करोडौं ठगेर बैंक फरार, निर्देशकलाई गरे पिडितले नजरबन्द (भिडियो सहित)

नेपालमा अब नयाँ धन्दा शुरु भएको छ । त्यो हो, बैंक खोल्ने । त्यसपछि फाइनान्सियल कम्पनी खोल्ने । अरुले भन्दा चर्को ब्याज दिन्छु भन्दै लोभ्याएर जनताको रकम सोहोर्ने । त्यसपछि करोडौं रकम जम्मा पारेर फरार हुने । कारवाही गर्नुको साटो पार्टीका ठूला नेताको खल्ति भरिदिने । नेपालमा करिब चार अर्बको रकममा ओरियन्टल बैंकले फाईनान्शियल कम्पनी खोलेर सायौं नेपलीलाई डुबाइदिएको छ । जनताले न्याय नपाएपछि सहकारी मन्त्रालय घेराउ गरेर निर्देशक हरी प्रसाद पौडेललाई नजरबन्द गरिदिएका छन् ।

फाईनान्शियल कम्पनी मार्फत उसले आफ्ना ग्राहकहरुलाई १५ प्रतिशत ब्याज दिने भन्दै लोभ्याएर रकम जम्मा गरेको थियो । तर अहिले त्यहाँको सबै रकम आफन्तको नाममा सारेर कम्पनी डुबेको भन्दै सयौंलाई ठगी गरेको छ । त्यसको बिरुद्दमा पिडितहरुले पटक पटक संवन्धित निकायमा उजुरी गरेका थिए । तर पिडितहरुलाई न्याय दिने र ठगहरुलाई कारवाही गर्नुको साटो गुनासो सुन्ने प्रयाससम्म राजनितिक दलका नेताहरुले नगरेको गुनासो पिडितहरुको छ । काठमाडौं स्थित नेपालप्लसका विशेष सहयोगीका अनुसार बैंक सञ्चालन गर्ने ठगहरुले मुख्य दलका प्रमुख नेताका खल्ति भरिदिएकाले यसरि चुपचाप बसेका हुन् ।

स्रोतका अनुसार केहि नेतालाई सञ्चालकहरुले एक एक करोडसम्म बुझाएको चर्चा पिडितहरुबिचमा चलेको छ । त्यहि कारणले गर्दा पिडितहरुले न्याय माग्दा दलका नेताहरुले बेवास्ता गरेका हुन् । कतैबाटपनि सहयोग नपाएपछि पिडितहरुले बिहिवार सहकारी मन्त्रालयका निर्देशकलाई नजरबन्द गरिदिए ।

पिडितहरुले कतैबाट न्याय नपाएपछि न्याय माग गर्दै बिहिवार काठमाडौंको सहकारी मन्त्रालयका निर्देशकलाई चारैतिरबाट घेरेर दिनभरि जसो नज़रबन्द गरेका हुन् । पिडितहरुले सहकारी मन्त्रालयनै घेरेका थिए । आफ्नो रक़म कसरी पाउने भन्ने जवाफ दिनुपर्ने अन्यथा कर्मचारी सबैलाई घर जान नदिने भन्दै आक्रोशित बनेका तिनले निर्देशकलाई नजरबन्द गरेका थिए । ‘यसको जिम्मेवार को त ?” उनीहरुको प्रश्न थियो । सहकारी कार्यालयमा दुई पक्षबिच केहिबेर चर्काचर्की भएको थियो ।

निर्देशकले कानुनमा त्यसरि ठगी गर्नेलाई बढिमा १५ सय जरिवाना गरि संस्था खारेज गर्न सक्ने प्रवधान मात्रै रहेकोले त्यो भन्दा बढि आफुले गर्न नसक्ने जवाफ  दिएपछि पिडितहरु झन आक्रोशित बनेका थिए ।

 

तपाइँको प्रतिक्रिया