गुप्ताको सम्पूर्ण कागज र विमान टिकट बन्यो, नेपाल जाने तयारिमा

rajendra-gupta-malaysia

मलेसियामा घाइते भएर नेपाल फर्किने कागज र खर्च नभएर अलपत्र बनेका राजेन्द्र गुप्ताको सम्पूर्ण कागजपत्र बनेको छ । अमेरिकाका अनिल पाण्डेले उनलाई नेपाल पुग्ने विमान खर्चसमेत पठाइदिएपछी उनी नेपाल जान सबै कागजपत्र बनाएर तयार छन । हाल मलेशियाको विमानस्थल  नजिक एक जना नेपालीको घरमा बसिरहेका छन ।

10735914_10202823457616594_1556091353_n

उनी शनिबार बिहान ८ बजे मलेशियाबाट नेपालका लागी उड्ने छन । मलेशियमा बसेर धेरै नेपालीलाई सकेको सहयोग दिएका रामशरण खत्रीले कागजपत्र बनाउन सहयोग गरेका थिए । हाल खत्री र उनका अन्य साथीहरुले उनलाई हेरचाह गरेका छन ।

10726649_10202823457736597_886750354_n

अस्पत्ताललेपनी केही उपचार गरिदिएर उनलाई नेपाल फर्किन अनुमती दिएको छ ।

10729036_10202823458016604_70760275_n

दुतावासको पत्रका आधारमा उनको ट्राभल डकुमेन्ट बनेको छ । उनको पासपोर्ट नभएकाले नेपाल पुगुन्जेलसम्मकालागी त्यो डकुमेन्ट नेपाली दुतावासको सिफारिसमा मलेशियाको अध्यागमन बिभागले दिएको हो ।

10733504_10202823461176683_1435365896_n

10743504_10202823460896676_1989823681_n

10749256_10202823457776598_1106081080_n

अनिल पाण्डेले वेस्टर्न युनियन मनी ट्रान्स्फरबाट पठाइदिएको पाँच सय अमेरिकी डलर बराबरको रकमपनी उनलाई रामशरण खत्रीले हस्तान्तरण गरिदिएको बताए । हातमा उनले त्यही रकम र कागज लिएर बसेका हुन । पासपोर्ट साथमा नहुनेहरुकालागी भान्नासाथ नेपाल फर्किन सजिलो छैन । आप्रवाशीकालागी मलेशियाका कानुनहरु ज्यादै कडा छन । कतिपयलाई यसरी लुकेको बसेको भेटिएमा मलेशियाको प्रशासनले जेलमा हाल्छ । यातना दिने गर्छ । यी राजेन्द्र गुप्ताको लागी मनकारी र सहयोगी नेपालीहरु भेटिएकले दुतावासको सिफारिसमा नेपाल फर्किन सहज भएको हो ।

तपाइँको प्रतिक्रिया