प्रधानमन्त्रीले भने “अमेरिका राम्रोसँग घुम्न पाइएन, स्कटिङ्मा जाँदा खानाको मेसो नि मिलेन”
● सन्तोस न्यौपाने / बेल्जियम
“बेल्जियम, नेदरल्याण्ड, जर्मनिलगायतका देशबाट धेरै नेपालीहरु नेपाली बोलेकै आधारमा डिपोर्ट गरिएको छ । रोक्नु पर्रदयो” भनेर आग्रह राखे नेपालीले । तर कोइरालाले सोझो उत्तर दिए ‘अब तपाइसँग पासपोर्ट पनि छैन । अवैधानिक बाटोबाट आउनुभाछ भने डिपोर्ट गरिहाल्छ नि । काम गर्ने, पढने भिषामा जो वैधानिक रुपमा आएका छन उनीहरुलाई समस्या नै छैन ।’ त्यसो भन्नासाथ सबैमा हाँसो छायो । दिल खोलर हाँसे । केहि नेपालीले भने ‘दाई यस्तो भयो, उस्तो भयो’ भनेर आफ्ना कठिनाई ब्याख्या गर्दै थिए । तर राजदुत राममणि पोखरेल भने आफूले यसबारेमा प्रधानमन्त्रिलाई अघिल्लो दिननै बताइसकेकाले जानकार रहेको बताएका थिए ।
‘ हाम्रो देशमा भ्रस्टचार गर भनेर कुनै संविधानमा लेखेकै छैन । के को निवारण ऐन बनाउने ? ’प्रधानमन्त्रि सुशिल कोइरालाको सहभागि मध्ये एकले भ्रस्टाचार विषयमा सोधिएको प्रश्नको जवाफ भुइँमा खस्न नपाउँदै नेपालीहरुबिच हाँसोको फोहोरानै छुटयो । एकले अर्कालाई मुख हेराहेरनै गरे । पछि अलि मत्थर भएपछि भने गंभिर भएर उनले जवाफ दिए ।
त्यस्तै, अमेरिका बसाइको अनुभव सुनाउँदा सहभागिहरु मज्जाले रोमान्चित बनेका थिए । कोइरालाले त्यहाँ राम्रोसँग घुम्न पाएनछन् र खानको मेसो पनि राम्रो भएनछ । भन्दै थिए ‘राम्रोसँग घुम्न नि पाइएन यार । यता उता स्कटिङ्मै जानुपर्ने । खाना नि मेले मेसो मिलेन यार ।’ धेरै जसो वाक्यांशमा यार र उ शब्द निकै जोडेका थिए । त्यसले गर्दा सहभागिहरुमा एक किसिमको हाँसो छाएको थियो ।
बेल्जियमको राजधानी ब्रसेल्सस्थित नेपाली दुतावासले राखेको दिवाभोज कार्यक्रममा लगभग सय जना नेपाली उपस्थित थिए । तिमध्ये धेरै जसो नेपाली कांग्रेसको भात्रि संस्था नेपाली जनसम्पर्क समितिका थिए । दिवा भोज भनेर दुतावासले कार्यक्रम राखेको थियो । पहिला कोइराला त्यहाँ उपस्थित नेपालीहरुमाझ केहिपनि नबोल्ने भन्ने योजना रहेछ । तर पछि सबैले केहि बोल्नुपर्छ भन्न थालेपछि आफ्नो विचार दिन थाले । कुर्सिमा बसिरहेका कोइरालालाई नेपालीहरुले चारैतिरबाट घेरा हालेका थिए । तर केहि बोल्ने भनेपछि उनी जुरुक्क उठे । सहयोगिको साथ लिएर आफू बसेको कुर्सिमाथि उभिए । यसरि उभिँदा सबै छक्क परे । पछि उनको भाषणमा सबैको ध्यान गयो ।
देशका प्रधानमन्त्रि निकै विन्दाश स्वभावका रहेछन भन्ने उनको प्रस्तुतिले गरायो । अमेरिका छँदा गरिएको गैह्र कूटनितिक पहिरनबारे भएका कमिकमजोरिका कारण आरोप खेपेका उनका निकटतम ब्यत्तिहरु यहाँ पनि चुके । कार्यक्रमकालागि न कुनै ब्यवस्था भयो न त उनलाइ ओरालेर सभ्य तरिकाले अन्तरक्रिया गराइयो ।
हुन त बेल्जियम आएका नेपालका धेरै प्रधानमन्त्रिहरु यसरि विन्दास भएर सहभागिहरु सँग वातचित गरेको देख्न पाइएको थिएन । तर पनि कोइरालाको विन्दासपनले उनको महत्वलाई अलि कम गराएको हो कि भन्ने भान धेरैलाई पर्यो ।
उता दुतावासले पनि गर्न नहुने गल्ति गरेको छ । नेपाली राजदूत निवास भवन राजदूत तथा अतिथिको लागि हुन्छ । तर नेपाली कांग्रेससमर्थित जनसम्पर्क समितिले दुतावासकै टिभि कोठामा कोइरालासँग नेपाली कांग्रेस पार्टीको आन्तरिक कार्यक्रम गर्यो । जुन निकै लज्जास्पद रह्यो । राजदुत निवास पार्टिको आन्तरिक कार्यक्रमलाई दिन मिल्ने कि नमिल्ने ? यसको जवाफ कसले दिने ? त्यस्तै, प्रधानमन्त्रीसित जमम २० मिनेट समय मागेका सम्पर्क समितिका सदस्यहरुले दुई घण्टा सम्म लगाए जसले गर्दा प्रधानमन्त्रि कोइरालाको स्कटिङको लागि बसेका सुरक्षाक्रमिहरुलाई एक घण्टा भन्दा बढि पर्खिनु परेको थियो ।
यति विन्दास र खुलारुपमा प्रस्तुत भएका कोइरालाको भ्रमण उपलब्धिमुलकनै रहयो भन्नेहरु देखिए । तर उनी सामान्य नागरिक जस्तै पर्यटक बनेर आए । पर्यटक बनेरनै फिर्ता भए । अरु देशका मन्त्रिहरुले पाउने सम्मान र भेटघाटबाट भने उनी बञ्चित रहे । यसतर्फ नेपाल सरकारले उचित पहल गर्नुपर्ने आवश्यकता खट्किएको धेरैले औंल्याए ।





