बेल्जियम बस्नुहुन्छ ? होस् गर्नुस् है पक्राउ पर्नुहोला !

BELGIUM EU NEW COMMISSION BUILDINGभोलीबाट बेल्जियममा असाध्यै कडासित सुरक्षा बढाउँदै छ बेल्जियन सरकारले । गत शनीबार बेल्जियमस्थित युरोपेली युनियनको कार्यालयमा आतंककारी हमलाको प्रयास भएको रहेछ । त्यसलाई असफल पारियो । सरकारले अहिलेसम्म गोप्य राखेछ । आज फ्रान्सेली टिभीले सार्वजनिक गर्‍यो । बिदेशी मूलका (खासगरि अरेबियन मूलका) करिब ४०० यूवाहरु सिरिया गएका रहेछन् त्यहाँ लड्न, सहयोग गर्न । अरेबियन मूलका तर बेल्जियन । 

बेल्जियमबाट ति कसरि, कुन मितिमा कुन विमानमार्फत कता गएका थिए ? तिनको हैशियत के हो ? कसरि कागज पाएका थिए ? तिनको सम्पूर्ण निगरानी बेल्जियम सरकारले गरेको थियो । त्यो सबै पत्ता लगाइसकेको रहेछ । बेल्जियन नागरिक भएपनि ति आक्रमणकारी हुन् भन्ने बेल्जियन सरकारले पत्ता लगाएको छ । ति चार सयले सिरियामा भैरहेको आक्रमणमा सहभागि भएको फ्रान्सेली टिभीले दाबि गरेको छ । त्यो दाबी पक्कैपनि बेल्जियम सरकारकै स्रोतबाट पत्ता लगाएको हो ।

ति अर्को हप्ता (भोलीदेखि) बेल्जियम फर्किँदै छन् रे । तिमाथि बेल्जियम सरकारले कडा निति लिने देखिएको छ । त्यो हमलालाई असाध्यै गम्भिररुपमा लिएको छ बेल्जियन सरकारले र अरु युरोपेलीलेपनि दबाब दिएका छन् । युरोपेली परिषदको कार्यालयमा आक्रमण प्रयास भएकोले अब बेल्जियन सरकार पक्कैपनि बिदेशी मूलका नागरिकप्रतिपनि कडा रुपमा प्रस्तुत हुन्छ । बिदेशीहरुप्रति त झन अवश्यै हुन्छ । अब बिदेशीहरुको छानबिनपनि कडारुपले गर्न सक्छ । युरोपेली युनियनको कार्यालयमा हमलाको प्रयास बिदेशी आक्रमणकारीले गरेको भन्ने पत्ता लगाएपछि त्यसको नालीबेली पत्ता लगाउन ठाउँ ठाउँमै छापा हान्ने, पक्रने गर्न सक्छ । त्यसैले जसको बैधानिक कागज छैन उसले एकदमै होस् पुर्‍याउनुहोला !!

तपाइँको प्रतिक्रिया