कार्यक्रमको जस एक्लै लिन खोज्दा नेपाल डे फुस्सा

  • सुजन खड्का / बेल्जियम

nepal-day-belgium

बेल्जियमको रमणिय क्षेत्र लिग प्रान्तको बालोनीस्थित सोफँतेन (तातो पानीको छहरा) भन्ने ठाउँमा अक्टोबर दुइ देखि पाँचसम्म नेपाल मेला भयो । यो एउटा अति रमणिय पहाडी ठाउँ हो । नेपाल बेल्जियम मैत्री संघले यो कार्यक्रम आयोजना गर्यो । यि चार दिनलाई स्थानिय नगरपालिकासित मिलेर नेपाल डे भन्ने मेला बेल्जियम नेपाल मैत्री संघले आयोजना गर्यो । संघका अध्यक्ष फ्र्याङ्क भेरमिख ले नेपालीहरुको सहयोग मागे । नेपालीहरु खटे । नेपाल डेकालागि नगरपालिकासित मिलेर पर्चा पम्प्लेट छापे । यो पर्व एन आर एन बेल्जियमले आयोजना गरेको भनिएपनि सत्यता त्यस्तो होइन । बरु नेपाल डेमा जेजति खर्च र सक्रियता भयो त्यो बेफ्वाँकमा गयो । वा एन आर एनले कार्यक्रम गरियो भनेर सुनाउनैकालागि मात्रै सिमित रह्यो । किन त्यस्तो भयो ? त्यसका केहि कारण छन् । 

एन आर एन बेल्जियमले यो आयोजना गरेको होइन । किनभने मैत्री संघले यो पर्व प्रचारप्रसार गर्न बनाएका सामाग्रि, पम्प्लेटमा एन आर एनको लोगो अंकित छैन । बरु नेपाली दुतावासको लोगो छ । त्यहाँको प्रोभेन्सीको लोगो छ । अर्थात् जति संस्था यो आयोजनामा संलग्न छन् तिनको लोगो छ । बरु मैत्री संघका अध्यक्ष फ्र्याङ्कले नेपाल र नेपाली चिनाउने कार्यक्रम भएकाले एन आर एन बेल्जियमसित सहयोग मागे । फ्र्याङ्कले अक्टोबर २, ३, ४, ५ को लागि कार्यक्रम राखिसकेका थिए । त्यसकोलागि नगरपालिका र संवन्धित क्षेत्रमा सबै चाँजो मिलाइसकेका थिए । संयोगले यो कार्यक्रमको ब्यवस्थापन गर्ने क्रममा एन आर एन सित छलफ भयो मैत्री संघको । दुई पक्षबिच छलफल हुँदा एन आर एनले नेपालीलाई समेट्न सक्ने, सांस्क्रितिक झाँकी देखाउने, न्रित्य र संगित आयोजना गर्ने  प्रस्ताब राखेपछि फ्र्याङ्क प्रभावित भएर त्यो प्रस्ताव स्विकारे ।

अक्टोबर २ र  ३ मा दशै परेकोले नेपालीहरुको सक्रियता भएन । ४ र ५ मा नेपालीलाई जोड्ने कार्यक्रम दिने भन्ने सल्लाह फ्र्याङक र एन आर एन बेल्जियमबिच भयो । दोस्रो बिश्वयुद्दमा इपेरमा मारिएका गोर्खाली सेनालाई श्रद्दान्जली दिने कार्यक्रमपनि गर्ने भनेर एन आर एन बेल्जियमले माग गर्‍यो । त्यसमा फ्र्याङकले सहमती गरे । एन आर एन बेल्जियमलाई त्यहाँका सबै संघसंस्था समेट्ने जिम्मेवारीपनि दियो मैत्री संघले । पहिले पहिले नेपाल डे भनेर आयोजना गरिन्थ्यो एन आर एन बेल्जियमकै नेत्रित्वमा । पहिले बेल्जियमका सबै संघ संस्थालाई बोलाएर समेट्थ्यो एन आर एन बेल्जियमले । एन आर एनले छलफल गर्यो ति संस्थाबिच । यो पटकपनि छलफल गर्न बोलायो बेल्जियमका संघ संस्थालाई ।  नेपाललाई पहिचान गराउने कार्यक्रम कुनै बिदेशीले आयोजना गर्दा त साथ दिईन्छ झन एन आर एन बेल्ज्जियमलेनै आव्हान गर्दा किन साथ नदिने भनेर त्यहाँका संघसंस्थाले सहभागि हुने निर्णय गरे ।

affiche-octobre0एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले मैत्री संघसित गरेको बचनबद्दता र सहमती अनुरुप बेल्जियमका बिभिन्न संस्थालाइ बोलाए । मिनी नेपाल भन्ने त्यो नेपाल डेकालागि सहमती गराए । नेपालीका तर्फबाट एन आर एन मुख्य आयोजक बस्यो । बाँकि संघसंस्थालाई अनुगमनमा राख्यो एन आर एन बेल्जियमले । नेपाल डे कसरि गर्ने भनेर बैठक, छलफल हुनुपर्थ्यो बेल्जियमका संघसंस्थाबिच । मिनी नेपाल आयोजना हुने क्षेत्र देखाउनु पर्थ्यो एन आर एन बेल्जियमले । त्यो केहि गरेनन् । प्रेम गुरुङ आफैंले सबै निर्णय गरे । उता मैत्री संघलाई सबै नेपाली संघसंस्थाबिच आफूले एकदम राम्रो समन्वय भएको बताउँदै गए । मैत्री संघले त्यसैमा बिश्वास गर्यो ।

इपेरमा सात हजार नेपाली मारिएको भनियो श्रद्दान्जली दिने दिनमा । तर त्यो होइन रहेछ । बरु बेल्जियमभरिमा सात हजार मारिएका रहेछन् । यसले नेपालीहरु औपचारिक कार्यक्रममापनि कति फितलो तथ्यांक पेश गर्छन् भन्ने देखायो । अर्को लाजमर्दो कुरा जहाँ श्रद्दान्जली दिईयो नेपालीका नाममा त्यो ठाउँमा नेपालीनै थिएनन् ।

श्रद्दान्जमी दिने ठाउँमा बेल्जियमको झण्डा फहराएको थियो । त्यो बेल्जियमका नागरिक मारिएको स्थल थियो । तर नेपालीको झण्डा झण्डा ठड्याउन लठ्ठीपनि थिएन । त्यसैले भुइँमा राखियो । बेल्जियमको झण्डा ठडिएको छ तर नेपालीको भने भुइँमा सुताइयो । आयोजकलेनै झण्डा ठड्याउनुपर्थ्यो । कि झण्डा नलगेको भए हुने कि बेल्जियमको सरह उठाउनुपर्ने । राजदूत जाने कार्यक्रममा बेल्जियमको झण्डा ठड्याएर फहराउने तर नेपाली झण्डा भुइँमा ओछ्याउने काम गरियो । यहिँ नेपाली झण्डाको अपमान भयो ।

बेल्जियमका संघ संस्थासित कार्यक्रम सफल पार्नको लागि सल्लाह नगरेकोले नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सुभास जोशीसमेत उपस्थित भएनन् इपेरमा अंअरिएका गोर्खाली सेनाको श्रद्दान्जली सभा गर्ने दिनमा । जनजातिहरु त यसै रिसाएकै थिए प्रेम गुरुङसित । उनैको कारणले गर्दा इपरमा नेपाली गोर्खा सैनिकको नाममा तमु समाजले बनाउन लागेको स्मारकले गति नलिएको र प्रेम गुरुङले यसमा सहयोग नगरेको बेल्जियमका जनजातिले अर्थ्याउँदै आएका छन् । प्रेम गुरुङ आफैंले जनजाति बिरोधी काम गरेको भनेर आरोप लगाउँदै आएका छन् ।

उनले यो नेपाल डेमा जनजातिको झाँकि प्रदर्शन गर्न भनेर सहयोग मागेका थिए, नेपाल आदिवादी जनजाति महासंघ, बेल्जियमसित । तर त्यहाँका जनजातिले बहिस्कार गरिदिए । ‘उनलाई पहिचान नचाहिने तर आदिबासीको तर्फबाट झाँकी चाहिनेने ? जनजातिलाई पहिचान दिन हुन्न भन्नेलाई किन चाहियो जनजातिको पहिचान ?’ यस्तो उत्तर दिए जनजातिहरुले । आदिबासी जनजाति महासंघका पिजी शेर्पालेनै सार्वजनिक रुपमा बिरोध गरिदिएका थिए । त्यसैले जनजातिका तर्फबाट संस्थागत रुपमा कोहिपनि त्यो कार्यक्रममा झाँकी देखाउन गएन । प्रेम गुरुङको ब्यक्तिगत चिनजानका आधारमा जनजातिका केहि पुगेका थिए, हिजो शनिवार ।

ब्रसेल्स, आन्तर्पेन र लुभेनबाट बस बुक गरियो नेपालीहरुलाई कार्यक्रममा लैजान । आन्तर्पेनबाट दुई वटा बस मगाएका थिए । नेपलीहौर्को उपस्थिति नहुने देखिएपछि एउटा मात्रै लगियो अन्तत । त्यसमापनि जम्मा २० जनाजति गए । लुभेनबाटपनि एउटा बस मात्रै गयो । ब्रसेल्सबाट ११ जना जति गए । यसरि एन आर एन बेल्जियमको रवैया र अध्यक्ष प्रेम गुरुङको ब्यक्तिगत निर्णय, अरु संस्थालाई बेवास्ता गर्नाले सात हजार नेपाली बसोबास गर्ने भनिएको बेल्जियमबाट जम्मा ५०, ६० जना नेपाली मात्रै उपस्थित भए गए । लगिएका बसपनि आधा भन्दा बढि खाली दौडिए । कार्यक्रममा नगरपालिका प्रमुख उपस्थित हुने भनिएको थियो । तर उपनगरप्रमुख उपस्थित भए । बसमा जानेमा सात आठ जना बेल्जियन नागरिक मात्रै भए ।

आन्तर्पेनमा पहिलो विश्वयुद्दको संस्स्मरणका लागि पूल बन्दै छ । त्यहाँ कार्यक्रम गर्न सकेको भए हजारौं बिदेशीले हेर्थे । त्यहाँपनि कमजोरी रह्यो । अर्को पक्ष, बेलायतबाट यहि नेपाल डेको प्रचारप्रसार गर्न भनेर नौमती बाजा झिकायो एन आर एन बेल्जियमले । तर त्यो बाजा हेर्ने करिब एक दर्जन नेपाली मात्रै भए ।  बेलायतबाट त्यत्रो रकम खर्चेर ल्याएको नौमती बाजा के एक दर्जनभन्दापनि कम मानिसलाई देखाउन हो ? तैपनि नेपाल डे ओहो ! भन्दै दुई चारवटा फोटो सामाजिक सञ्जालमा हालेर खुब खुशियाली मनाइरहेको छ एन आर एन बेल्जियमले ।

अरुलेनै पोस्टर बनाइदिने । अरुलेनै खर्चको मूल पाटो ब्यहोर्ने । स्थल दिने । तैपनि यस्तो असफल किन भयो नेपाल डे ? उत्तर सहज छ, कार्यक्रम आयोजकको घमण्डले । कार्यक्रम आयोजना गरिएको उपत्यका पर्यटकिय ठाउँ हो । अति सुन्दर क्षेत्र । धेरै पर्यटक जाने । बेल्जियन नागरिकपनि सुस्ताउन पुग्ने । झन शनीवार र आइतवार साप्ताहिक बिदापनि परेको । धेरै नेपाली उपस्थित हुन सक्थे । प्राय नेपाल पर्व आयोजना गरेको बेला कार्यक्रम स्थलमा नेपाल पहिचानका सामान, नेपाल चिनाउने वस्तुहरु, मम लगायतका नेपाली परिकार हुन्थे । शनीवार दुइ तिन वटा स्टल थिए अरु केहि थिएन ।

तर एन आर एन अध्यक्ष प्रेम गुरुङको एकल निर्णय, हठ र अरु संस्थालाई बेवास्ता गर्दै सबै जस मै लिन्छु भन्ने नियत राखेकाले नेपाल पर्व फुस्सा जस्तै भयो । एन आर एनले कार्यक्रम गरियो भन्ने, दुई चारवटा फोटोहरु त्योपनि धेरै देखाउन टाउकाको भागतिरको खिचेर प्रचारप्रसार गर्नपनि पायो । तर नेपालको अभिब्रिद्दी र प्रचारप्रसार त भएन । एन आर एन बेल्जियम आम नेपालीबाट टाढिँदै र एक्लिँदै गएको उदाहरण हो यो । यहि रवैया जारी रहेमा अझ एक्लिँदै र अस्तित्व समाप्त हुन सक्छ ।

तपाइँको प्रतिक्रिया