जी टिभीमा तहल्का मच्चाउने नेपाली बच्चीलाई एक एक भोटको खाँचो
● प्रकाश क्षेत्री / काठमाडौं
“नेपाल सुन्दर देश हो । सुन्दर देशबाट एक परि बलिउडमा छाएकी छिन । यिनी निकै माथिसम्म पुग्नेछिन ।” केही साता अघि बलिउडका स्टार मिथुनले भनेको यो भनाई सार्थक बन्दै गएको छ । साँच्चै नेपालकी तेरिया फौंजा मगरले बलिउडमा जी टिभीबाट प्रशारण हुने कार्यक्रम डिआइडि लिटिल मास्टर मार्फत तहल्का मच्चाइरहेकी छिन ।
रुपन्देहीको रुद्रपुर सुनगाभा चोकमा स्थायी बसोवास भएकी यि नानीले आफनो दमदार नृत्य प्रस्तुत गर्दै भारतमा निकै चर्चा अनि प्रशंसा बटुलीरहेकी छिन । उनको प्रस्तुती (अभिनय) लाई बलिउडका चर्चित नायक गोविन्दसंग तुलना गर्दै निर्णायकहरुले प्रशंसा गरिरहेका छन ।
११ बर्षकी यी नानी भविस्यमा राम्रो कोरियोग्राफर बनेर देशको सेवा गर्न चाहन्छिन । हुनपनि उनको दमदार, आकर्षक नृत्यशैली र हरेक कुरामा अव्वल हुने बानीले प्रस्ट पार्छ । रुद्रपुरकै एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत यिनले कहिल्यै दोस्रो बन्न परेको छैन । यस अघि गाउँ, जिल्ला र अञ्चल स्तरिय नृत्य प्रतियोगिताहरुमा सधै प्रथम भैरहेकी थिइन ।
केही बर्ष अघि नेपाल टेलिभिजनबाट प्रशारित कार्यक्रम “खोजी प्रतिभाको” मा टप १० मा पर्न सफल भएकी थिइन यिनी । यहि कार्यक्रमले नै उनलाई अझ अगाडि बढेर डिआईडिमा भाग लिन प्रेरणा दियो । गत बर्ष एक जापानी संस्थाले आयोजना गरेको नेशनल आयल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा नेपालकै टप भई एक लाख पुरस्कार समेत जितेकी थिइन ।
उनकी आमा अनिता फौंजाका अनुसार उनी नृत्यप्रति उच्च महत्वकांक्षी छन । आमा भन्छिन ”मलाई त जन्मजात नृत्य गुण लिएर आएकी होकी जस्तो लाग्छ यो छोरी । दुई बर्षकी नपुग्दै नाच्न थाली । त्यो देखेर सबै दंग पर्थे ।”
उनी अहिले झण्डै ३ लाख प्रतिश्पर्धीहरुलाई जित्दै टप आठ मा पुगेकी छिन । अव उनले जति सुकै राम्रो नृत्य दि पनि माथि पुग्न जनताको भोट कुर्नुपर्ने हुन्छ । आफनो सफलता संगै राष्टको गौरवलाई माथि उठाउन सफल यिनलाई भोटको जरुरी भएको छ । देश विदेशमा रहेका नेपालीहरुले उनी टप १० पुग्दा देखि निरन्तर भोट गरिरहेका छन । उनी अघिल्लो साता भोटका आधारमा प्रथम भएकी थिइन । यो साता प्रतिश्पर्धा झन बढदै गएपछि सबै नेपालीसँग भोटको लागि अपिल गरिरहेकी छिन ।
हुनत यस अघिपनि नेपाली मुलका प्रशान्त तामाङलाई नेपालीहरुले भोट गरि इन्डियन आइडियल बनाएका थिए । तर यस् अपटक भने नेपालनै स्थायी घर भएकी यि नानीलाई भोट गरि देशको गौरव बढाउन अव सबै जाग्नुपर्ने बेला भएको छ ।
यिनलाई भोट गर्नको लागि शनिवार राती नेपाली समय अनुसार ९ बजे देखि सोमवार विहान ९ बजे सम्म भारतमा बस्नेहरुले १८००८३३६००७ मा मिसकल वा इन्टरनेट मार्फत http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/ मा क्लिक गरि भोट गर्न सकिन्छ । अथवा बिस्तृत जानकारीका लागि उनको Page https://www.facebook.com/pages/DID-LIl-Master-Teriya-Phouja/629669060421138?ref=hl मा लाइक गर्ने व्यवस्था गरिएको प्रचार प्रसार समितीले जनाएको छ ।







