डा. कुमुदको सफलतामा नेपाली समाजको सोच

  • अनुराधा पौडेल

kumud-dhital

(बिचमा न्यु साउउथ वेल्थका स्वास्थ्य मन्त्री र उपचार सफल भएका दुइजना, सबैभन्दा दाहिने कुमुदका प्राध्यापक जसले उनको टोलीको यो कामको निगरानी गरेका थिए ) 

मरेका मान्छेका मुटु झिकेर मुटुका रोगी अन्य बिरामीहरुलाई प्रत्यारोपण गर्ने नयाँ प्रबिधि पत्ता लगाएको बारेमा हामीले मुटु शल्यचिकित्सक डा कुमुद धितालको नाउँ सबैले सुन्यौँ । उनी अष्ट्रेलियाको सिड्नी स्थित सेन्ट भिन्सेन्ट अस्पतालका मुटु प्रत्यारोपण चिकित्सक रहेछन् र सन् २००९ मा बेलायताबाट उता गएका । हिजोँ फ्रान्सको टेलिभिजन एकले डा कुमुदको टीमको कामको प्रशंसा गरेर लामो र निकै आशालाग्दो समाचार दियो । समाचार सुनेर मेरो आँखाबाट खुसीका आँशु बर्षे । किनभने कुनैपनि नेपाली या नेपाली मूलको मानिसको बाइट राखेर यति सकारात्मक र यत्रो ठूलो समाचार फ्रान्सको मिडियाले प्रसारण गरेको मैले आजसम्म थाह पाएकी थिइन । 

मैले कुमुदका बारेमा लेखिएका बिबिसी अनलाइन देखि इन्टरनेटका भेटेजति लिँकहरु पढेँ तर डा कुमुदलाई नेपाली डा भनेर कतै लेखेको देखिन । र नेपाली डाको ठूलो उपलब्धि भनेर उल्लेख गरेको पनि पाइन । उनीहरुले यो सबै सेन्ट भिन्सेन्ट अस्पतालको समूहको काम भने । पश्चिमाहरुकालागि मान्छेको जात भन्दा पनि उसको काम प्रार्थमिकतामा हुन्छ । नेपाली मिडियाले चाँही यो कुरा यसरी लेखेका थिए, मानौँ उनी काठमान्डुको गँगालाल अस्पतालमा काम गर्थे । बढाइचढाइ गरेर अनाबश्यक समाचार दिनुभन्दा ‘डा कुमुद नेपाली मूलका अष्ट्लियन सर्जन हुन् र उनको समूहले अनुसन्धान र सफलतामा हात पारेको हो’ भनेर लेख्न सकिन्थ्यो । यति मात्रै लेखेपनि कुनैपनि नेपालीले आफ्नो शिरलाई तल झार्नु पर्दैन ।

kmud-dhital-2

नेपालमा रहेका कतिपय नेपालीहरुले बिदेशमा रहेका नेपालीहरुले ठूलो भाग खान गएका लोभिपापीहरु भनेर गाली गर्छन् । अनि बिदेश जानु ठूलो अपराध भएको जस्तो ब्याख्या गर्छन् । बिदेशमा कमाएको कालो धन नेपाल ल्याउँला भनेर यिनलाई नागरिकता चाहिएको भन्छन् । देश छाडेका भगौडाहरुलाई तिनको सम्पतीको रक्षा गर्नलाई किन नेपाली नागरिकता दिनु भन्छन् । तर जब यस्ता समाचार आउँछन् अनि हाम्रो नेपाली भनेर गर्व गर्छन् । यो त हदै सम्मको दोधारे चरित्र हो नेपाली समाजको ।

kumud-dhital.3jpg

जसलाई नेपालको असाध्यै माया लाग्छ । दिन रात नेपाल नेपाल भन्छन् । हो तिनिहरुले अब बुझ्न पर्ने दिन आएको छ कि बिदेशमा अब थुप्रै डा कुमुदहरु जन्मनेछन् । जो नेपाली मुलका हुन् । तिनलाई बिदेशले दुख र पिडा मात्र दिएको छैन । बिदेशले तिनलाई ठूला ठूला अध्ययन र अनुसन्धानमा सँलग्न हुने मौका पनि दिएको छ । परिणाम यहि हो डा कुमुदको टीमको सफलता पनि । अब यस्ता सफलतालाई देश भित्र्याउने बाटो खोज्ने कि नखोज्ने भन्ने कुरा महोदयहरुका हातमा छ ।

प्रसँग बदलौँ । फ्रान्सको टेलिभिजन एकको समाचारमा बिशेषज्ञ चिकित्सकहरुको भनाइहरु राखेर हिजोँ दिएको समाचार दिइएको थियो : फ्रान्समा हामीले ठूला ठूला रोगहरुका अध्ययन गरेका छौँ । हाम्रा अस्पतालहरुमा सँसारका उत्कृष्ठ र बिशिष्ठ उपचार सेवाहरु पाइन्छन् । तर मानिस मरेपछि खेर जाने जुन मुटु हो त्यसलाई पुन सन्चालन गरेर प्रत्यारोपण गर्न सकिन्छ कि सकिन्न भन्ने बारेमा हामीले कहिल्यै अध्ययन गरेनौँ । मरेका मुटु सन्चालनमा ल्याउन सकिने बिधिलाई हामीले पुरै बिर्सेका थियौँ । यो मामिलामा सेन्ट भिन्सेन्ट अस्पतालले ठूलो बाजी मारेको छ । उनिहरुको प्रबिधि फ्रान्समा भित्र्याइयो भने फ्रान्समा हजारौँ हजार मुटु रोगीहरुको ज्यान बचाउन सकिनेछ ।

kumud-4

(मुटुको प्रत्यारोपण सफल भैसकेका विरामीसित कुमुद )

समाचारमा मानिसको मृत्यू भएपछि मुटु झिकिने तरिका, पछि त्यसलाई ल्यावमा लगेपछि राखिने बिशेष खालको मेशिन र मुटु सन्चालन गरिने नया बिधि अनि  प्रत्यारोपण गर्ने बेला कसरी मेशिनमै सुरक्षित राखेर अप्रेशन कक्षमा लगिन्छ भन्ने देखाइएको थियो । यहि समाचारहरुका बिच त्यसमा कुमुदको भनाइ राखिएको थियो । उनले भनेका थिए ‘सँसारमा ब्रेन डेथ भएकाहरुको मात्र मुटु प्रत्यारोपण गर्ने चलन रहेको थियो जसले अहिलेको मागलाई पुरा गर्न सकिरहेको थिएन । अब यो उपचार पद्दतीले हजारौँ मानिसहरुको जिउ जोगाउन सकिने बाटो खुलेको छ ।’ उनी सँगै थप तिन हँसिला बिरामीहरु पनि थिए । जसको जिउमा पहिला मृत मुटुलाई ज्यूँदो बनाएर प्रत्यारोपण गरिएको थियो ।

यि बिरामीहरुको भनाइ समेत फ्रान्सेली भाषामा उल्था गरेर देखाइएको थियो । र साथमा डा कुमुदको टीमको कामलाई नजिकबाट हेरिरहेका प्रोफेसर म्याक डोनाल्डको भनाइ समेत राखिएको थियो ।

डा कुमुदको टीमले अर्को बर्ष स्वास्थ्यमा नोवेल पुस्कार पाओस र नोवल पुरस्कार पाउनु पूर्व उनको समूहको प्रबिधि बिकसित देशमा मात्र नभएर नेपाल जस्ता गरिब देशहरुमा पनि सुलभ तरिकाले उपलब्ध हुने बाटो खुलोस शुभकामना छ ।

 

तपाइँको प्रतिक्रिया