बिदेशीलाई अगाडी सारेर नेपाली ब्यवसायीलाई हतोत्साहित पार्न नेपाली दुतावास किन सक्रिय ?
नेपाली दुतावास भनेको नेपालीका लागि हो । नेपालीकै हितमा हुनुपर्छ । नेपालीको हित नगर्ने कुनैपनि काम जनबिरोधी हुन्छ । दुतावासका कामहरु पारदर्शी हुनु जरुरी छ । बिदेशमा जहाँ दुतावास छन् त्यहाँका नेपालीलाई दुतावासले गर्ने कामको जानकरि हुनुपर्छ । तर नेपाली ब्यापारिहरुको संस्थालाई घुँडा टेकाउन बेल्जियममा नेपाली दुतावासनै लागेको आरोप नेपाली ब्यापारीहरुले लगाएका छन् । ति आक्रोशित भएका छन् । नेपाली ब्यापारीहरुको साझा संस्थालाई सिध्याउन त्यहाँका एक बेल्जियन नागरिकलाई अगाडि सारिएको छ । त्यसका बिरुद्द नेपाली ब्यापारीहरु उत्रिएका छन् ।
बेल्जियममा केहि वर्षदेखि नेपाली ब्याबसयी संघ, बेल्जियम भन्ने सक्रिय छ । त्यसले नेपाली ब्यापारी र ब्यवशायीहरुलाई समेटेर अभिब्रिद्दी गर्ने, सेवा र सुबिधा दिने गरिरहेको छ । तर भर्खरै स्थापित हुने क्रममै रहेको यो संस्तहबिरुद्द नेपाली दुतावाससमेतको सक्रियतामा एक जना कन्सुलरलाई हात लिएर केहि नेपालीहरु षडयन्त्रमा लागेका छन् । नेपाली व्यवशायी संघ बेल्जियमलाई सिध्याउने मनशायले नेपाल च्याम्बर अफ कमर्स तथा नेपाली दुताबास बेल्जियमले संयुक्त रुपमा ०४ जुलाई २०१४ मा बेल्जियम नेपाल च्याम्बर अफ कमर्स र उध्योगको बेल्जियम शाखा गठन गर्न लागेका हुन् । त्यसमा संलग्न नेपाली दुतावासले पुरै जनताको अधिकारको उपेक्षा गरेको आरोप व्यवशायी संघले लगाएको छ ।
नेपाली ब्यवशायीहरुको संस्थालाई दुरुत्साहित पारेर अर्को संस्था खोल्न उनीहरुले नेपाली कन्सुलर द ग्रुन रोजरलाई साथमा लिएका छन् । नेपालीहरुलाई यस कार्यक्रमका बारेका पूर्ण जानकारि नदिइकनै, गोप्य रुपमा हाट्टहुट्ट तरिकाले केहि नेपालीलाई मात्रै निमन्त्रणा पठाएर हतारमा गर्न लागिएको यस कार्यक्रमममा नेपाल सरकारको लोगो प्रयोग गर्दै द ग्रुन रोजरले साझा निमन्त्रणा पठाएका छन् । यसलाई धेरै नेपालीले नेपाल सरकारको लोगो दुरुपयोग गरेको आरोप लगाएका छन् ।
बेल्जियममा एसेन्टा मेला आयोजना गरेर मानव तस्करी भएको थियो । यस्ता नयाँ नयाँ संस्था खोल्ने, त्यसैका नाममा फेरि नेपालीहरुसित आठ दश लाख लिएर ब्यापारिक मेलाका नाममा बेल्जियम ओसारेर ठग्ने, नेपालको बदनाम गर्ने र ब्यापारिक फाईदा भन्दा केहि सिमित ब्यक्तिले मानव तस्करि गरेर कमाउने धन्दा चलिरहेको छ । यस्तो धन्दामा ब्यापारिहरुलेनै बेल्जियमका संघसंस्था र बेल्जियन नागरिकलाई फसाउने, प्रयोग गर्ने गर्दै आएका छन् ।
नयाँ संस्था खोल्ने अभियानका बिरुद्द नेपाली ब्यवशायी संघ बेल्जियमले आपत्ती जनाएको छ । नेपाली ब्याबसयी संघ, बेल्जियमका महा सचिव लोक दहालले नेपाली दुतावास ब्रसेल्सका राजदूत राममणी पोख्रेललाई पत्र पठाएर आपत्ती जनाएका हुन् । उनको पत्रका अनुसार यो संस्था गठन गर्दा दुतावासलेपनि सार्वजनिक सुचना तथा जानकारीको हकलाइ मिचेको छ । अँधेरो कुनाबाट गतिबिधि गरेर बेल्जियमवासी सिङो नेपाली समुदाय र ब्याबसायिहरु बिभाजित र विभक्त गर्न लागिएको छ । त्यसले बेल्जियमको नेपाली समुदायमै नकरात्मक प्रभाव पर्न सक्छ ।
दहालले राजदूत राममणी पोख्रेललाई पठाएको पत्रमा हाललाई नयाँ संस्था गठन प्रक्रिया अभिलम्भ स्थगनको माग गर्दै भनिएको छ ‘सार्वजनिक सुचना तथा जानकारीको हकलाइ मिच्दै अँधेरो कुनाबाट गरिने यस्ता गतिबिधिबाट बेल्जियमवासी सिङो नेपाली समुदाय र ब्याबसायिहरु बिभाजित र विभक्त हुन गइ नेपाली समुदायमै नकरात्मक प्रभाव पर्न सक्ने हुनाले च्याम्बर अफ कमर्स(बि एन सी सी आइ) गठन को पुर्व निर्धारित कार्यक्रम हाललाइ स्थगनगर्दै सम्बन्धित् निकायहरुमा आवस्यक छलफल र आम जानकारी सहित यसको महत्व र आवस्यकता लाइ प्रस्ट पार्नेगरि भावी कार्ययोजना ल्याउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’
नेपाली ब्यापारिहरुको साझा संस्थाले यसका बिरुद्दमा बेल्जियमका बिभिन्न सात राजनितिक बैचारिक संगठन (जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाली एकता समाज, प्रवासी नेपाली समाज, नेपाली संघिय समाज, नेपाली जनप्रगतिशील मंच, नेपाली जनप्रगतिशील मोर्चा) लाईसमेत पत्र पठाए का छन् । ति संस्थाले भने हालसम्म आधिकारिक धारणा बाहिर ल्याइसकेका भने छैनन् । नेपालीहरुको ब्यवशायिक संस्थाले बिरोध गर्दा गर्दै एक जना बेल्जियन नागरिकलाई अगाडि सारेर नेपाली राजदूतले किन यो संस्था खोल्न सक्रियता देखाए ? नेपालीलेनै नरुचाएको संस्था राजदूतलाई किन चाहियो ? यसैमापनि उनको भूमिका शंकास्पद छ ।
नेपाली ब्यवशायी संघका महा सचिवले लेखेको पत्र हेर्नुस्
श्रीमान महामहिम राममणी पोखरेल ज्यु ,
राजदुत
नेपाली दुताबास, ब्रसेल्स,बेल्जियम
महोदय,
नेपाली ब्याबसयी संघ, बेल्जियम लामो समय देखी बेल्जियममा स्थापित सस्था रहेको सम्पूर्ण बेल्जियमबासिहरुलाई जानकारी हुँदाहुँदै यस् समितिमा कुनै जानकारी र अधिकारीक निर्णय बिना यो सस्थाको गरिमा र महत्व लाई खलल पार्ने गरी नेपाल च्याम्बर अफ कमर्स तथा नेपाली दुताबास बेल्जियमले संयुक्त रुपमा ०४ जुलाई २०१४ मा बेल्जियम नेपाल च्याम्बर अफ कमर्स र उध्योगको बेल्जियमसाखा गठन गर्न लागिएको कार्यक्रम प्रती नेपाली ब्याबसयी संघ बेल्जियमको गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउदछौँ सार्वजनिक सुचना तथा जानकारी को हक लाइ मिच्दै अँधेरो कुना बाट गरिने यस्ता गतिबिधिबाट बेल्जियमवासी सिङो नेपाली समुदाय र ब्याबसायिहरु बिभाजित र विभक्त हुन गइ नेपाली समुदायमै नकरात्मक प्रभाव पर्न सक्ने हुनाले च्याम्बर अफ कमर्स(बि एन सी सी आइ ) गठन को पुर्व निर्धारित कार्यक्रम हाललाइ स्थगनगर्दै सम्बन्धित् निकायहरुमा आवस्यक छलफल र आम जानकारी सहित यसको महत्व र आवस्यकता लाइ प्रस्ट पार्नेगरि भावी कार्ययोजना ल्याउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
लोक दाहाल
महासचिब
नेपाली ब्यबसायी संघ, बेल्जियम
बोधार्थ –
रोजर
२९ जुन २०१४
नेपालप्लसले यसका बारेमा थप जानकारि लिएर भित्रि रहस्य पत्ता लगौने छ । हेर्दै गर्नुहोला ।






