स्यावास नारायणकाजी स्यावास !!

narayankaji-micro-bus

नारायणकाजी श्रेष्ठले कम्तिमा एक जना माइक्रोबस चालकलाई सामान्य कारावाही गराएर धेरैलाई पाठ सिकाइदिए । सार्वजनिक यातायातमा चढेका उनले धेरैबेर गाडी रोक्दा ‘अलि छिटो जाउँ’ भन्दा दुर्वाच्य बोलेपछि प्रहरी कार्यालयमा पुर्या्ए । दुर्वाच्य बोल्ने सहचालकलाई एक रात थुनाए । तर सार्वजनिक मुद्दा नलगाउन आग्रह गरेर छोडे । उनको यो प्रयासलाइ स्यावासी दिनु पर्छ । किनभने यो एक जना माईक्रोका सहचालकसित मात्रै संवन्धित छैन । यसको प्रबहव फराकिलो छ । यसरि सार्वजनिक सवारी साधनमा चढ्ने धेरै यात्रुमाथि यातायातकर्मीले दुर्वाच्य बोल्ने, हेप्ने र थर्काउने, अपमान गर्ने गर्छन् । तिनलाई त्यसो गर्ने छुट कानुन र नैतिकता दुबैले दिन्न । 

आइतबार प्रचण्ड निबास लाजिम्पाटमा पार्टीको स्थायी समिति बैठकमा सहभागी भएर दिउँसो तीन बजेतिर ललितपुरको हरिसिद्धी जाँदै रहेछन् उनी । उनी चढेको माइक्रो बस ललितपुरको पाटन अस्पताल नजिक पुगेपछि धेरैबेर रोकियो । नारायणकाजीले गाडी चालकलाई ‘छिटो जाउँ’ भने । त्यतिपनि सहन नसकेर सहचालक रामेछापका १५ वर्षीय देवेन्द्र कार्कीले ‘जाने मन नभए झर्नुस्, हतार भए ट्याक्सी चढ्नुस्’ भन्ने जवाफ दिए । त्यसपछि नारायणकाजीले सात दोबाटो पुगेर प्रहरी बोलाए । चालक सहित सहचालकलाई प्रहरीको जिम्मा लगाइदिए । उनले सहचालकमाथि सामान्य कारवाही गराएर पाठ सिकाउन खोजे ।

नेपाली कांग्रेस, एमाले र माओवादीका धेरै नेता निजि गाडीमा चढ्छन् । उनी सार्वजनिक यातायातमा । सार्वजनिक यातायात चढेर सार्वजनिक चासोको विषयमा महत्व राख्न, जनताको भोगाई प्रत्यक्ष अनुभव गर्न र आफ्नै पार्टीमा अनुशासन बसाल्न भनेर उनले सार्वजनिक यातायात चढ्ने गरेका छन् । उपप्रधान तथा परराष्ट्र मन्त्री भैसकेका र पार्टीको उपाध्यक्ष चलाइसकेका उनीपनि महँगो कार चढ्न सक्थे । त्यो स्तरका उनैका पार्टीका अरु नेता निजि गडीमा हुइँकिने गरेका छन् । तर उनले सामान्य जिवनशैली अपनाउने र सार्वजनिक यातायातको रोजाई लिएका छन् ।

उनले भोगेको यहि घटना धेरै चर्चाको विषय बनेको छ । यसले एकातिर अन्य दलका नेता, कार्यकर्तालाई सार्वजनिक यातायातमै रमाउन प्रेरित गर्छ । सबै नेता उस्तै सुबिधाभोगी हुन् भन्ने बुझाईलाई गलत साबित गर्छ । नेता र राजनितिप्रतिको अहिलेको बित्रिष्णा घटाउँछ । जनतालाईपनि हामीसितै रमाउने नेतापनि छन् भनेर आशा दिलाउँछ । जनता हेप्ने यातायात कर्मचारीहरुलाईपनि सार्वजनिक यातायातमा जोसुकै चढ्न सक्छ, गरिव, धन नहुने र बोल्न नसक्ने निमुखा जनता मात्रै होइन । सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने मर्यादा नाघे सजायँको भागी बन्नुपर्छ भन्ने शिक्षा दिन्छ । तिनलाई सतर्क गराउँछ !!

यो एउटै घटनाले सबै परिवर्तन हुने होइन । तर कोहि नकोहि अघि सर्नै पर्छ । विशिष्ठ पदमा पुगेका, नेता, चर्चित र समाजसेवीले गरेको काम र ब्यवहारले धेरैलाई प्रभाव पार्छ । नारायणको यो प्रयासपनि त्यस्तै एउटा सत्प्रयास हो । स्यावास नारायणकाजी स्यावास !!

 

तपाइँको प्रतिक्रिया