाहिँ एकदिन नखाए नि के होला र भन्ने निर्णयमा पुगिसकेको थिएँ । यताउता घुम्दै हामी चौरास्ता पुग्यौं ।

Darjeeling ko Chaurasta ma raheko Bhanubakta ko murti

Gorkhaland lekheko board

त्यहाँ एक अग्लो सुनौलो रंगको नेपालीभाषाका आदिकवि तथा नेपाली रामायणका रचयिता भानुभक्त आचार्यको मुर्ति र शिलालेख देख्दा दार्जिलिङ्गेहरूको नेपालीभाषा प्रतिको सम्मान देखेर निकै भावुक भएको थिएँ । त्यहाँ केही बेर घुमेर अब पेट पूजा गर्नुपर्ला भनेर होटलको खोजीमा लाग्यौं । प्रायः सबै होटलहरू बन्द थिए । सोध्दै खोज्दै एक बंगालीको होटलमा पुग्यौं । होटल त खुल्ला थियो । खान पाइने हो कि होईन भनेर सोध्नको लागि म हिन्दीमा बोल्न थालें ।

दाईलाई भने हिन्दी नआउने भएकोले नेपालीमा बोल्न शुरु मात्र के गरेका थिए ती बंगाली दिदीले अति सुन्दर नेपाली भाषामा जवाफ दिन थालिन् । फेरि मपनि खुलेर नेपाली मै बोलें । अनि ती दिदीले पनि ‘नास्ता गर्नु नि लुची (एक प्रकारको पुरी बंगालमा विशेष खाने गरिन्छ) घुंगनी (आलु र मटरको एक प्रकारको सब्जी यो पनि बंगाली समुदायमा प्रायः लोकप्रिय छ) छ ।  खाना त १२ बजे पछि मात्र पाउँछ’  भनिन् । हामी नास्ता गरेर फेरी घुम्न निस्क्यौ ।

Darjeeling ma Phuleko Sayaptri

Cot ma Makhamali Siureka Darjeelinge

Sayaptriko mala lagayeka Darjeeling Basi

फूलबारी नामको एक बोटानिकल गार्डेन तिर गरौं । १२:३० तिर फेरि होटलमा फर्किएको एक जना सानो भाइ नेपाली ढाकाटोपी, भाइटीका र सयपत्रीको माला लगाएर होटलमा बसिरहेको छ । हेर्दा अनुहार नेपाली जस्तो लागेन ।  सोधें । तिनै बंगाली दिदीको छोरा रहेछन् । उनीहरू पनि नेपाली अर्थात गोर्खालीहरू जस्तै सबै चाडपर्वहरू मनाउँदा रहेछन् । दिदी नै दार्जिलिङ्गमा जन्मिएकी रहिछिन् ।  सानै देखि उनीहरूको समुदायमा पनि यो पर्व मनाउँने गरेको सुनाउँदै भनिन्- “दिदीबहिनी र दाजुभाइको पवित्र पर्व हो यो ।”

Darjeeling ma Mohan

(दार्जिलिङमा सुस्ताउँदै लेखक) 

नेपालीहरूको महान पर्व भनेर पुकार्ने नेपाली संचारमाध्यमहरूको भाषालाई चुनौती दिदैं ती बंगालीमूलका परिवारले मनाएको भाइटीकालाई क्यामरामा कैद गरी खाना खाएर घरतिर फर्कन लागेका थियौं । चौरास्ता लगायत सम्पूर्ण दार्जिलिङ्ग बजारमा नेपाली मूलका तथा अन्य भारतीय मूलका मानिसहरू समेत सप्तरंगी टीका निधारमा सजाएका ।  घाँटीमा सयपत्रीको माला र कोटमा मखमलीको फूल सिउँरीएर घुमेका । यस्तो देख्न पाउँदा अति नै रमाईलो महसुस भयो । थाहा भयो हामीले नेपालीको पर्व भन्ने गरेको तिहारको भाईटिका त प्रवाशका बिदेशिको मनमापनी गडिसकेछ !

तपाइँको प्रतिक्रिया