जानकारिनै झुटो दिने बेल्जियमका यि संस्थाको काम कस्तो होला ?
● सन्तोष न्यौपाने / बेल्जियम
के तपाइलाई थाहा छ बेल्जियममामा रहेका नेपाली सामाजिक संस्थाहरुका इन्टरनेट वेवसाइट कति कति दिनमा अपडेट हुन्छन ? यो प्रश्न कसैले गरयो भने तपाइले सहज जवाफ फर्काउनुहुनेछ ‘दिनको एकपटक वा हप्तामा एकपटक ।’ किनभने तपाइलाई नेपालका वा बेल्जियमकै अनलाइन समाचार साइटहरु अपडेट भएको याद आइरहेको हुनसक्छ । तर तपाइको अनुमान जवाफ गलत हुनसक्छ । नपत्याए बेल्जियमको कुनै सामाजिक संस्थाको वेवसाइट खोजेर हेर्नुस त तपाइले लामो समयदेखि अपडेट नभएको पाउनुहुनेछ ।
बेल्जियम स्थित केहि नेपाली वेभहरु लामो समयदेखि अपडेट गरेका छैनन । अपडेट नगरिएपछि विगतमा जे लेखिएको थियो हाल पनि त्यहि नै सुचना छ । विशेष गरेर एन आर एन बेल्जियम,ब्यवसायि संघ र नेपाली कांग्रेस निकट जन सम्पर्क समिति बेल्जियमका वेभहरु अध्यावधिक भएका छैनन । भएपनि कतिपय कोलमहरु त्रुटिपुर्ण छन ।
एन आर एन बेल्जियमको आन्तरपेन क्षेत्रियसमितिका अध्यक्ष रन्जन सिंखडा हुन् । तर यसको वेवसाइटमा गएर हेर्नुभयो भने देविरमण विमली लेखिएको छ । आन्तरपेन मात्र नभएर कुनै पनि क्षेत्रको नयाँ कार्य समितिको नामावलि राखिएको छैन । केहि समय अगाडि एन आर एन बेल्जियमले नयाँ कार्य समिति गठन भएको थियो । क्षेत्रगतरुपमा समितिपनि निर्माण गर्यो । तर संस्थाको आधिकारिक साइट www.nrnbelgium.org मा माथि भनिए जस्तै मुल समिति बाहेक अरुकै नाम छ । मुल समितिको नामावलिमा पनि वर्णानुक्रम अनुसार आइसिसि सदस्य प्रमुख भएर अन्य नामावलि हुनुपर्नेमा ठिक उल्टो पद्दति अपनाइएको छ ।
त्यसो त अर्जुन कुमार श्र्रेण्ठ अझै पनि आइसिसि सदस्यनै रहिआएका छन भने युरोपियन सह संयोजकमा रविन्द्रमान श्रेष्ठ । सन २०११ देखि यता आइ सि सि र युरोपियन सह संयोजकको नामावलि आइ सि सि सदस्यमामा दर्ता गरिएको छैन । उता पुर्व राजदुत प्रमेश कुमार हमाल हालसम्म एन आर एनको संरक्षक पदमा छन । उनी बेल्जियमबाट राजदूतको कार्यकाल सकेर फर्केको निकै भैसक्यो ।
यति मात्र हैन साइटमा गएर नेपाल हाउस मा गएर क्लिक गर्नुभएको खण्डमा पुन एन आर एनकै मुख्य पेज पाउनुहुनेछ । जुन आफैंमा हाँस्यसपद रहेको छ । एक आर एन बेल्जियम र नेपाल हाउस भन्ने एकै हो कि जस्तो लाग्छ । परोपकारि कार्य र नयाँ कार्ययोजनाका साथ अगाडि बढिरहेको एन आर एनका नयाँ मित्रहरुले यि सुधारतर्फ ध्यान दिनु जरुरि देखिन्छ ।
अर्कोतर्फ बेल्जियममा अलि आर्थिक सम्पन्न ब्यत्तिहरुको संस्था भनेर नेपाली ब्यवसायि संघ लाई चिनिन्छ । यो संस्थाको आधिकारिक वेभ www.nebab.be पुरै अंग्रेजि भाषामा प्रस्तुत गरिएको छ जुन नेपालीहरु भन्दा पनि विदेशिहरुको लागि जानकारि लिनको लागि सहयोग पुग्ने गर्दछ । तर यो पोर्टलको हालत पनि एन आर एनको भन्दा कम छैन । यो साइटको www.nebab.be मा गएर हेर्नुभयो भने नेबाब बेल्जियमको परिचय बाहेक केहि पाउनुहुनेछैन । प्रत्येक लिकंमा एउटै जानकारि रहेको छ । जुन निकै लज्जास्पद रहेको छ । त्यस्तै गरेर बेल्जियम स्थित नेपाली संघसंस्थाहरु भन्नेमा पनि माथि जस्तै नेबाबको परिचय बाहेक केहि देखिँदैन ।
एन आर एन बेल्जियम र नेपाली ब्यवसायि संघ मात्र मात्र होइन, जन सम्पर्क समिति बेल्जियमको वेभको अवस्थापनि उस्तैछ । जसरि बेल्जियममा जनसम्पर्क समिति अस्तब्यस्त देखिएको छ वेभ पनि उस्तै अवस्थामा छ । जसको मुख्य पेजमा सुवास जोसि महामन्त्रि तथा गंगाधर गौतम अध्यक्ष रहेको समवेदना रहेको छ । जसमा सुवास समितिको अध्यक्ष भइसकेको महिनौं भइसक्यो तर जानकारि पुरानै छ । त्यस्तै गरेर प्रेस विज्ञप्ति, सम्पर्क लगायतका स्तम्भहरु २०१० देखि यता अपडेट भएका छैनन । वेभ साईट राख्ने रहर भने देखिन्छ ।
बेल्जियममा सक्रिय मानियका माथिका संस्थाहरु मात्रै अरु केहिको हालत पनि उस्तै रहेको छ भने केहिले अध्यावधिक गर्न थालेका छन । ठुला ठुला योजना थाल्ने तथा नयाँ कार्यक्रमहरु ल्याउन प्रोत्साहन गर्ने बेल्यिमको नयाँ एन आर एन कार्यसमितिले अब प्रथम वेव अपडेट गर्नु जरुरि छ । सकिन्छ भने सबै अघिल्ला तथा आगामि आर्थिक हिसाबकिताब पारदर्शिता रुपमा साइटमा उल्लेख गर्नुपर्दछ । त्यस्तैगरेर ब्यवसायि संघ बेल्जियमको केहि लगानि आफ्नो आधिकारि वेभमा नपरेको देखिन्छ । यसको लागि संस्थाका पदाधिकारिहरुको बेलैमा होस खुल्नु जरुरि रहेको छ । यस बाहेक भाँडिएको जनसम्पर्क समितिले विवाद भन्दा पर गएर वेभ सुधार तर्फ लाग्ने कि ? अन्यथा जुन जोगि आए पनि उस्तै सिद्द हुन सक्छ ।










