विश्वबिध्यालयनै हापी दिएर जापानमा दशैं

अम्बारिस पोख्रेल / होक्कैदो, जापान

japan-dashain-2

होक्कैदो (होक्कैदो) विश्व बिध्यालयका १९ जना बिधार्थी र पोस्ट डक्टरेट फेलोहरुले एक महिना अगाडी नै विश्व बिध्यालयको हल अनुबन्ध गरेका थियौं, यहि दशैं मनाउन । आज बिहान ९.३० देखि साँझ ८.३० सम्म हल हाम्रा लागि बुक थियो । मैले अभिभावकको रुपमा सबै बिध्यार्थीहरुलाई टिका लगाइदिएँ । हाम्रा प्राध्यापक जतिरिसाएपनि हामी सबैले जबर्जस्ती पनि बिदा लियौं । दशैं मनाउन भनेर । हामीले तर्क गर्यौंस हामीलाई कति महत्व छ भनेर । ‘हाम्रो संस्कृती हो । नारिसाउनुस’ भनेर अनुरोध पनि गर्नुपर्ने अवस्था आयो ।

japan-dashain-1

japan-dashain-3

हामीले नेपाली परम्परा अनुसार पूजा पनि गरियो । नेपाली खानाहरु तयार गरियो । त्यसमा अझ म: म: समेत तयार गरियो । अरु नेपाली परम्परा अनुसार नाचगान गर्दै रातको ८.३० बजे बिदाई भयौ । यस्तो काम यहाँ वर्षको तिन पटक गर्ने गर्छौं । दशैँ, जनवरी एक र बैशाष १ का दिन । तर एन आर एन जापानले भोली अर्थात् टिकाको भोलीपल्ट मनाउने भनेको थियो । हामीले स्विकार गरेनौं । आफ्नो परम्परालाई निरन्तरता दिने र रमाउने क्रम जापननै भएपनि जारी छ ।

तपाइँको प्रतिक्रिया