नेपाली वालवालिकालाई सहयोग गर्ने जर्मन फूटबल टोलीका म्यानेर
(नेपाली वालवालिकालाई फूटबल सिकाउँदै ओलिभिय बियरहफ)
आजै विश्वकप फाईनल हुँदै छ । धेरैलाई जानकारि नहुन सक्छ अहिले विश्व कप खेल्ने जर्मनीको फूटबल टोलीका म्यानेर नेपालप्रेमी, नेपाली वालवालिकालाई शिक्षा दिने ब्यक्ति हुन् भन्ने । जर्मनीको पुर्व उत्कृस्ट फूटबल खेलाडी ओलिभे बियरहफ नेपाल भ्रमण गरिगरि बेसाहारा सडक वालवालिकाहरुलाई सहयोग गर्छन् । उनले युनिसेफको माध्यमबाट त्यसरि सहयोग गर्दै आएका हुन् ।
सन् १९९८ देखि उनले विश्वभरि युनिसेफको काममा सहयोग दिँदै आएका छन् । युनिसेफका संरक्षकपनि हुन् उनी । उनले कमाउने रकमबाट वालवालिकाको शिक्षाका लागि वार्षिक रुपमा आर्थिक सहयोग दिन्छन् । अरुलाई दान दिन हौस्याउँछन् । रनिङ फर युनिसेफ भन्ने नाममा उनले शैक्षिक क्षेत्रमा सहयोगको आव्हान गर्छन् । उनको प्रयासमा फिफालेपनि सन् २००६ बाट त्यो क्षेत्रमा सहयोग गर्दै आएको छ ।
सन् १९९८ मा दानका लागि एउटा म्याराथन भएको थियो । ओलिभिय त्यसकालागि उपयुक्त तस्विरको खोजिमा ब्राजिलसम्म पुगेका थिए । त्यो तस्विर युनिसेफकालागि थियो । उनले ब्राजिलका सडक वालवालिकाको दयनिय अवस्थाका देखे, तिनलाई भेटे र तस्विर लिएर आए । त्यसको एक वर्ष पछि अर्थात् सन् १९९९ मा उनी फेरि नेपाल गए । नेपाल पुगेपछि उनले “वाल शिक्षा” कार्यक्रममा सहयोग गर्दै आएका छन् । यो वालिकाहरुकालागि युनिसेफले सहयोग गर्दै आएको शिक्षिक कार्यक्रम हो । उनले पोखरा क्षेत्रमा वालवालिका जमम पारेर फूटबल सिकाउनेपनि गर्थे ।
ओलिभिय बियरहोफ सन् २००४ को जुलाईबाट जर्मन राष्ट्रिय फूटबल टोलीका ब्यवस्थापक छन् । १७ वर्षसम्म उनी सक्रिय थिए फूटबल खेलाडीका रुपमा । सन् १९९६ देखि २००२ को बिचमामात्रै उनले ७० वटा म्याच खेले, जर्मन राष्ट्रिय फूटबल टोलीबाट। सन् १९९० मा उनी अघिल्लो पंक्तिको केन्द्रमा रहे फूटबल टोलीको । उनी अन्तर्राष्ट्रिय फूटबल खेलको चर्चामा रहे र मध्ये भागमा खेल्ने खेलाडी मध्ये उत्क्रिष्ठ ठहरिए । सन् १९९६ को युरोपेली च्याम्पियनको फाइनलमा उनैको गोल्डेन गोलले ईतिहाँस रच्यो । त्यसको दुई वर्ष पछि भोटिङ गर्दा ओलिभिय सर्बोत्क्रिष्ठ खेलाडी ‘प्लेयर अफ द ईयर’ ठहरिए । त्यसपछि उनी टोलीको क्याप्टेन बने । सन् २००३ मा उनले सक्रिय खेलाडीबाट अवकाश लिएका हुन् ।







