बेल्जियमको संसदीय निर्बाचनमा नेपाली महिला प्रतिस्पर्धामा

lila-manandhar-belgium

बेल्जियममा हुन गैरहेको आगामी संसदीय निर्बाचनमा प्रजातन्त्रीक मुल्य र मान्यतमा आस्था राख्ने र दोश्रो ठुलोपार्टीको रुपमा स्थापित CD&V पर्टीबाट Flemish Parliament  को लागि  मेरो उमेदवारी चयन भएको छ ।

१२४ जना सदश्यको लागि प्रतिस्प्र्धा हुने यस संसदीय निर्बाचनमा यस पार्टीले एसियाली मूलको नागरिकलाइ  उम्मेदवारीको मौका दिएको यो पहिलो पटक हो । यसबाट यस पार्टीले  बेल्जियममा बसोबास गर्ने एसियालीहरुको  पनि अस्तित्व  स्वीकार गरेको प्रमाणित   भएको छ । 

मेरो छोटो परिचय अगाडी बढाउने क्रममा मेरो जन्म महाकाली अंचलको डडेल्धुरा जिल्लामा भएको, मेरो बाल्यकाल र एस. एल. सी सम्मको अध्ययन मैले महेन्द्रनगर, कंचनपुर जिल्लाबाट गरे  र उच्चाशिक्ष्या त्रिभुवन बिश्वबिद्यालयबाट  राजनीतिक शास्त्रमा  स्नाकोत्तर सम्मको अध्ययन  पुरा गरे । नेपालमा रहदा  रोजगारीको सिलसिलामा मैले  मेरो जीवनको लामो समय पर्यटन क्षेत्रमा बिताए  यसका साथसाथै प्रजातन्त्र प्राप्त पछिको ट्रेड युनियन आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै  Soaltee Crowne Plaza को आधिकारिक  युनियनमा साथै  नेपाल होटेल तथा पर्यटन श्रमिक संघ राष्ट्रियस्तरको कार्य समितिमा बसेर काम ग गर्दै म पर्यटन क्षेत्रको प्रतिनिधित्वो गर्दै नेपाल ट्रेड  युनियन काँग्रेसको निर्वाचित केन्द्रिय सदस्य हुन् पुगे र साथै ट्रेड युनियनको काँग्रेसको केन्द्रिय महिलाविभागको जिम्मेवारी पदमा बसी काम गरे ।

ट्रेड युनियनको रास्ट्रियस्तरमा काम गर्दा गर्दै विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय   संघसस्थाहरुसंग मिलेर काम गर्ने मौका प्राप्त गरे । यसै सिलसिलामा ICFTU -APRO ( International Confederation of Trade Union – Asia Pacific Regional Office ), ILO (International Labour Organisation ), JILAF (Japan International Labour Foundation ) हरुसंग विभिन्न प्रोजेक्टहरुमा  महत्वोपुर्ण  पदमा बसी काम गरे ।

ट्रेड युनियन आन्दोलनमा मैले गरेको परिश्रम र कामको मूल्यांकनको आधारमा मैले साउथ एसिया, एसिया, मध्ये पूर्वीराष्ट्र र युरोपेली राष्ट्रहरुमा नेतृत्व विकास, प्राबिधिक सिक्षा, लैंगिकविभेद, मानवअधिकार , महिला सस्क्तिकरण र मजदुरहरुसंग सम्बन्धित अन्तरास्ट्रिय  अभिसन्धिहरुका बारेमा अध्ययन गर्ने मौका पाए I यसै क्रममा युरोपेली राष्ट्रमा केहि समय सोहि  बिषयमा  स्रोत व्यक्तिका रुपमा पनि काम गरे I

मेरो करिब ७ ,८ बर्षको बेल्जियमको बसाइको क्रममा मैले विभिन्न नेपाली तथा बेल्जियन  गैरसरकारी संघ सस्थाहरुसंग काम गरे र हाल सम्म पनि आबद्ध रहेर काम गर्दै छु जस मध्ये : (BAF) Belgium Asia Forum, Intercultural women center  (IVCA ) Antwerpen, Athena International Open Leer Centrum Atwerpen   Vrowen voor Vrowen  (NGO) मा क्रमस…President, Executive committee member, Patron  र  President को रुपमा काम गर्दै आएकी छु ।

साथै ,गैर आवासीय नेपाली संघ,(NRNA) मा पनि  प्रतक्ष्य र अप्रतक्ष्यरुपमा यसको बिकास र गतिसिलताको लागि पनि क्रियासिल रहदै आएकी छु  ।

यसका साथ साथै अन्य महिला  ससक्तिकरण लगाएत अप्रवासी हित सम्बन्धि कामगर्ने संघ सस्थाहरुसंग आबद्ध रहदै आएको छु  । यसरी बिदेसी बसाइको क्रममा आफुले सिकेका अनुभबहरुलाई अदान प्रदान गर्ने र नया कुराहरु सिक्न्ने ठुलो अवसर पाएकी छु । यसरी  आफुलाई बेल्जियमको राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने पहिलो नेपाली महिलाका रुपमा स्थापित गर्न  पाउदा गौरब महसुस गरेकी छु ।

यस चुनावलाई मैले नेपाल र नेपालीलाई चिनाउने, समाजमा आफ्नो पहिचान स्थापित गर्ने र हामी आप्रबासी प्रति हेर्ने  दृस्टीकोण परिवर्तन गर्ने अभियानको रुपमा पनि लिएकी छु ।

हामी सामु ठुलो मौका आएको छ, हाम्रो आफ्नै परिवारको सदश्यलाई बेल्जियमको सन्सद मा प्रतिनिधित्वो  गराउने ।

त्यसैले, यस् चुनाबी माहोललाई अगाडि बढाउनकोलागि बेल्जियममा बसोबस गर्ने नेपाली समुदाय, सामजिक संघ  सस्थाहरु र सम्पूर्ण स्वोदेश तथा बिदेशमा छरियर रहनु भएका सम्पूर्ण  नेपाली  दाजुभाई तथा दिदीबहिनीहरुको  सहयोग सल्लाह र एक्यबद्दताको लागि हार्दिक आह्वान गर्दछु ।

Lila Sharma Manandhar

Joe Englishstraat 38

2140, Antwerpen

[email protected]

तपाइँको प्रतिक्रिया