नेपालप्लसमा समाचार आएपछि ताते बेलायतवासी

biresh-dahal

उल्टो साईकल चलाएर विश्व भ्रमणमा निस्किएका बिरेश दहालसहितको टोली लण्डनमा आर्थिक अभावले गर्दा अमेरिका जान सकेको थिएन । आर्थिक अभावले गर्दा ति लण्डनमै अलपत्र परेको खबर नेपालप्लसमा प्रकाशित भएपछि लण्डनका नेपालीहरुले तिनलाई अमेरिका जाने मेसो मिलाउने भएका छन् । अस्ति शनीबार “नाकै काटिने भो बेलायतका नेपालीको” भन्ने शिर्षकमा साईकल यात्रीलाई सहयोग नपुगेको बारे नेपालप्लसमा चर्चा गरिएपछि उनीहरुको अमेरिका यात्राका बारेमा अनेक चर्चा भएको थियो । नेपालप्लसको त्यहि चर्चाको प्रभावले लण्डनका नेपालीहरु तातेर बिरेश दहाल सहितको टोलीलाइ अमेरिका पुग्ने खर्च जुटाउन त्यहाँका नेपालीहरु कस्सिएको स्रोतले जानकारि दियो । बिवेक श्रेष्ठ, फत्त थापा, यादव भण्डारी लगायतका युवा समाजसेवीहरुको सकृयतामा आइतबार बिहान दक्षिणपूर्वी लण्डनस्थित स्किल्स एण्ड केयर च्यारिटीमा आयोजित एक कार्यक्रममा साइकलयात्रीहरुकालागि झण्डै चार सय पौण्ड सहयोग  उठेको थियो।

biresh-dahal-uk

त्यस्तै आइतबार बेलुका पश्चिम लण्डनको नर्थहोल्टमा नेपाल ब्रिटेनडटकमको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका निवर्तमान अध्यक्ष कुल आचार्यको सकृयतामा एक हजार पौण्ड भन्दा बढी सहयोग उठेको थियो। कार्यक्रममा नेपाली दुतवास, एन आर एन का स्थानिय नेता, बेलायतवासी संघसंस्थाका प्रतिनिधी र पत्रकारहरु सम्मिलित थिए ।  कार्यक्रममा लण्डनका खासगरि नेपाली पत्रकार र एन आर एन बेलायतका पूर्व अध्यक्ष कुल आचार्य उल्टो साईकल यात्री टोलीलाई सहयोग जुटाउन कस्सिएका थिए । कार्यक्रममा बोल्दै आचार्यले नेपाललाई विश्वभरि चिनाउन भनेर हिंडेका युवा साइकलयात्रीहरुलाई बेलायतमा अलपत्र पर्न नदिने अठोट गरे। उनीहरुलाई जसरी भएपनि आफ्नो गन्तव्य अमेरिका उडाएरै छाडने अठोट व्यक्त गरे । बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री आफैं सकृयतापूर्वक लागेका थिए ।

biresh-dahal-uk-2

कार्यक्रममा सक्रिय एन आर एन बेलायतका पूर्व अध्यक्ष कुल आचार्यले त हाकै नेपालप्लसमा यस्तो समाचार आएको छ, यसमा हामी बेलायतबासी नेपालीको प्रतिस्ठा र ईज्जत जोडिएको छ भन्दै रकम उठाउन पहल गरेका थिए । आचार्यले “अमेरिका पुग्ने हवाई टिकट हामी ब्यवस्था गर्छौं तपाईहरुलाई, त्यो हाम्रो जिम्मेवारी भयो । तपाइहरु ढुक्क हुनुस्” भन्दै आश्वस्त पारेका थिए । त्यसपछि आचार्यको सक्रियतालाइ सबैले प्रशंसा गरेका थिए । 

नेपालप्लसले “नाकै काटिने भो बेलायतका नेपालीको” भन्ने शिर्षकमा चर्चा गरे लगत्तै एन आर एन बेलायत लगायत केहि संस्थाले साईकलयात्रीहरुसित सम्पर्क गरेका थिए । त्यसपछि अन्य संस्थाहरुलेपनि ‘बेलायतबासी नेपालीको इज्जतसित जोडिएको प्रसंग हो यो’ भन्दै सक्रियता देखाएका थिए । नेपालप्लसको चर्चालाई उध्रित गर्दै उल्टो साईकल यात्री विरेश दहाल आफैंले फेसबूकमा उक्त चर्चापछि आफ्नो यात्राको लागि सकारात्मक प्रभाव परेको उल्लेख गरेका थिए ।नेपाल प्लसमा यससंबन्धी समाचार छापिएपछि युके भित्रै र अमेरिका, युरोप समेतबाट साइकलयात्री टोलीलाई सहयोगको प्रस्ताव आइरहेको बेलायतबाट नेपालीले उल्लेख गरेका छन् ।  वीरेश दाहालसँगै यात्रमा बरुण अधिकारी र बजेन्द्र कुमार महरा समेत रहेकालेपनि धेरै नेपालीलाई पर्याप्त सहयोग दिन गाह्रो परेको गुनासो नेपालीहरुले गर्दै आएका थिए । उनीहरु लण्डनमा अलपत्र परेको समाचार आएपनि लण्डनमा बस्ने ब्यवस्था भने लण्डनस्थित दुतावासले गर्दै आएको छ 

विरेश दहालको टोली सन् २००४ देखि उल्टो साइकल चलाएर विश्व भ्रमणमा निस्किएको हो । उनीहरुले ५७ देश घुमिसकेका छन् । उल्टो साईकल चलाएर विश्व घुम्ने घटना विश्वकै पहिलो हो । यो रेकर्ड बेलायतस्थित गिनिज बुक अफ वर्ड रेकर्ड्समा दर्ता भैसकेको छ । अमेरिका जाने हवाई टिकटको ब्यवस्था हुने आश्वासन कुल आचार्य र अन्य खर्चकालागि रकम उठेपछि उनीहरुकालागि अब अमेरिका जाने बाटो खुलेको छ । सहयोगी सबैप्रति कार्यक्रममै विरेश दहालको टोली प्रफुल्ल हुँदै सबैप्रति अनुग्रही रहेको बताए ।

त्यसो त नेपालप्लसले लेखेको ‘नाकै काटिने भो बेलायतका नेपालीको’ भन्ने लेखलाई कतिले दबाबमुलक, सकारात्मक रुपमा लिए भने कतिले “हामीले कति जनालाइ सहयोग गर्ने ? निजि भ्रमणमा हामीले किन सहयोग गर्नुपर्ने ? त्यो यात्राले नेपाललाई के दिन्छ ? बिदेशका नेपालीले नेपालबाट सहयोग माग्न आ उने सबैको ठेक्का लिएका छौं र ?” भन्दै आफ्नो बाध्यतापनि पोखेका थिए । बिदेशमा बसेका नेपालीहरुसमक्ष कोही क्यान्सर पिडित, कोहि स्कूलर अस्पत्ताल निर्माण, कोहि नाचगान र कोहि फिल्म, डकुमेन्ट्री, कोहि ब्रिद्दाश्रम, एकेटाकेटीघर बनाउनुपर्‍यो भन्दै आएर हैरान परेको पछिल्लो समय धेरै गुनासो आउने गरेको छ । नेपालबाट अनेक राजनितिक, आर्थिक र कला संवन्धि कार्यक्रम देखाइदिनु पर्यो, सहयोग गर्नुपर्यो, फलानो नेता, फलानो कलाकार भन्दै नेपालीहरु हप्तै पिच्छे आउनाले बिदेशका नेपाली हैरानपनि पर्ने गरेका छन् ।

योपनि हेर्नुस्

विश्वकै पहिलो उल्टो साईकल यात्री नेपाली फ्रान्समा

 

तपाइँको प्रतिक्रिया