कति गम्भिर छन् गराइ र भनाईमा बेल्जियमका नेपाली संस्था ?
● सन्तोष न्यौपाने /बेल्जियम
‘हाम्रा कुनै कमिकमजोरिहरु छन भने मेडियामा आउनुपुर्व हामीलाई सुचित गर्नुभएको खण्डमा आभारि हुने थियौ । ‘ब्यवसायी तथा एन आर एन युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ ।
केहि समय अघि यो पत्तिंकारसंग उनले यहि गुनासो पोखेका थिए । सायद उनलाई यो कुराको त्यति हेक्का त छैन होला । तर समाचार र उनको भनाई मिल्न गएको छ । र यसले बेल्जियमका अन्य संस्थाको भनाई र गराईको हैशियत अनि लापर्वाहीपनि देखाउँछ ।
दुई महिना अगाडि नेपालप्लसबाटै संस्थाको वेव अपडेट सम्बन्धि समाचार प्रकाशित भइसक्दापनि अहिले सम्म कुनै परिवर्तनको छनक दिन सकेका छैनन् । ब्यवसायी संघको आधिकारिक वेभ पहिला जस्तो थियो अहिले पनि उस्तैनै रहेको छ । बेलामा अपडेट हुन्न । भएका जानकारि पुराना भैसके तर वास्ता छैन । सायद श्रेष्ठ जस्ता पदाधिकारिहरुको प्राथमिकतामा यि पर्न सकेनन । वा आफुले बोलेको बोलीको हेक्का नै राखेनन । यदि परेको भए दुई महिनाको बिचमा सबै कुराहरु अध्यावधिक हुने थिए । ब्यवसायि संघका धेरै पदाधिकारिहरुले यो विषयलाई त्यति महत्वका साथ नहेरेको पनि हुनसक्छ । तर यि कुराहरुनै तदारुकताका साथ अपडेट गर्न नसक्नेहरुले अरु उपलब्धिमुलक कार्य गर्न सक्लान भनेर सोच्न समेत सकिदैन । फेरि जानकारि दिनकालागि नै वेभ साईट खोलिने हो भने किन सहि जानकारि नदिने ? गलत सूचना प्रवाह गर्न किन राख्ने ?
अर्को तर्फ ब्यवसायी संघ भनेको प्रशस्त आर्थिक संग्रह हुने संस्था मानिन्छ । अर्थको अभाव नरहने संस्थाको वेव गति भने उल्टो दिशामा रहेको छ । बेल्जियममा हुने धेरै च्यारिटि कार्यक्रमहरुमा यिनै अर्जुनकुमार श्रेष्ठ तथा वर्तमान पदाधिकारि हरि थपलियाहरुनै अत्याधिक दान घोषणा गर्नेमा पर्दछन । तर यिनै दाताहरुको संस्थाको वेभ यो फलोअप ब्लग आउन्जेलसम्म पनि सुधार गर्न सकिरहेका छैनन । यसबाट पदाधिकारिहरुको गम्भिरपना र संस्थाप्रतिको उत्तरदायित्व प्रस्ट पार्छ ।
त्यसो त बेल्जियमको व्यवशायीहरुको मात्रै होइन । अन्य संस्थाहरुको अवस्थापनि फरक छैन । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति बेल्जियमको वेभ पोर्टलको हालत पनि उस्तै छ । पहिलेकै पुराना जानकारिहरु राखेर वेभ चलिरहेको छ । पछिल्लो सूचना केहि छैन । समाचार प्रकाशित पछि पनि वेभ सुधार तर्फ पदाधिाकारिहरुको ध्यान जान सकिरहेको छैन । सामाजिक संजालहरुमा दोहोरो वादविवाद तथा विचार झडपमा नै उनिहरु ब्यस्त रहेका छन । प्रजातान्त्रिक सुधार र उपदेशहरुपनि निकै ब्यक्त गरिन्छ । समिति भित्रै आआफनो पहिचान खोज्ने क्रममा पदाधिकारिहरु रुमल्लिएका छन । जुन लज्जासपद विषय बनेको छ । आफनो संस्थाको वेभ अपडेट तथा सुधार गर्न नसक्नेहरुबाट अन्य उपलब्धिमुलक कार्यको कति अपेक्षा गर्न सकिएला ?
जनसम्पर्क समिति र ब्यवसायी संघ बेल्जियमको तुलनामा एन आर एन बेल्जियम भने केहि अगाडि देखिएको छ । समाचार प्रकाशित पछि भने उसको वेभमा सम्बन्धित विषयहरुमा सुधार गरेको छ । तर केहि जानकारिहरु भने अझै उहि हालतमा छन् । संरक्षकमा बेल्जियमका पूर्व नेपाली राजदूत प्रमेश कुमार हमाल कै नाम उल्लेख छ । त्यस्तै गरेर वेभमा advisor हुनुपर्नेमा advocate committee राखिएको छ । सुधारको क्रममा एन आर एनले यस्ता कमिकमजोरिलाई औंल्याउनु जरुरी छ ।
अर्को तर्फ केहि समय अघि एनआरएन बेल्जियमले अघि सारेको परोपकारि कोषमा उठेको रकमको पनि पारदर्शिता वेभमा राख्न सकेको छैन । धेरै नेपालीहरुलाई यसमा चासो छ । ३० हजार युरो संकलितभएकोमध्ये कति उठ्यो ? कति उठ्न बाकि छ सबैको पारदर्शिता वेभ पोर्टलमा राख्न पदाधिकारिहरुको बेलैमा ध्यान जानुपर्छ । बेल्जियमका दान र अनेक खाले परोपकारि कोष र कार्यक्रम घोषणा गर्छन् । तर त्यसको सहि उपदेयता देखिन्न । सहि सदुपयोग भएको र घोषित कार्यक्रमले सार्थकता पाएको देखिन्न । यसले गर्दापनि एन आर एनले घोषणा गरेको कोषको जानकारि राख्नु जरुरि छ । अन्यथा यहि विषयले एन आर एन बेल्जियम फेरि बिबादमा पर्न सक्छ ।
संस्थाका पदाधिकारिहरुले जसरि बेल्जियम नेपाली समाजको अघाडि आफूलाई वरिण्ठताको सुचिमा राख्ने गरेका छन त्यस्तै गरेर उनीहरुले आफनो कार्यलाई पनि सोहि अनुरुप लैजानु आवश्यक छ । यदि सो मार्गमा त्यस्ता ब्यत्तिहरु जान सक्दैनन वा आउन प्रयत्न गर्दैनन् भने हात्तिको देखाउने दाँत र खाने दाँत भन्दा फरक हुने छैन ।









