जितिन् तेरियाले

fauja-magar-1

रुपन्देही जिल्लाकी नेपालकी बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ जितेकि छन् । शनिबार राती न्तिम चरणका तीन जनालाईपछि पार्दै उनले उपाधि जितिन् । दोस्रो हुनेमापनि दार्जिलिङकी नेपाली मूलकै अनुस्का क्षेत्री छन् ।

चौध वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई हराउँदै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उने जितेकी हुन् । उनलाई मत दिन नेपाल र बिदेशमा बसेका नेपालीले अभियाननै चलाएका थिए ।
डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली हुन् । उनी कम उमेरकी प्रतिस्पर्धीपनि हुन् । प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारु र एउटा कारसमेत पाएकी छन् ।

तपाइँको प्रतिक्रिया