नेपालीको मानव तस्करी गरेर बेल्जियममा मस्तिको जिन्दगी
बेल्जियमका प्रकाश अर्याल बेल्जियमको आन्तर्पेन शहरमा बस्छन् । कामधाम केहि छैन । बिहान बिहान जिमपनि पुग्छन् । शरिर बनाउन । दिनभरि नेपालीहरु भेट्छन् । गफ हान्छन् करोड करोडका । कालो चस्मा, कोट, टाई ढल्काएर कार्यक्रममा पुग्छन् । घुमि हिँड्छन् । उनी बिरामी बिदामा बसेको निकै भयो । काम केहि गर्दैनन् । नेपाल र बेल्जियम आवत जावत पानी पधेँरो जस्तो छ । हजार युरो लगभग बिमान खर्च लाग्छ नेपाल पुग्न र फर्किन । तर उनी यता र उता बराबरी झैं गर्छन् । त्यो सान, ठाँटबाँटको स्रोत केहो ? सोझा साझा नेपालीको तस्करी गर्ने । युरोपको स्वर्गजस्तो देश बेल्जियम लगिदिन्छु भनेर नक्कली कागज बनाई बनाई मान्छे ओसार्ने । त्यहि ठगेको, मानव तस्करी गरेको पैसोले बेल्जियममा ठाँटले बस्ने । त्यतिले नपुगेर उनकी श्रीमती शारदा अर्यालले पाए सम्म दुख पाएका नेपालीलाई सहयोग गर्ने भन्दै लगेर उल्टै ठग्छिन् । राख्न दिएको मोबाईलपनि पच पार्छिन्, मानव तस्करी गर्छिन् ।
(ठगिएर उजूरी दिनेहरु। फोटो : कान्तिपुर दैनिक)
नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढीलाई ठगी गरेको घटनाले सनसनी मच्चिएको छ । खासगरि उता नेपाल र यता बेल्जियममा । ठग्ने मध्येका मुख्यरचनाकार बेल्जियम निवासी प्रकाश अर्याल भएकाले बेल्जियममा त्यस्तो सन्सनी फैलिएको हो । पीडितले भिसा र कलाकार संघको नक्कली परिचयपत्र बनादिने शर्मासहित मिठु श्रेष्ठ र प्रकाश अर्यालविरुद्ध करिब ४ करोड रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा बुधबार उजुरी गरेको कान्तिपुर दैनिकले सार्वजनिक गरिएदिएको छ ।
उजुरीमा पार्सपोर्टमा लगाएको भिसाको छाप, पैसा बुझाएको हस्तलिखित भर्पाई, चेकको प्रतिलिपि, कलाकार संघको नक्कली कार्ड बनाएको प्रमाण पेस गरिएको छ । प्रकाशले यस अघिपनि त्यस्तो नक्कली छाप, लेटरहेड, कलाकार संघको भिजिटिङ कार्ड बनाएर मानिसहरुलाई बेल्जियम ल्याउने गरेको बेल्जियमका नेपालीहरु बताउँछन् ।
प्रकाशको घर स्याङजा हो । पत्नी शारदा अर्यालको माईती नवलपरासी । त्यहि नाताले शारदा नवलपरासी सहायता कोषमा छन् । अबको अधिबेशनबाट त झन अध्यक्ष हुने योजना बनाउँदै रहिछिन् । प्रकाश अर्याल सन् २००५ मा आएका थिए बेल्जियम । अहिले आन्तर्पेन शहरको पोरभेन्सी स्त्रात भन्ने गल्लीको अपार्टमेन्टमा बस्छन् । श्रीमती शारदाले भने सामान्य काम गर्छिन् । प्रकाशको मानव बेच बिखनको कर्तुत यो पटक सार्वजनिक भएपनि उनले धेरै पहिलेदेखि यो काम गर्दै आएका हुन् । उनले दाम खाएर ल्याएका केहि नेपाली बेल्जियमको ब्रुज, आन्तर्पेन, ब्रसेल्स सबैतिर छन् । ति हाकै ‘प्रकाश सरले ल्याइदिनु भएको हो’ भन्दै हिँड्छन् ।
नेपालीलाई फसाउन उनी सिपालु छन् । फिल्म निर्माता, डिस्ट्रिब्युटर लगायत अनेक संस्था र पदको भिजिटिङ कार्ड बनाएका छन् तिन चार थरी । मान्छे हेरेर त्यो कार्ड दिन्छन् । तस्विरपनि नेपालका नाम चलेका भुवन केसी जस्ता हिरो र नेताहरुसित कुम जोडेर खिचेका छन् । तिनै तस्विर देखाएर ‘पहुँच नभए यस्तो मान्छेसित हिमचिम हुन संभव छ यार ?’ भनेर गफ हानिदिन्छन् । त्यसलाइ पुष्टि गर्न फिल्म डाइरेक्टरको भिजिटिङ कार्ड निकालेर दिन्छन् ।
बेल्जियममा काम बिना बस्न, खान गाह्रो छ । कि त ब्यवशाय हुनुपर्छ । प्रकाश अर्यालको यता काम छैन । ब्यवशायपनि छैन । उता नेपालमापनि उनको त्यस्तो ब्यवशाय केहि देखिन्न । बेल्जियममा शानले बसेर नेपाल र बेल्जियम जाने आउने महँगो बिमान खर्च केबाट चलिरहेको छ त ? यस्तै सोझासाझा नेपालीलाई आश्वाशन दिएर तस्करी गरेको खर्चलेनै धानिरहेको बेल्जियमका नेपालीलाईपनि राम्रो जानकारि छ । त्यसो त उनकी पत्नी शारदा अर्याल हाल एन आर एन बेल्जियमको उपाध्यक्ष पदमा छन् । उनीपनि नेपालीलाई ठग्ने काण्डमा फसिसकेकि हुन् । सोझा साझा नेपालीलाई सहयोग गर्ने नाममा तिनका सामान सुरक्षित राखिदिने भनेर फिर्ता नदिने, हरायो भनेर पच पारिदिने र राख्न दिएको पैसा खाइदिने गरेर बदनाम भएकि हुन् । उनी बेल्जियममा रहेको प्रवाशी मञ्चमा दह्रो राजनिति गर्छिन् । उनको बिगतको ठगी काण्ड यहाँ क्लिक गरेर पढ्नसक्नुहुन्छ ।
संबन्धित ब्लग
शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?
युरोपका पाँच पत्रकारमाथि मानहानी मुद्दा







