अध्यक्ष पाउँदा नखाने मानिस पदलोलुप ?

ईन्द्र क्षेत्री / बेल्जियम

Indra-kshetri-belgium-1212दिल दाइको कुरा बाझियो । दिलदाइले मलाइ कार्यवाहक अध्यक्ष हुनु भनेको साँचो हो । तर मैले त्यो अस्विकार गरेको पनि साँचो हो । नत्र भने म अहिले यूरो काँग्रेसको कार्यवाहक अध्यक्ष भएको हुने थिएँ । अध्यक्ष पाउँदा नखाने मानिसलाइ फेरि पदलोलुप भनेर कसरी भन्न सक्नुहुन्छ दाइले ? बिचार,व्यवहार र बोलीमा तालमेल नमिले पछि यस्तै हुन्छ शायद । मेरो अडान पद्दति,मूल्य र मान्यतामा हो ।

पोर्चुगलमा वरिष्ठ नेताको उपस्थितिमा भएको कार्यक्रमको पृष्ठभूमीको बारेमा दाइले भन्न छुटाउनु भएछ । उहाँको महामन्त्रीले फिटिक्कै समितिको लागि काम नगरिदिने । देउवादाइ आउने बेला भैसक्यो । महामन्त्रीले संयोजकले भनेको सूचनासम्म जारी नगरिदिने । अनि दिलदाइले मलाइ भन्नु भो ‘यूरो समितिको तर्फबाट संयोजकको नाममा एउटा सूचना जारी गरिदेउ । वरिष्ठ नेताको उपस्थितिमा युरो काँग्रेसको बृहत बैठक गर्ने भनेर ।’ मैले त्यो सूचना ड्राफ्ट गरेर पठाइदिएको हूँ दिलदाइलाइ । उहाँले फेरि भन्नु ‘भो युरोप भरी सबैलाइ फर्वार्ड गरिदेउ र मिडियामा पनि पठाइदेउ ।’ उहाँले जे भन्नु भो मैले त्यहि गरेँ । त्यसको भोली पल्टै ‘तिमेरूलाइ म देखाइदिन्छ’ भन्दै उहाँका महामन्त्री बम्कन थाले । नभन्दै तीन दिन पछि त्यो बृहद बैठकलाइ अधिवेशन भनेर महामन्त्रीले सूचना जारी गरे । म त्यसमा असहमत भएँ । 

यति छोटो समयमा अधिवेशन हुन सक्दैन । कुन प्रकृयाबाट बिभिन्न देशका जनसम्पर्क समितिबाट साथीहरू प्रतिनीधि हुने ? विधान छलफलकै क्रममा छ,मस्यौदा सम्म तैयार भएको छैन । कसैलाइ थाहा छैन अधिवेनमा भाग लिने प्रकृया र विधी । अन्धा-धुन्धमा उहाँहरूले अधिवेशनको कुरा गर्नु हुन्छ । मैले दिलदाइसँग यो कुरा राखेँ । ‘विधान लिएर आउ तिमी आएपछि उहीँ कुरा मिलाउँला’ भन्नु भयो । मैले भनेँ ‘अधिवेशन त यसरी हुन्न दाइ । म आउँदिन ।’ म त्यसरि महामन्त्रीको सूचनाको आधारमा मात्र संयोजक जसरी लतारिएर त्यहाँ जान सकिन । तापनि दुइ रातमै विधान तैयार गरेर ध्रुव पौडेलका हात विधान पठाएर मलाइ बर्लिन भेलाले दिएको जिम्मा मैले पूरा गरेको हूँ । त्यस पछि पोर्चुगलमा के कसो भयो भन्ने बारेमा ब्यापक चर्चा भईनैसकेको छ । उहाँहरूले त्यहाँ अशुद्ध कर्मकाण्ड पूरा गर्नु भो । यसमा मेरो विरोध रह्यो र अध्यापी जारी छ ।

जनसम्पर्क समिति बेल्जियमले सर्वसम्मतिले माइन्यूटमा निर्णय गरेर नै लिस्वनको घटनालाइ अमान्य घोषित गरिसकेको छ । त्यसको विरूद्धमा स्पेनमा भेलाको नाममा जो नाटक मञ्चन भयो त्यसले यो सँगठनलाइ केन्द्रबाट प्राप्त मान्यता नै खोसीदियो । गएको काँग्रेसको महाधिवेशनमा दिल गुरूँगलाइ बोल्न दिइयो । तर युरोप काँग्रेस नेपाली काँग्रेसको विधानमा अटाएन । ‘के सोचेँ मैले के भयो अहिले’ भनेजस्तो सँगठनलाइ सँगठनको रूपमा नचलाउँदाको नमिठो परिणति भोगी सकेपछि पनि फेरि उहि कुरा, फेरि उहि कुरा अनि फेरि उहि कुरा ।

हामीले जर्मनीमा सभापति सुशील कोइरालाको रोहवरमा जे कुरा भनेका थियौं अहिले पनि त्यसैमा कायम छौं । १-अधिवेशन तोकिनु पर्ने । २-प्रत्येक देशका अध्यक्ष पदेन सदस्य रहने गरि युरोपभरि सँगठन विस्तारमा योगदान गरेका र नेपालमा विशिष्ठ भूमिका निभएका ब्यक्तिहरूलाइ समेटी अधिवेशन तैयारी समिति बनाउने । ३-निश्चित मापदण्डको आधारमा प्रत्यक देशबाट प्रतिनीधित्वको व्यवस्था । यो हुन सक्यो भने युरोपीयन काँग्रेसको अवस्था राम्रो हुन्छ । केन्द्रले पनि मान्यता दिन्छ । अन्यथा समय,साधन र श्रोतको अपव्य हुन्छ । आदरणीय दिलदाइले युरोभरीका दुःखजिलो गरेर बसेका साथीहरूलाइ अनुत्पादक काममा सरीक गराउनु हुने छैन भन्नेमा म आशावादी छु । 

(दिल गुरुङको अन्तर्वार्तामा आएको यो प्रतिक्रियालाई लेखका रुपमा राखिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया