बिदेशी दर्शककाबिचमा नेपाली कलाकारलाई सम्मान र पुरस्कार
-लोक राना मगर / बेल्जियम
हाम्रा कलाकारहरु बिदेशी कलाकारका दाँजोमा पुग्न नसकेपनि तिनलाइ अन्तर् राष्ट्रिय दर्शकका अंअझमा लगिने छ । बिदेशका दर्शकका बिचमा राखेर मान सम्मन र मिसिन पाउने छन् । तिनै दर्शकका बिचबाट इन्टरनेशनल आर्टिस्ट फोरम (आइ ए एफ) नामको पुरस्कारपनि बाँडिने छ । सन् २०१५ मा आयोजना गरिन लागेको यो कार्यक्रम निकै ठूलो र प्रभवकारि हुने अनुमान धेरैले गरेका छन् । त्यसैले अहिले देखिनै त्यसको तयारि शुरु गरिएको छ । यो कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार मञ्चले आयोजना गर्न लागेको हो ।
‘हाम्रो अभियान, कलाकर्मीलाई विश्वब्यापी पहिचान र सम्मान” भन्ने मुख्य नारा आयोजन संस्थाको छ । सन् २०११ मा युरोपमा बिस्तार गर्न अलगिएको थियो । मञ्चले सन् २०१५ सेप्टेम्बर २६ शनिवारका दिनबाट प्रत्येक वर्ष बिभिन्न राष्ट्रहरुमा नेपालीकला, संगीत,चलचित्रको प्रचारप्रसार र बजार सृजना गर्ने तथा नेपालीकला, संगीत, चलचित्र र समाजसेवीको सम्मान गर्न अन्तराष्ट्रिय कलाकार मंच सम्मानको आयोजना गर्दै छ । त्यसको पहिलो सस्करण बेल्जियममा हुँदै छ ।
त्यो सम्मान अन्तर् राष्ट्रिय दशकहरुका माझमा गरिने योजना मञ्चले सार्वजनिक गरेको छ । उक्त कार्यक्रमलाई सफल पार्न बेल्जियमको अर्कोसंस्था बि एन एफ ए ले सहकार्य गर्दैछ । बेल्जियमको तर्फबाट आधिकारिक निकायको सहभागिता र प्रायोजन रहेको छ ।यस कार्यक्रममा नेपाली कला, संगीत र चलचित्रविधाका सम्मानित संस्थाका र बरिष्ठ बिज्ञव्यक्तिहरुको बिशेष कमिटिद्वारा छनौट भै हिमालय टेलिभिजन, क्लासिकएफ एम १०१.२ मेगाहर्ज, www.iafeu.com, नेपाली टेलिभिजन यूके तथा अन्य थप संचार माध्यमबाट प्राप्त दर्शक श्रोताले दिएको मतको आधारमा १४ विधाका कलाकर्मीलाई सम्मान गरिने छ । त्यसैगरि एउटा पुरस्कार नेपालका निम्ति बिदेशी भूमिबाट योगदान पुर्याउने समाजसेवीलाई समाज सेवासम्मानबाट सम्मानित गरिनेछ । कुल १५ विधामा सम्मान प्रदान गरिने कार्यक्रम बिविध नेपाली सास्कृतिक प्रस्तुतिहरुको साथमा संचालन हुनेछ ।
दोस्रो दिन २७ तारिख बेल्जियमको अर्को शहर एन्त्रोपेनमा सम्मानित कलाकारहरुको सम्मानमा सम्मानसाँझ कार्यक्रम रहनेछ । उक्त कार्यक्रमहरुको सम्पूर्ण मुनाफा अन्तराष्ट्रिय कलाकार मंच यूरोपले सन् २०१२ मा फ्रान्सको पेरिसमा सम्पन्न यूरोपस्तरीय एकल नृत्य प्रतियोगिता २०१२ मा घोषणा गरि सुरु गरेको अन्तराष्ट्रिय कलाकार मंच सहायता अक्षयकोषमा जम्मा हुनेछ । त्यो अक्षयकोष एक करोड नेपाली रुपियाँ बराबर बनाउने लक्ष्य छ ।
त्यसबाट प्राप्त ब्याज रकम कुनैपनि कलाकर्मी आपद बिपतमा पर्दा आवश्यक आर्थिक सहयोग गरिने छ । वर्षको अन्त्यमा सो रकम खर्च नभएको अवस्थामा आवस्यक क्षेत्र चयन गरि बिशेषत: शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिने छ । यसर्थ यो अक्षय कोष केवल कलाकर्मीका निम्ति मात्र नभएर समग्र राष्ट्रका निम्ति हुने व्यहोरा कलाकार मन्च युरोपले जानकारी गराएको छ । यस अक्षयकोष संकलन अभियानमा नेपालका चर्चित कलाकार कृष्ण मल्ल, सरोज खनाल, रमेश उप्रेती, शिवहरी पौडेल, रामप्रसाद खनाल, देवेन यूवराज, जोगिन्दर शिवसंकर लगायत थुप्रै कलाकार, पत्रकार र साहित्यकार सक्रिय छन् । यस कार्यक्रमबारे अझ बिस्तारमा जानकारि दिन आगामी जुन महिनाको पहिलो साता अन्तराष्ट्रिय स्तरको प्रेसमिट गर्न लागेको जानकारी अन्तर् राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष उज्ज्वल के सीले दिएका छन् । यो कार्यक्रमकालागि नेपालप्लस डट कमपनि मेडिया पाटनर बनेको छ ।






