कलाकार सम्मान २०१५ का लागि विशिष्ठ जूरि
अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले २०१५ सेप्टेम्बर २६ तारिखका दिन पहिलो संस्करणका रुपमा संम्पन्न गर्न लागेको अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ (IAF Awards 2015 ) का लागि नेपाली संगीत र चलचित्र जगतका बिशिष्ठ साधकहरुको सम्मानित जूरी घोषणा गरेको छ । जूरीमा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरु छन् । बाँसुरी, कुशुमे रुमाल, सम्झना, साइनो जस्ता चर्चित चलचित्रका संगीतकार रन्जीत गजमेर, बरिष्ठ गीतकार किरण खरेल,पप सम्राट ओम बिक्रम बिष्ट, बहुचर्चित निर्देशक तुलसी घिमिरे, बरिष्ठ अभिनेता कृष्ण मल्ल, रबिन्द्र खडका, गणेश उप्रेती, नवल खड्का, बरिष्ठ गायिका तारा थापा, कुन्ती मोक्तान, बरिष्ठ संगीतकार राजु सिंह, न्ह्यू बज्राचार्य, बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ सिने पत्रकार शान्ति प्रिय तथा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष मनोज के।सी। समेत १५ जनाको जूरी तयार पारिएको छ ।
अब दूई साता भित्र नेपालमा संगीत र चलचित्र विधाका नामांकन खुल्ला गरिने छ । संगीत विधामा नौ जना, चलचित्र विधामा ५ जना र एक जना समाजसेवी गरि कुल १५ व्यक्तित्व सम्मानित हुने यस अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ लाई यूरोपियनहरु माझ लगिने छ । त्यसकालागि बेल्जियमको अर्को संस्था नेपाल बेल्जियम फ्रेन्डशिप एसोसियासनका अध्यक्ष फ्रान्क भर्मिचको साथमा अन्तराष्ट्रिय कलाकार मंच यूरोपका अध्यक्ष उज्ज्वल के।सी। संलग्न छन् । केसीले सन् २०११ देखि यस कार्यक्रमको प्रारुप तयार पारि स्रोत साधन जुटाउन लागेका छन् ।
यो कार्यक्रम सफल पार्नका लागि विशेष रुपमा कलाकार मंच जर्मनीका अध्यक्ष लब थापा, महासचिव दयाराम पौडेल, चलचित्र निर्माता तेजेन्द्र कँडेल, नायक देवेन यूवराज, नायक मदन के।सी।, लोक गायक राजेन्द्र लम्साल, कलाकार श्याम श्रेष्ठ, बेनी ढुंगाना, लक्ष्मन जोशी, बेल गुरुङ, चन्द्र श्रेष्ठ, बिनोद शाही, रमेश कार्की, सबु रिजाल, तारा थापा, कमल बिष्ट, अजय लोप्चन, पेम्बा छोटी शेर्पा, डिक कार्की, सुमित्रा सापकोटा विशेषरुपले लागेका छन् ।
कार्यक्रमकालागि अन्तराष्ट्रिय कलाकार मंच कतारका अध्यक्ष भबिन तामाङ तथा संचारकर्मी निराजन भण्डारीको साथमा अन्तराष्ट्रिय कलाकार मंच अमेरिकाको तर्फबाट अध्यक्ष राम प्रसाद खनाल, नायक सरोज खनाल, नायक तथा संस्थाका महासचिव रमेश उप्रेती, हाँस्य कलाकार शिवहरी पौडेल, किरण के।सी, निर्माता निर्देशक राजु अधिकारी, निर्देशक नारायण पुरी जस्ता व्यक्तित्वहरु सक्रिय रहेका छन् । यस कार्यक्रमले भविष्यमा नेपाली कला, संगीत र चलचित्रलाई अन्तराष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । सम्मानित जूरी, हिमालय टेलिभिजन, नेपाली टेलिभिजन यू के, क्लाशिक एफ.एम.१०१.२ मेगाहर्ज मार्फत एस एम एस तथा www.iafeu.com मा सार्वजनिक मतदानका आधारमा चयन हुने यस सम्मानलाई पूर्ण रुपले निष्पक्ष बनाउन कुनै कसर बाँकि नराखिने संस्थाका अध्यक्ष उज्ज्वल के.सी. ले प्रतिबद्दता जनाए ।






