थारुहरुको महाधिबेशन भन्दा झाँकीको चासो

tharu-prmg-jhapa-8

थारु कल्याणकारिणी सभाको २१ औं महाधिवेशनको नारा ‘थारुहरु एक हौं’ भन्ने । थारुवानका अनुसार अब बन्ने नयाँ संविधानमा थारुका हक, अधिकार सुनिश्चित गराउन सबैजना एक हुनुपर्ने बताए । नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीले थारुहरुलाई मधेसी र जनाजति दुबैतिरका पेल्न खोजेको आरोप लगाएका थिए । देशकै ठूलो जनसंख्या भएको थारुलाई लोकसेवामा मधेसी र जनजाति कोटा छुट्याएर विभेद गरेको उनको भनाइ थियो । पहिचानसहितको संगीयता लगायतका मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने सहभागी नेताहरुले औंल्याए । मंगलबार झापाको बिर्तामोडमा भएको थारुहरुको महाधिबेशनमा थारु बाहेकका स्थानियलाई थारुको औपचारिक कार्यक्रमभन्दा उनीहरुका संस्क्रिति झल्काउने मार्च पास र पहिरनले आकर्षित गरेको थियो । तिनका भेषभुषा धेरै मानिस चासो दिएर पुगेका थिए । कार्यक्रममा पुगेका प्रधनमन्त्री सुशिल कोइरालालाईपनि थारुको फेटा र गम्छा लगाइदिएर थारु थारु झैं बनाइदिएका थिए । थारुवानका बाँकि तस्विरहरु हेर्नुस् !

tharu-prmg-jhapa-1

tharu-prmg-jhapa-3

tharu-prmg-jhapa-4

tharu-prmg-jhapa-5

tharu-prmg-jhapa-11

tharu-prmg-jhapa-9

tharu-prmg-jhapa-10

tharu-prmg-jhapa-12

tharu-prmg-jhapa-13

tharu-prmg-jhapa-16

tharu-prmg-jhapa-21

tharu-women

 

तपाइँको प्रतिक्रिया