नेपालप्लसको समाचार पढेपछि गुप्तालाइ खर्च दिने मनकारी भेटिए
धनसम्पत्ती हुने मानिसहरु धेरै छन् । अमेरिकामैपनि थुप्रै नेपालीको आर्थिक स्तर उच्च छ । धन हुँदैमा सबै मनकारि हुँदैनन् । थोरै धन भएपनि कोहि साह्रै दयालु, मनकारि हुन्छन् । त्यस्तै मनकारिमा पर्छन् अमेरिकाको क्यालिफोर्नियास्थित अलमेडा निवासी अनिल पाण्डे । हिजो साँझ ढिलोगरि नेपालप्लसमा घाईते गुप्ता खर्चको अभाले दुतावाको सिँढीमा छट्पटाईरहेको, नेपाल जान खोज्दापनि रकमको अभावले जान नसकेको समाचार आएको थियो । त्यो देख्नासाथ आफैंले फोन गरेर लाग्ने खर्च दिने बचन दिएका अनिल पाण्डेले आजै वेस्टर्न युनियन मनी ट्रान्सफरबाट पाँच सय अमेरिकी डलर पठाइदिए । अब उनैको सहयोगले गर्दा गुप्ता नेपाल फर्किन पाउने भए ।
अब यो रकमले राजेन्द्र गुप्ताको नेपाल फर्किने इच्क्षा पुरा हुने छ । आज तिनै मनकारि अनिल पाण्डेसित नेपालप्लसले सम्पर्क गरेको थियो । यि तिनै साहित्यकार, लेखक भनेर छापा, समाजिक सञ्जालमा देखिईरहने अनिल पाण्डे पो रहेछन् । यिनि अमेरिकाकालागि नेपाल पर्यटन बोर्डका पब्लिक रिलेसन रिप्रेजेन्टेटिभपनि हुन् । ‘देशको बोलि’ भन्ने पुस्तकका लेखक उनी अमेरिकामापनि सामाजिक काम गर्न रुचाउँछन् । केहिबेर नेपालप्लससितको च्याटमा उनले हँसाए ‘कंङ्रेसको साथ गणेशमान र गिरिजा, दुखीको साथ अनिल ।’
आफूलाई सधैं यस्तै दिनदुखिको सहयोग गर्न मन लाग्ने उनले बताए । मलेशियामा गुप्ताको बेहाल भएको समाचार नेपालप्लसमा पढेपछि अमेरिकानिवासी अर्का पत्रकार तरुण पौडेललेपनि सहयोग गर्ने तत्परता देखाएका थिए । उनले घाईते गुप्तालाई कसरि पैसा पठाउन सकिन्छ भनेर नेपालप्लसलाई सानो खबर लेखेका छन् । तर अब अनिल पाण्डेको सहयोगलेनै गुप्ता नेपाल पुग्ने छन् । उनलाई नेपाल पठाउनको लागि गुप्ताका सहयोगीहरु रामशरण खत्रीसहितका उनका मित्रहरुले बाँकि सहयोग गर्ने छन् । उनको लागि खर्च पुग्छ । अब कसैलेपनि उनको खर्चकालागि ताकेता नगर्नुहुन अनुरोध छ ।






