“कांग्रेसकै कार्यकर्ताले युरो कांग्रेसलाई धमिलो बनाए” गुरुङ

“युरो कांग्रेस वैधानिक हो ।  इन्द्र क्षेत्री र गंगाधर गौतमको ब्यक्तिगत द्धन्दको कारण युरोप भरिकै कांग्रेसमा हिलो छ्याप्ने काम भएको छ” दिल गुरुङ ।

युरोपमा नेपालि कांग्रेस स्थापना र भूमिकामा सधैं रहेका ब्यक्ति हुन, दिल गुरुङ । हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा जन्मेका गुरुङको पारिवारिक बनोटनै शशत्त कांग्रेसी रहेको छ । सन १९८० मा जर्मनी छिरेका दिल गुरुङलाई कृण्ण प्रसाद भटटराईले सन १९८१ मा डेमोक्र्यट पक्षलाई अगाडि बढाउन जिम्मेवारि सुम्पे ।

२०४६ सालको जनआन्दोलनमा समेत महत्वपुर्ण भूमिका निभाएका गुरुङलाई जर्मनिमा रहँदा समेत नेपालमा आएर राजनितिमा लाग्ने अवसर नमिलेको होइन । नेपाल आएर राजनितिमा अलग्न गिरिजा प्रसाद कोइरालाले आग्रह गरेका थिए । तर आफ्नो ब्यवसायिक क्यारियर सुरु गरेका उनले त्यो छोडेर तत्कालै कोइरालाको प्रस्ताव स्विकार्न सकेनन् । जर्मनिमै आफ्नो ब्यवसायमा रमे । त्यसपछिका केहि वर्ष उनि पुर्णत राजनितिबाट बाहिर रहे ।  माओवादि द्धन्दका बखत जब राजाले कु गरे त्यो बेला गुरुङलाई फेरि गिरिजा प्रसाद कोइरालाले प्रवाशमा जनसम्पर्क समिति खोल्न निर्देशन दिए । त्यो खोलेलगत्तै गुरुङ नेपाली युवाहरु खेज्दै हिँडे, संगठित गर्नको लागि । सन २००० ताका युरोपमा नेपालीहरुको बसाई पातलो नै थियो । र कांग्रेस समर्थित साथिहरु खोज्दा खोज्दै उनले ५ महिना समय बिताए । त्यसको केहि वर्ष पछि सबै देशहरुमा जन सम्पर्क समितिहरु गठन् हुँदै गए । तर त्यो भन्दा अगाडि जन सम्पर्क समिति युरोप अर्थात युरो कांग्रेस गठन भईसकेको थियो । त्यसपछि यसैको मातहतमा युरोपका विभिन्न देशहरुमा जनसम्पर्क समिति निर्माण भएको थियो । यो क्रममा गुरुङलाई साथ दिनेमा बेल्जियमका ध्रुव पौडेल रहेका छन । अहिलेका चर्चाका पात्रहरु इन्द्र क्षेत्री, गंगाधर गौतम र सिता सापकोटा उनको निर्देशनमा काम गरिरहेको गुरुङ बताउँछन् ।

दिल गुरुङले सन २००३ देखि ११ सम्म एन आर एन जर्मनीको अध्यक्ष भएर नेत्रित्व गरे । सन् १९९६ देखि अहिलेसम्म नेपाल पर्यटन बोर्डको पब्लिक रिलेसन अफिसर भएर काम गरिरहेका छन । युरो कांग्रेस र जन सम्पर्क समिति युरोपको सन २००६ देखि संयोजक पनि उनै हुन् । तर अहिले बेल्जियमको राजनितिक तिकडमले सिंगो युरोपको कांग्रेसलाई धमिलो बनाइदिएको छ । आउँदो मे २७ का दिन नेदरल्याण्डमा हुन लागिरहेको युरोपस्तिरय भेलाको पनि पक्ष विपक्ष जस्तो देखिरहेको छ । आरोप प्रत्यारोप भैरहेको छ। यसै सन्दर्भमा युरो कांग्रेस के हो ? युरोपमा कांग्रेसको अवस्था कस्तो छ ? के हुन् कांग्रेस बिबादका मूल कुरा ? यसै सेरोफेरोमा रहेर बेल्जियमका पत्रकार सन्तोस न्यौपाने ले दिल गुरुङसित अन्तर्वार्ता लिएका छन् । सुन्नुस् उनको अडियो अन्तर्वार्ता

तपाइँको प्रतिक्रिया