केजिन राइसहित आधा दर्जनको अध्यक्षमा दाबी

kejin-raiनेपाल पत्रकार महासंघ युरोपको अधिबेशन भोली नयाँ नेत्रित्व चयन हुँदै छ । त्यसकालागि बर्तमान उपाध्यक्ष केजिन राईले आफ्नो उमेदवारी घोषणा गरेको नेपालप्लसलाई फोनबाट जानकारि दिएका छन् । नेपालमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा २०४९ सालमा कार्यकारि सदस्यका रुपमा अत्यधिक मतले जितेको र महासंघमा कार्य गरेको अनुभव अगाडि सार्दै उनले आफूलाई एफ एन जे युरोपको अध्यक्षकालागि उपयुक्त भएको दाबी गरेका छन् । ‘नेपालप्लससित उनले भने ‘म लोकपत्र दैनिकको २०५० सालमै चिफ रिपोर्टरका रुपमा रहेको थिएँ । त्यस अघिदेखि मेरो पत्रकारिता शुरु भएको हो । युरोपमा बसेरपनि मैले पत्रकारिता गरिरहें । अब नेपाल पत्रकार महासंघलाई त्यहि अनुभवका आधारमा नेत्रित्व गर्न सक्छु ।’

त्यसो त यस अघिनै नेपाल पत्रकार महा संघका लागि एफ एन जे युरोपका बर्तमान पार्षद ओम शर्मा, उपाध्यक्ष पुष्प बरुवाललेपनि आआफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । दुबैले आफूहरु अध्यक्ष पदकालागि उपयुक्त रहेको दाबी गरेका छन् । स्रोतका अनुसार अध्यक्ष पदका लागि प्रकाश ढकाल, डिल्ली अम्माईले समेत उमेदवारी दिने दाबी गरेका छन् । परिस्थिति हेरि बर्तमान अध्यक्ष महेश थापा र उस्तै स्थिति स्रिजना भएमा सरस्वति कार्कीकोपनि उमेदवारी पर्न सक्ने संभावना रहेको स्रोतले उल्लेख गरेको छ । 

यो अधिबेशनका लागि एफ एन जे केन्दिय अध्यक्ष महेन्द्र बिष्ट आजै बेल्जियम अैपुगेका छन् । केन्द्रिय महासचिव उजिर मगर केहिदिन अघिनै बेल्जियम आइपुगेका हुन् । एफ एन जे युरोपका लागि सदस्य बन्नकालागि आबेदनहरु भिन्न भिन्न तरिकाले परेको प्रसंग उल्लेख गर्दै महासचिव उजिर मगरसित त्यसका बारेमा जिज्ञासा राख्दा उनले फोनमा भने ‘केन्द्रमा सदस्यताकालागि आबेदन पर्नु स्वभाविक हो । त्यसको उपयुक्त बिधि बिधान अनुसार केन्द्रले छानबिन गर्ने छ ।’

अध्यक्ष पदका लगि आआफ्नै तरिकाले दाबी गरिएका छन् । सकभर क्रियाशिल पत्रकारहरुको नेत्रित्व चयन गर्नुपर्ने पक्षमा सक्रिय पत्रकारहरुको मत छ । तर निर्वाचन भैहालेमा कसले जित्ला ? त्यसकालागिपनि आआफ्नै दाबी प्रस्तुत गरिएको छ । केजिन राईले भने “अहिले नेत्रित्वका लागि दाबी गरिएका मध्ये मैले आफूलाई पत्रकारितामा सबैभन्दा अनुभवी र महासंघमै बसेर काम गरेको अनुभव समेत भएकाले सबैभन्दा उपयुक्त दाबी गरेको छु । मैले सबै साथीहरुलाई विश्वासमा लिएर काम गरेर देखाउनपनि सक्छु । सहि नेत्रित्वका अलगि क्रियाशिल साथीहरुको भूमिका रहोस् भन्ने मेरो आग्रह छ ।’

तर सफल नेत्रित्व अगाडि सरेमा, क्रियाशिल पत्रकारहरु आएमा सहमती गरेर जान प्रकाश ढकाल र सरस्वति कार्की रहेको स्रोतले उल्लेख गरेको छ । बाँकी पदहरुमा ककसले दाबे गरेका छन् भन्ने बारेमा चाहिँ कुनै जानकारि बाहिर आएको छैन । बर्तमान अध्यक्ष महेश थापाको भने निश्चित छैन । मौका परे, आफ्नो पक्षमा माहोल बनेमा फेरि अध्यक्ष बन्ने नत्र दाबी नगर्ने पक्षमा उनी रहेको स्रोतको दाबी छ ।

तपाइँको प्रतिक्रिया