नेपाली झण्डालाई बाटोघाटोमा लतार्न र घिसार्न पाइने कि नपाइने ?

  • रमेश कँडेल / ब्रुज, बेल्जियम

nepali-flag-in-belgium-3

नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्दै नकारात्मक पक्षहरुलाई उजागर गर्दै आईरहेको मान्छे हुँ म । यस बिचमा कसैले मलाई ‘ठिक लेख्नु भो’ भने । पेचिलो लेख्नु भो भन्नेपनि निस्किए । कोही कोही भने ‘किन नकारात्मक लेखेको’ भनेर मुख अँध्यारो पार्छन् । तैपनि आफ्ना कुराहरु निरन्तर लेख्दै जानुपर्छ भन्ने मलाइ लाग्छ ।

भर्खरै प्रम सुशिल कोइराला। बेल्जियममा आउँदा उनलाई करेसाबारीलगेर कुर्चीमा चढाइयो । त्यहिँ उभ्याएर गर्न लगाएको भाषण कुटनैतिक नभएको र देशको प्रमको सुरक्षा र राजदुतावासको लापर्बाहीको कुरा उठ्यो । त्यो प्रकाशित भएपछि बेल्जियमका केहि काँग्रेसी साथीहरुले मुन्टो बटारे । मलाई लाग्छ, नकारात्मक कुराको बिरोध गरे मात्रै सुध्रिन्छ । कमजोरीहरुलाइ सुधारेर जानुपर्छ । 

आज नेपाली झण्डाको प्रयोग वा दुरुपयोग बारे अर्कोप्रसंग यहाँ लेख्दैछु । यो लेखेपक्स्ह्हि फेरि कति साथिहरुले मुन्टो बटार्ने हुन् ! जसले मुन्टो बटारेपनि राष्ट्रिय विषय, समाजक कमीकमजोरीहरुका विषयमा बहस नगरि टुंगोमा पुग्न सकिन्न ।

प्रसंग नेपाली झण्डाको

nepali-flag-in-belgium-1

nepali-flag-in-belgium-2

nepali-flag-belgium-4

भर्खरै बेल्जियमका नेपालीहरुले वालोन क्षेत्र अन्तर्गत सोफोन्टेन भन्ने ठाउँमा नेपाल मेला आयोजना गरिरहेका छन् । त्यसको पहिलो दिन विश्वयुद्दका बेला सो क्षेत्रमा मारिएका बेलायती गोर्खाली सेनाहरुलाई   सम्झँदै नेपाली राष्ट्रीय झण्डा भुईमा राखेर नेपाली राष्ट्रीय गान गाईयो । त्यसले केहि प्रश्न उब्जाएको छ ।

(१) विदेशको कुनै सार्बजनिक ठाउँको सार्बजनिक कार्यक्रममा नेपाली झण्डालाई लतार्न पाईन्छ या पाईदैन ?

(२) विश्वयुद्दमा मारिएको बेलायती गोर्खाली सेनाहरुको सम्मानमा नेपाली राष्ट्रीय गित गाउन हुने की नहुने ? के उनिहरु नेपालको लागि लडेर योगदान दिएका हुन् ? जस्तै : दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त माथेमा आदि ।

(३) मान्छे हिँड्ने सिँडीमा नेपाली झण्डा लतार्न पाईन्छ ? यो नेपाल र नेपालीको नै अपमान भएन र ?

(४) झण्डा र शिर विदेशिको सामु कहाल्यै झुकाउनु हुँदैन भन्ने नेपाली विरहरु बलभद्र कुवँर र भक्ती थापाको बलिदानको अगाडी यस्तो कार्यलाई के भन्ने ?

(५) यस्ता कार्यहरु जानेर वा अन्जानमै गरिन्छ । गलत छ भने माफि माग्नु पर्छ कि पर्दैन ?

(६) यस्तो कार्य भविश्यमा नदोहोरियोस भनेर साबधानि अपनाउनु पर्ने या नपर्ने ? तपाईको मनले के भन्छ ? यस्तो कार्य गलत या सहि ?

तपाइँको प्रतिक्रिया