बेल्जियममा हुँदै छ नेपाल महोत्सव
बेल्जियममा नेपाल महोत्सव हुँदै छ । आउने अक्टोवर ४ र ५ का दिन बेल्जियमको पर्यटकीय स्थल साउथफोन्टीनमा नेपाल महोत्सव हुन अलगेको हो । बेल्जियमको साउथफोन्टीन नगरपालिकाले साउथफोन्टीन भन्ने स्थानमा ‘सानो नेपाल’ भन्ने नाममा चार दिने नेपाल महोत्सवको अवसर पारेर एन आर एन बेल्जियमले महोत्सव आयोजना गर्न लागेको छ । एनआरएन बेल्जियमले त्यसैलाई मौका छोपेर त्यहि समय र स्थानमा यस पटक दुई दिने नेपाल महोत्सवको आयोजना गरेको हो । यो महोत्सव हजारौ बिदेशी पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरीएको छ । किनकि यो नगरपालिकाले आयोजना गर्ने मेलाहरु बिगतमापनि पर्यटकहरुकालागि निकै आकर्षक रहँदै आएका छन् । उक्त महोत्सव विशेष गरेर नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला,संस्कृतिलाई चिनाउने सुनौलो मौकाको रुपमा रहेको एन आर एन बेल्जियमको जिकिर छ ।
एन आर एनले यो मेलामा आफूमात्रै सहभागि नभएर बेल्जियमस्थित अधिकांश संघ संस्थालाईपनि समेट्न खोजेको छ । नेपाल महोत्सवलाई सफल पार्न एनआरएन बेल्जियमले आईतवार बेल्जियमको अन्त्वेर्पेंनमा संघ सस्थाहरु संगको महोत्सव सम्वन्धि संयुक्त बैठक गरेको थियो । त्यसकालागि केहि समिति गठन गरी जिम्मेवारी समेत दिएको छ ।
बैठकले एनआरएन बेल्जियमको संयोजन, नेपाली दूतावास बेल्जियमको अभिभावकत्व तथा बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाहरुको संयुक्त आयोजनामा महोत्सवलाई सम्पन्न गर्ने निर्णय गरेको छ । महोत्सव सफल पार्न सबै संघ सस्थाले १०१ युरोका दरले सहयोग गर्ने भएका छन् । त्यस्तै, त्यति रकम दिने प्रत्येक व्यक्तिलाई समेत आयोजक समितिमा राख्ने निर्णय गरेर सहभागिता बढाउने र थप रकम जुटाउने प्रयास एन आर एन बेल्जियमले गरेको छ । बेल्जियमस्थित ३८ संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सात वटा समितिको गठन गरेको छ । जसमा महेश थापाको संयोजकत्वमा प्रचारप्रसार समिति र सदस्यमा ओम शर्मा, डील्लीराम अम्माई, तेज नेपाली र माधब सापकोटा छन् । नरहरी सापकोटाको संयोजकत्वमा गठित आर्थिक समितिमा पदम गुरुङ, सीपी भट्ट र शारदा अर्याल छन् । शिवकुमार बरुवालको संयोजकत्वमा गठित स्टल व्यवस्थापन समितिमा रजनी प्रधान, हरि थपलिया, सुवास जोशी र ब्युटी श्रेष्ट छन् ।
बलराम पुनको संयोजकत्वमा गठित सांस्कृतिक समितिमा युरो नेपाल कलाकार संघ बेल्जियमका सबै प्रतिनिधि सदस्य छन् । बालेन्द्र गुरुङको संयोजकमा गठित यातायात समितिमामा एनआरएन बेल्जियम क्षेत्रीय समितिका अध्यक्षहरु रंजन सिंखडा,धिरज न्यौपाने, मोहन रावल र अर्जुन छन् । रजनी प्रधानको संयोजकत्वमा गठन गरिएको अतिथि सत्कार समितिमा जानकी गुरुङ, पार्वती अधिकारी, लिला शर्मा मानन्धर, सीता सापकोटा, यशोदा थापा, दुर्गा गुरुङ र जुना निरौला छन् ।
एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको संयोजकत्वमा गठित अनुगमन समितिमा जानकी गुरुङ, युबराज गुरुङ र पीजी शेर्पा लगायत जनसम्पर्क समिति बेल्जियमकाका शुवास जोशी, नेपाली प्रवासी मंचका अर्जुन गुरुङ, जनप्रगतिशील मंचका चित्र सुबेदी, जनप्रगतिशील मोर्चाका प्रेम पाठक, राप्रपा प्रवासी संगठनका दीपेन्द्र केसी, नेपाली एकता समाजका बालकृष्ण कँडेल, संघीय समाज नेपालका नेत्र मगर छन ।






