ईटालीको मिलानमा दशैं त कस्तो झुर !

  • महिन्दो वाईवा / ईटाली

dashain-in-milan-2

नेपाल मितेरी मन्चको यो वर्षको दशैं कार्यक्रम साह्रै झुर भो । अन्य वर्षभन्दा धेरै पैसा उठाइयो । न रमाइलो भो । न नाचगान नै गर्न पाइयो । के हो यस्तो कार्यक्रम ? एक दिनको छुट्टीमा घरमै बसेर साथीभाई भेटेको भए रमाइलो हुने थियो । एकातिर पैसोको नाश अर्कोतिर समयको बर्बाद भयो भनेर धेरैले गुनासो गरे मसँग  । निकै खल्लो भयो रे ! अनी मलाई पनि केही लेखौ लेखौ लाग्यो । नेपाल मितेरी मन्चले दशैं कार्यक्रम आयोजना गर्यो मिलान शहरमा । करिब २०० देखी २५० को हाराहारिमा होन् मिलान शहर र यो वरपर बस्ने नेपालीहरु । दशमीको पर्सी पल्ट राखेको थियो कार्यक्रम । मुस्किलले कार्यक्रममा ६५ जनाको उपस्थिति भएछ । 

community-milan-5

संस्थाका पदाधिकारीहरुले अनुमान लगाएका थिए, १३५ जना आ उँछन्। तर आधा भन्दा पनि बढि उपस्थित भएनन । कारण थियो, जानकारी नै छैन । कसैलाई वास्ता नै छैन । दशैं बिशेष कार्यक्रमको आयोजना गरिएको छ भनेर । संस्थाले जानकारीको लागि फेसबुकको भित्तोमा एउटा निमन्त्रणा छोडेको थियो त्यत्ति हो । १३५ जना आउँने अनुमान गरेर त्यही अनुसारको भात, मासुका पारीकारहरु, तरकारी, अचार, बियर, वाइन, जुस आदिको ब्यवस्था गरियो । तर न जुस सकिए । न वाइन र बिएर नै । जम्मा जम्मी एउटा भारतीयको दोकानलाई ११०० युरो बुझाईयो । २०० युरोको वाइन र बिएर छुट्टै ।

nepali-community-milan-6

शहरको निकै छेउतिर एउटा हल भाडामा लीएको थियो कार्यक्रम गर्न । खाउँला । रमाइलो गरौंला । नाचौंला अनी दशैंको शुभ कामना आदान प्रदान गरौला भनेर । तर न नाचगान भयो । न रमाइलो नै गर्न पाइयो । पोहोर साल किनेको साउण्ड सिस्टम पनि बिग्रीसकेको रहेछ । २२० युरो तिरेर लिएको हलमा हिन्दू धर्मावलम्बिहरुद्वारा दूर्गा देवीको तस्बिरमा पूजा गरियो । अग्रजहरुबाट टिका र जमरा लगाइयो । अनी सबैसँग शुभकामना बाँडियो, सकियो । मध्य दिन भईसकेको थियो । कार्यक्रममा आ इपुगेकाहरु सबै जना खल्लो मानेर भन्दै थिए – खै केही हुन्न आज यहाँ ? केही तयारी गरेको भए पो होस बिचरा । नेपालको शन, चिनारी र एकताको प्रतिक नेपाली झण्डा समेत राख्नुपर्ने हेक्का कसैलाई भएनछ ।

dashain-in-milan-3

सबैजना केही होला कि भन्ने आशामा थिए । तर कार्यक्रम गर्न लिएको हलमा केही हुने छाँटकाँट देखिएन । कार्यक्रम गर्ने स्थानमा केही नेपालीहरुले इटालियन साथीलाई पनि लिएर आएका थिए । नेपाली खाना खुवाउँला । नेपाली संस्क्रिती देखाउँला भनेर । तर आखिर सबै निरास भएर फर्के । न नेपाली खाना यस्तो हुन्छ भनेर केही फरक देखाउन पाइयो । न नेपाली लोक न्रित्य नै । उही भारतीय दोकानबाट ल्याएको खाना । गोरेकै देशमा बनेको मदिरा । अनी केही गतिबिधी नहुँदा बनेको नेपालीको फुस्रो अनुहार ।

nepali-community-milan-5

नेपाल मितेरी मञ्च मिलानोले दशैं कार्यक्रम गर्न १५९० युरो खर्च गर्यो । ११०० युरो खानामा । २२० हल भाडा , बिएर र वाइनमा २०० युरो । कप प्लेट चम्चामा ७० युरो । स्वयंसेवा गरेको त छुट्टै । अघिल्ला बर्षहरुमा उपस्थित सबै सँग १० युरो उठाइन्थ्यो । यस पाली १५ युरो उठाइयो । केही ब्यक्तीहरुसँग १०० युरो उठाइएको पनि देखियो । कोही कोही ‘यो कस्को निर्णय हो ? जे मन लाग्यो त्यहि गर्न पाउँछ’ भन्दै उर्लदै पनि देखिन्थे । आखिर यतिका पैसा किन लगानी भयो त ? प्रत्येक ब्यक्तीसँग किन महँगो शुल्क उठाइयो ? ब्यक्तीले नै निर्णय गर्ने भए किन संस्था चाहियो ? उपलब्धी त केही भएन नै । त्यो २५ प्रतिशत प्रयोग गरी ७५ प्रतिशत खाना फालियो । आखिर त्यो फालिएको खानामा समेत सबै ब्यक्तीलाई लगानी गर्न लगाइयो । के यही हो संस्था भनेको ? यही हो नेत्रित्व भनेको ? मिलानबासी नेपालीहरुको नेत्रित्व गर्ने एक मात्र संस्था नेपाल मितेरी मन्चले बेलैमा सोच्नु पर्ने देख्छु ।

तपाइँको प्रतिक्रिया