ईराकबाट एक नेपाली चौकीदारको बयान

-दलु पुन, बिरेन्द्र नगर ८, चितवन

हाल : बाशरा, इराक   

 

picture_097म कुनै बुद्धिजीवी व्याक्ति त होइन । साधरण घरको मान्छे । र अरब मा चौकीदार गर्दै छू । नेपाल र नेपालीको बारेमा चासो राख्नु हामी नेपालीको नै कर्तव्य हो भन्ने जस्तो लाग्छ । हाम्रो देशको भौगलिक अवस्था, हावापानी, भाषा, धर्मं, संस्कार, जातजाती, शासन, राजनीती परिपाटी आदि इत्यादि सबै नेपालीलाई जानकारी हुनु अति जरुरी छ जस्तो लाग्छ ।

 

नेपालका प्रायजसो मान्छेहरु काम थोरै कुरा धेरै गर्ने बानी छ । हामी सबैले कुरा भन्दा काम धेरै गर्नुपर्छ भन्ने मलाई लाग्छ । नेपालमा ऐस आराम, भोग बिलाश, सुविधा र फेशनको साधनहरु त भित्रियो । तर त्यहि अनुपातमा देशको उन्नति भएन । रोजगारीको बिकराल समस्या यथावत छ । भ्रष्टचार हटेको छैन । गुंडागर्दी त्यस्तै । ह्त्या बलात्कारको समाचार दिनहुँ । अनी हाम्रो राजनीतिक पार्टी भनाउँदाहरुको रात दिन खीचा तानी मात्रै । आफ्नो पार्टीले जे गरेपनि राम्रो । अरु पार्टीले गरेको नराम्रो देख्ने राजनितिक पार्टी का बरिष्ट महानु भावहरु । राम्रो कामको जस आफुले लिने र नराम्रो काम को दोष अरुमाथी थुपार्ने नेता तथा पर्तिनिधिहरु । राम्रो काम र नराम्रो कामको मूल्यांकन गर्नु जानेको छैनन कि वहाहरु को आँखा नै त्यस्तै हो ?

 

शायद सम्पूर्ण नेताहरु, प्रतिनिधीहरु, कार्यकर्ताहरु, कर्मचारी, हामी सबै नेपालीलाई यो कुरा थाहा छ तर व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर, पार्टी भन्दा माथी उठेर काम कसैले गर्नु सकेको छैन जस्तो लाग्छ मलाई । नेपालमा संविधान सभाको चुनाव भैसकेको छ । अब जनताले चाहेको संविधान लेखन शुरू हुदै छ ।  के यो कुरा सबै नेपालीलाई थाहा छ ? के अबको संविधानले सबै नेपाली को चाहना पूरा हुन्छ ? के अबको संविधानलाइ सबैले पालना गर्ने छन ? के अबको संविधानले माथीको कुराहरु सबै निर्मूल हुन्छन् ? के हिजोको संविधान अपूरो थियो ? की हिजोको संविधानलाइ मानेको थिएनन ?

 

हाम्रो देशको विकाश हामीले नै गर्नु पर्छ अरु कसैले गरिदिदैन । हाम्रो संविधान हामीले नै बनाउनु पर्छ र त्यसलाइ हामीले नै पालना गर्नुपर्छ । नत्र कुनै औचित्य हुने छैन नयाँ संविधान को । सबै नेताहरुले , सबै कर्मचारीहरुले प्रतिसोधको भावना नराखी, पूर्वाग्रही नबनी, ब्यक्तिगत स्वार्थ नराखी आफ्नो पार्टी भन्दा माथी उठेर काम गर्नु पर्छ जस्तो मलाई लाग्छ । अनी सबै जनता ईमान्दार र पारदर्शी हुनु अति आवश्यक छ जस्तो मलाई लाग्छ ।

 

(हेर्नुस त सञ्चारको महत्व चाख र चासो कहाँसम्म र कुन वर्गका मानिससम्म पुगेछ ? काँधमा बन्दूक वा हातमा लौरो बोकेर ईराकका कठिन र त्रासपूर्ण वातावरणमा कुनै घर, कारखाना वा कुनै भवनको चौकीदारी गर्छन् यि पुन । आफैं असुरक्षित त्यो भूमिमा अरुको सुरक्षामा जुट्दापनि उनमा आफ्नो देश कसरि बनाउनुपर्छ भन्ने भावना मडारिने रहेछ । उनका भनाई कुनै नेताका जस्ता नलाग्न सक्छन् तर आफ्नो देश प्रतिको उनको चिन्ता साँच्चै मननिय छ। एउटा चौकीदारले थोरै फूर्सदमापनि कम्प्युटरका किबोर्डहरुमा खेल्दै कस्तो भावना पोख्न सक्छ भन्ने पाठकहरुलाई स्पष्ठ देखाउनकालागिपनि यसमा कहिँकतै सम्पादन गरिएको छैन ह्रस्व र दिर्घ मिलाउनुबाहेक-नेपालप्लस)  

तपाइँको प्रतिक्रिया