बेलायतमापनि जम्यो किराँतहरुको साकेला

हँ छाबुंग किराँत / बेलायत

sakela-in-uk-1

हिजो हरामी तरिकाले  साकेला सिली नाँचियो । डोल हान्दा दाहिने हात गलेको अनुभूति छ । सिलीमोपाको गर्जो समेत टार्न तम्सिएको बाफरे बाफ खुट्टाले समेत स्मरण पत्र पठायो |

sakela-in-uk-3

खुला चौरमा खानपिनपनि सँगै गरियो । साथीभाई भेटियो । गफगाफ मारियो, रमाईलो गरियो ।

sakela-in-yk-2

जे होस् किराया, वेलायत कार्यसमितिले आयोजना गरेको येलेदुंग ५०७४ साकेला उभौली सफलताका साथ सम्पन्न भएको छ । अब बेलायतको साकेला सिली मार्ने कार्यक्रम भने सदाझैं लन्डन शाखा कार्य समितिको हो ।

sakela-in-uk-4

sakela-in-uk5

यहि आगामी  २०१४ जुन महिनाको २१ शनिवारका दिन विधिवत तरिकाले  भव्यताका साथ हुन गैरहेको छ । तपाईहरुलाई थाहै होला, साकेला सम्पूर्ण किराँत राई, लिम्बूहरुको महान पर्व हो । साकेला न्रित्य र गान प्रक्रितिको महात्म्य, प्रशंसा र पूजासित संवन्धित छ ।

यहाँ सम्पूर्ण किराँत राई र गैह्र किराँत मित्रहरुलाई महान चाड साकेलाको मैझारो वा सिलिमार्ने कार्यक्रमको उपलक्षमा सुम्निमा पारुहाङ्गमय शुभकामना अर्पण गर्दै चुले निम्तोको जोडदार आव्हान गर्दछु |

      ठेगाना र समय

Date: 21 Jun 2014
Venue: UB5 5UL ( Northolt gulf course, London)
Time: 11 AM

तपाइँको प्रतिक्रिया