विमानस्थलबाटै हाकाहाकी लगेर नेपाली चेलीहरु कुवेतमा बिक्रि

सन्तोष न्यौपाने / बेल्जियम ‘

kuwait (2)

(तस्विरमा सबैभन्दा दाहिनेतिर छाते टोपी लगाएका दलाल महिलाहरुलाई कागजपत्र देखाउँदै, विमानस्थकका कर्मचारीसित मिलेर यिनले भित्रैसम्म पुगि च्यानल मिलाउँछन्)

हिजो भारतको मुम्वइमा नेपाली चेलीहरु बेचिएका थिए । आज कुवेतमा उनिहरुको खुल्ला विक्रि भएको छ ।’ चितवन गितानगरका विशाल पाण्डेले आफ्नो आक्रोश पोखे ।

‘कसरि ?‘ मैले जिज्ञासा राखें ।

‘यहाँ देखि नेपाली चेलीहरु नेपाली एजेन्टलेनै कुवेत पुर्‍याउँछन । त्यो पनि नि:शुल्क रुपमा लानुपर्नेमा उल्टै हजारौं रकम बुझाएर उनीहरु त्यहाँ पुगेका हुन्छन । त्यहाँ लगिसकेपछि नेपाली एजेन्टहरुले नेपाली दिदिबहिनिहरुलाई कुवेतका साहुहरुलाई मन परेकोलाई रोजेर काममा लगिदिने गर्दछन । भर्खरका युवती उनिहरुको प्रथम आकर्षण हुन । यसको मतलव अहिले उनिहरु खुल्ला रुपमा देह ब्यापारको सिकार बनेका छन ।’ उनले आफनो बोलिविस्तार लगाए ।

‘यसरि जानुमा तपाई कसको दोष देख्नुहुन्छ ?’मेरो थप प्रश्न विशाल माथि तेर्सियो ।

यो प्रश्नको उत्तरमा उनी अलि झोक्किए ’हेर्नुस त्यहाँ कानुनि रुपमा जान नेपालीहरु सक्दैनन । गएपनि जागिरको माया मारेर नेपाल फर्कनुपर्ने हुन्छ ।  अर्को तर्फ कुवेत जानेको पासपोर्ट नेपाली दलालहरुसँग नै हुन्छ । कतिपयको पासपोर्ट काम दिने मालिकलेनै राख्छ । दुतावासको काम भनेको नेपाल पठाउने मात्रै हो । बरु सकिन्छ भने नेपाल सरकारले कुनै पनि नेपाली दिदि बहिनिहरुलाई कुवेत नपठाओस । म आफैं कति चेलीको उद्दारमा लागेको छु । कतिलैइ आफैंले सहयोग गरेको छु ।’

चितवनका विशालको कुराहरुले आफैंलाई भित्रभित्रै पिरोल्ल्यो । कुवेतबाट आउने  समाचारहरुमा नेपाली दिदिबहिनिहरुको दुखान्त खबर समेटिएको हुन्छ । केहि समय अघि मिनाकुमारिको मृत्यु भयो भने केहि अविवाहितहरु आमा बनेर स्वदेश फर्केका छन ।

के ति कन्यामै आमा बनेकाहरुलाई यो हाम्रो समाजले स्विकार गर्ला ? कस्तो अवस्था होला उनिहरुको ? अझै कति दिदिबहिनिहरु त्यो अवस्थामा दुखदायी जिन्दगि बिताउँदै होलान । यस्तै यस्तै मन भित्र निस्केका अनगिन्ति प्रश्नहरुले आफैँलाई अनुत्तरित बनायो ।

४० दिने नेपाल बसाइको समाप्ति सँगै अप्रिल २७ का दिन एतिहाद एअरवेजबाट अवुधावि हुँदै म जन्मभूमि बाट कर्मभूमि फर्कने क्रममा थिएँ । विशाल पाण्डेको कुरालाई प्रमाणित गर्नको लागि त्रिभुवन विमानस्थल छिरे लगत्तै कुवेत जाने नेपालीरुलाई खोजें । केहि समयको बाबजुत मैले खोजेका दिदिबहिनिहरुलाई जहाज कुरेर बसेका अवस्थामा फेला पारें । उनीहरुसँग उनीहरुलाई लैजाने सहयोगि भनौं वा दलाल साथमै थिए । हेनुहोस तस्विर । संयोगवस उनिहरु कुवेत जाने फ्लाइट र मेरो फ्लाइट एउटै पर्‍यो ।

मेरो चाहना उनिहरुसँगै सिटमा बसेर यात्रा गर्ने थियो । उनिहरुको बारेमा बुझ्ने र किन के कामका लागि जान लागेका हुन विस्तृत जान्ने मन थियो । मेरो र उनिहरुको सिट नं धेरै टाढा पर्‍यो । त्यसैले त्यो पुरा हुन सकेन । भगवानले ‘तँ आँट म पुर्‍याउँछु भन्छन’ भनिन्छ । नभन्दै त्यस्तै भयो । म उनी हरुलाई अवुधावि विमानस्थलमा भेटन सफल भएँ ।  तर उनीहरुलाई ल्याउने वा काठमाडौ विमानस्थल सम्म आउने दुवै जना गायब थिए ।

kuwait (3)

(गोडामा चप्पल लगाएर च्यादर ओढेकि यि दिदी बिदेश जान हिँडेकि)

‘दिदी नमस्कार‘ मैले सामिप्यता जनाउनको लागि अभिवादन टक्र्याएँ ।

उनि अक्क न बक्क परिन ।

‘तपाई कुवेत जान लाग्नुभाको ?‘ मैले जिज्ञासा राखें ।

‘अँ ‘ । मतिर मुन्टो फर्काउँदै उनले जवाफ दि ईन ।

‘नाम रश्मि । घर रसुवा स्याप्रुबेसि । ’मेरो जिज्ञासालाई छोटो जवाफ दिएर पुरा गरिन् ।

यति गफगाफ हुँदा कुवेत जाने जहाज थप एक घण्टा ढिलो हुने जानकारि दिइसकेको थियो । त्यतिकैमा उनका थप दुइ साथीहरु पनि आए । उनिहरुलाई कुवेत कता बाट कति नं गेटबाट गइन्छ भन्ने पत्तोनै थिएन । पछि म आफैंले ‘मेरो पछि लागेर आउनुस’ भनेर सुरक्षा जाँच (सेक्युरिटि चेक) पछि सम्बन्धित गेटमा जानको लागि बाटो देखाइदिएँ ।

सुरक्षा जाँच (सेक्युरिटि चेक) पश्चात उनिहरुसँग छोटो गफ भयो । उनिहरु नेपाली प्रस्ट नबोलेको मलाई आभाष भइरहेको थियो । ति आफ्नै तामाङ या शेर्पा भाषा बोलेका थिए । र स्याप्रुबेसिकै लवजमा केहि जवाफ फर्काइरहेका थिए । ति तिनै जना एकै ठाउँका रहेछन । उनिहरुको कुवेत यात्रा पहिलो  विदेश यात्रा रहेछ । उनिहरु आफैलाई के कामका लागि जाँदैछु भन्ने पत्तो थिएन । आफुलाई ल्याउने मान्छेहरु विमानस्थलमा सबै मिलाईदिएर नेपालबाटै फर्केको जानकारि दिए । आफ्नै लवजमा बोलिरहेका उनिहरुलाई अंग्रेजि आउनु त धेरै टाढाको कुरा थियो । तिनको गोडामा चप्पल थियो । च्यादर ओढेका थिए । उनीहरुलाई आधुनिक प्रविधी, नौलो परिवेश र संसारका बारेमा पटक्कै जानकारि थिएन । भर्खरै गाउँ छोडेर आएका ति शहरिया परिवेश समेत जान्दैनथे ।

अब भने चितवनका विशाल पाण्डेका कुरा यि तिन नेपाली चेलिहरुबिच धेरै मेल खायो । यसरि कुवेत जानेहरुले त्यहाँ गएर के गर्लान ? न भाषामा दक्ष छन । न त अलिकति टाठाबाठानै । दुइ वर्ष पछि नेपाल फर्कने यि दिदि बहिनिहरुले आफ्नो गएको ऋण त तिर्लान । तर यिनिहरुको दुई वर्षभित्रको अवस्था पाण्डेले भनेजस्तै नाजुक नहोला भन्न सकिँदैन ।

आज देशमा महिला अधिकार सम्बन्धि धेरै गोष्टि भएका छन । धेरै कोठे बैठक भएका छन । एन आर एन महिला समिति खोलिएका छन । ठुला फुस्रा योजना अगाडि सारिएका छन । तर रस्मी जस्ता हजारौं नेपाली चेलीहरु सुखको नाममा विदेशिएकाहरु दुखको बाटो अवलम्वन गर्ने निश्चित रहेको छ । खै कहाँ छ नेपाल सरकारको उपस्थिति ? किन रेमिटयान्सको नाममा यसरि खुल्ला रुपमा अदक्ष नेपाली महिलालाई विदेश जान रोक्न सकिरहेको छैन ? चेलिलीहरुको मृत्यु हुँदा र एउटी कन्या आमा बनेर फर्कँदा गोहिका आँशु चुहाएर मात्रै हुँदैन । सरोकारवालाहरुको बेलैमा बुद्धि फिरोस ।

तपाइँको प्रतिक्रिया