पैसानै नतिरि सामान लिएर हिँड्न सकिने पसल

Belgium-01-02-August-2014 109

(पसले नभएकाले, त्यहाँ टाँसेर राखेको फलफूलको मूल्य सूची देखाउँदै सोम थनेतजी)

सुनेको हो “सडकमा मूल्य सूचीसहित बिभिन्न सामान राखिदिन्छन् । पसले कोहि हुन्न । सामान लिने, पैसा त्यहिँको टोकरीमा राखिदिने । सामान लिएर भागेपनि कसैको केहि लाग्दैन ।” मैले युरोपका १५, १६ मुलुकदेखि अष्ट्रेलियासम्म घुम्दापनि यस्तो पसल देखेको थिईन । तर यस पटक साईकलमा बेल्जियमदेखि नेदरल्याण्ड्सको यात्रा गर्दा आफ्नै आँखाले देखियो र त्यस्तो पसलको सामान किनेर अनुभवनै लिईयो । 

गत हप्ता म बेल्जियम गएको थिएँ । आफ्नै काम थियो, दुखसुख र अनौठा अनुभव बोकेका थप नेपालीसित भेट्ने । दुख र बेदनाका पहाड तिसितै बसेर सुन्ने । तिनको बेदनामा केहि गर्न नसकेपनि सुनेर तिनका मन् हलुका पार्ने कोसिस गर्ने । रुनेसित दुखि बनिदिने, हाँस्नेसित रमाईदिने, जुरुक्क जुरुक्क उचालिनेसित आफूपनि उचालिने । समग्रमा बेल्जियमको नेपाली समूदायलाई अझ नजिकबाट नियाल्ने ।

Belgium-01-02-August-2014 105

कति यि दुखका काम मात्रै गर्नु । कति दुख र बेदनाका कहानी मात्रै सुनेर मन रुवाउनु । एक दिन त घुमौ न, केहि त हेरौं, बुझौं न यहाँको भूगोल भन्ने लाग्यो । साईकलमा बेल्जियमदेखि नेदरल्याण्ड पुग्ने सल्लाह बन्यो । ट्साईकलमा गइयो । (यात्राको शुरुदेखिका अनेक रोचक कहानी अर्को लेखमा पढ्नुहोला) अलि भित्र गाउँ पसेपछि सोम थनेतजी कराउनु भो “यि यि यि दोकानदार नभाको पसल ।”

Belgium-01-02-August-2014 107

मैले कुरा बुझिन ‘के ? कस्तो पसल ?’ ‘दोकानदार हुन्न, सामान राख्या हुन्छ, मूल्य हेर्ने, पैसा टोकरीमा राखिदिने, हिँड्ने” प्रेमजीले सुनाउनु भो ।

Belgium-01-02-August-2014 110

“ए ए उसो भा साईकल रोकम त” मेरो माग । अगाडी बढाईसकेको साईकल पछाडी धकालेर पसल हेर्यौं । लेखे अनुसार एक बट्टा आरुबखडा (कालो कालो कलेजी रङको) किनियो । च्याट्ट परेको बट्टामा राखेको । छाता ओढाएको घाम र पानीबाट जोगाउन । चट्ट पाकेट अनुसार मूल्य राखेको । हामीले टप्प टिप्यौं । प्रेमजीले चट्ट पैसो तिर्नु भो। पकापक खाएर बाटो लागियो ।

Belgium-01-02-August-2014 112

“पूँजीवादी देश भनेर हुन्न, हाम्ले धेरै सिक्न बाँकि छ” प्रेमजीले भन्नु भो । “नेपालमा भए के हुन्थ्यो होला ददीजी ?” सोमजीले जिज्ञासा राख्नु भो । मैले भनें ‘सबै उस्तै त कसरि भन्नु ? तर यस्तो पसल खोल्ने मानिस गोलखाँडीनै जाने संभावना हुन्छ नेपालमा ।’

“हो, पटापट लिन्छन् पैसो नदिईकनै हिँड्छन् धेरैले” सोमजीले सहमती जनाउनु भयो ।

Belgium-01-02-August-2014 113

सडकमा सागसब्जी छ । मूल्य छ । पसले छैन । टपक्क टिपेर पैसा नतिरि हिँडेपनि कोहि दगुर्दै आएर कारवाही गर्ने, समात्ने संभावना कम छ । किनकि पसले बस्दा एक त श्रम न उठ्न सक्छ । अर्को मानिस असाध्यै इमान्दर भएको ठाउँमा किन पो चाहियो र पसले ? तर मानिस ईमान्दार हुने हो भने प्रहरी चाहिन्न । सुरक्षा अफैं हुन्छ । पसलेनै नचाहिने भनेपछि यो ठाउँका मानिस कति इमान्दार होलान् ? के यति ईमान्दार हामी नेपाली हुन सक्छौं ? सक्छौं । तर कति प्रतिशत ? पश्चिमी छाडा संस्क्रिति, गोरेको मुलुक भनेर मुख्या क्याँच्च पारेपनि के हामीले सिक्नुपर्ने कुरा रहेनछन् त ?

तपाइँको प्रतिक्रिया