इटालीमा ६१८ नेपालीको चिहान

ददिराम सापकोटा/ रिमिनी (इटाली)

•  ती नेपाली, जो मरणोपरान्त पनि नेपाली दरिएनन् 

nepaliko-chihan_20140216030501

फाल्गुन ४ – इटालीको पहाडी क्षेत्र मोँतेजमा बस्ने चितवनका शम्भु घिमिरे रिमिनीस्थित सिंगला बार्बक नामको सामूहिक चिहानघर पुग्दा जहिल्यै भावुक हुन्छन् । सात समुन्द्रपारकिो देशमा कोही आफन्त, शुभेच्छुक वा पि्रयजनको मृत्युले उनलाई भावुक बनाएको होइन । अक्सर नेपाली नपुग्ने यस क्षेत्रमा पुगेकाहरू पनि रसाएका आँखा लिएर निस्कन्छ न्। किनभने, त्यहाँ ज्ञात-अज्ञात ६ सय १८ नेपालीको चिहान छ । ती नेपाली ७१ वर्षअघि दोस्रो विश्वयुद्धका बेला बेलायतको पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए, जसका बारेमा धेरै नेपालीलाई समेत थाहा छैन । 

DSCN0785

इटालीको उत्तरपूर्वी समुद्री तटमा रहेको यो ठाउँमा बेलायतको विख्यात बहादुरी पदक भिक्टोरयिा क्रसद्वारा मरणोपरान्त सम्मानित राइफलम्यान थममान गुरुङ र सेरबहादुर थापासहित ज्ञात ५ सय ९१ र अज्ञात २७ जना गरी ६ सय १८ जना नेपालीको चिहान छ । यो गोर्खाली फौज इन्डियन राइफल्सबाट यहाँ जर्मनीविरुद्ध लड्न १९४३ मा इटली आइपुगेको भारत सरकारले यहाँ बनाएको सैनिक स्मारकमा उल्लेख छ । नेपाली सैनिकहरू गोरखा रेजिमेन्ट्स अन्तर्गत त्यतिखेर भारतमा तैनाथ थिए, जो बेलायतका पक्षमा लड्थे। स्मारकमा उल्लेख भए अनुसार यहाँ दोस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ गोर्खा राइफल्सलगायत विभिन्न गोर्खा राइफल्समा भर्ती भएका नेपाली सन् १९३९ देखि १९४५ सम्म लडेका थिए र यहाँ मारनिेमध्ये धेरै सातौँ गोर्खा राइफल्सका थिए ।

DSCN0790

प्रथम र दोस्रो विश्वयुद्धले कति क्षति पुर्यायो भन्ने अध्ययन गर्न बेलायतले एउटा संस्था नै खोलेको थियो, कमन वेल्थ ग्रेभ कमिसन्स । यसले उनीहरूतर्फ के कति क्षति भयो, खोजबिन गरेर अभिलेख राख्ने काम गर्न थाल्यो । जानकारी पाएसम्मका मृतकको नाममा उनीहरूले चिहान बनाए । अहिले पनि ग्रेभ कमिसन्सले सबै चिहान घर र स्मारकको रेखदेख, मर्मतसम्भार गर्छ । घटनासित सम्बन्धित प्राप्त सबै अभिलेख राख्ने काम पनि गर्छ । कमिसन्सले अझै पनि खोजबिन गररिहेको छ ।

रिमनीको यो चिहान घरमा भारत सरकारले एउटा ठूलो स्मारक बनाएको छ । त्यसमा ‘लडाइँको मैदानमा वीरगति पाउने र जसको दाहसंस्कार गरयिो, ती भारतीय सैनिकको सम्मानमा यो स्मारक निर्माण गरएिको हो’ भन्ने बेहोरा हिन्दी भाषामा उल्लेख छ । यही वाक्यले धेरै नेपालीलाई दुःखी बनाउँछ । किनभने, त्यहाँ मारएिका झन्डै सबैजसो सैनिक नेपाली छन् । तर, तिनलाई भारतीय भनेर चिनाइएको छ ।

DSCN0793

पहिलो र दोस्रो विश्वयुद्धका बेला भारत स्वतन्त्र मुलुक नभएकाले ती सैनिकलाई भारतीय सैनिक भन्न नमिल्ने तर्क भूतपूर्व गोर्खा सैनिक संगठन (गेसो) बेलायतका उपाध्यक्ष कृष्ण साङपाङ राई गर्छन्। “त्यस बेला भारत आफैँ स्वतन्त्र थिएन । कसरी ती भारतीय सेना हुने ? बेलायतका लागि भारतीय सेनाको तर्फबाट लडेका नेपाली सेना हुन् । ती नेपाली हुन्, भारतीय सेना भन्नु अन्याय हो ।” यस्तो आपत्ति त्यहाँ घुम्न जाने अरू नेपालीले पनि चिहानघरमा राखिएको आगन्तुक पुस्तिकामा व्यक्त गरेका छन् । हस्ताक्षर पुस्तिकामा श्याम तामाङले लेखेका छन्, ‘नेपाली मर्दा पनि भारतीय बनाउनु लाजमर्दो कुरा हो । तिनले नेपाली भएरै मर्न पाउनुपर्छ। तीमाथि न्याय होस् ।’

DSCN0840

प्राप्त दस्तावेजका अनुसार रिमनीमा गोर्खाली सैनिकहरू विभिन्न भारतीय पल्टनबाट लड्न आएका थिए । “भारतीय पल्टनका तर्फबाट लड्न ल्याइएका तिनै नेपाली नै त्यहाँ मारएिका थिए । तर, स्मारकमा भने तिनलाई कहीँ पनि नेपाली भनिएको छैन । तर, त्यहाँ उल्लेखित घरको ठेगानाबाट उनीहरू नेपाली भएको प्रस्टै थाहा हुन्छ । त्यहाँ लड्न आएकामध्ये केहीको नाम फेला नपरेकाले सैनिकहरूको नामावली सूची र स्मारकमा ‘एक भारतीय सैनिक’ मात्र लेखिएको छ ।

MONTESE-Bologna-sanmarino-Padova-13-Jan-2014 057

प्रथम विश्वयुद्ध सन् १९१४ देखि १९१८ सम्म भए पनि नेपाली भने सन् १९३९ देखि १९४५ सम्म लडेको स्मारकमा उल्लेख छ र त्यो समय दोस्रो विश्वयुद्धको हो । तर, जर्मनीविरुद्ध लड्न आएका अन्य गोर्खा सैनिक बेल्जियमको इपरस्थित स्मारकमा सन् १९१५ मै आइपुगेको उल्लेख भएकाले इटालीको स्मारकमा उल्लेखित दस्तावेजले शंका उत्पन्न गराउँछ । केही नेपाली सेनाको उमेरसम्म उल्लेख नहुनाले ती बाल सैनिक हुन सक्ने अड्कल पनि गरिन्छ । त्यहाँ १६ वर्षमुनिका किशोरलाई समेत संलग्न गराइएको हुन सक्ने नेपालीहरू बताउँछन् । कमनवेल्थ ग्रेभ कमिसन्सको रपिोर्टमा उल्लेखित २७ जना अज्ञात सेनाको नाम नहुनुमा साह्रै कम उमेरका समेत भएकाले नाम नराखिएको हुन सक्ने उनीहरूको आशंका छ । “बेलायतीहरूले त्यहाँ १४-१५ वर्षका नेपालीलाई पनि ल्याएकाले नाम भएर पनि नदिएको हुन सक्छ । यसको सत्यतथ्य खोज्नुपर्छ,” भेनिसका अम्मर गुरुङले इमेलमा प्रतिक्रिया दिए ।

MONTESE-Bologna-sanmarino-Padova-13-Jan-2014 101

हुन पनि यहाँ मारएिका ६ सय १८ नेपाली सैनिकमध्ये सातौँ गोर्खा राइफल्सका नायक १६ वर्षीय मनबहादुर राईसम्म छन् । उनको उमेरले नै बताउँछ कि उनी त्यस बेलाको कानुनविरुद्ध सेनामा भर्ती गरएिका रहेछन् । उनीसँगै १७ वर्षीय कण्र्ाध्वज राईलगायत केही किशोरको नामावली स्पष्ट उल्लेख छ स्मारकमा । युरोपेली कानुनले १८ वर्ष नपुगेकालाई बालिग मान्दैन । त्यसैले नेपाल सरकारले यसमा ध्यान दिए अझै पनि लडाइँमा संलग्न गराउनेलाई कारबाही र त्यसको क्षतिपूर्ति हुन सक्ने सम्भावना छ । गेसोका उपाध्यक्ष राई भन्छन्, “हामीले कस्तो घटनासम्म पायौँ भने बाबु र छोरा दुवैलाई एकैचोटि भर्ती गरेका छन्, बेलायती सेनामा । त्यो त ठाडै कानुनको उल्लंघन हो । १६ वर्षका किशोरलाई युद्धमा संलग्न गराउनै पाइन्न ।”

बेलायती सेनाबाट लडेका नेपालीले बेलायती सरकारबाट सेवासुविधा लिएर कोही बेलायत, कोही हङ्कङ् त कोही सिंगापुरमा बसोवास गररिहेका छन् । सेवासुविधा र पेन्सनको माग गररिहेका छन् । आफन्तहरूले क्षतिपूर्ति पाइरहेका छन् । नपाउनेले अहिलेसम्म दाबी गर्न छोडेका छैनन्। भूतपूर्व सैनिक संगठन (गेसो) त्यस्तै सेना र तिनका परविारलाई सुविधा मागेर कानुनी लडाइँ लडिरहेको छ । तर, बेलायती सेनाबाटै पहिलो र दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका नेपालीलाई न्याय दिलाउन त परै जाओस्, त्यसका बारेमा न त गेसोलाई राम्रो जानकारी छ, न नेपाल सरकारलाई नै। इटालीमा नेपाली राजदूतावास छैन । स्वीट्जरल्यान्डको जेनेभास्थित नेपाली दूतावासले नै इटाली पनि हेर्छ । तर, जेनेभास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत भृगु ढुंगाना नेपालीको यो सामूहिक चिहानबारे जानकारी नै नभएको बताउँछन्। भन्छन्, “ए हो र ? खै हामीलाई त जानकारी नै छैन। जानकारी नै नभएपछि के भन्ने त्यसबारे ?”

जसले ज्यान दिए

DSCN0782

रिमिनीको लडाइँमा मारनिेमा मुख्य हबलदार पूर्वी नेपालको भुजीका कर्णध्वज सुनुवार छन् । वासुम पाँचथरका ३३ वर्षीय खर्कध्वज लिम्बू एक जना मात्रै सुबेदार पदका छन् । गुल्मी हुङ्गाका नरे भण्डारी, रनबहादुर राई, रनसिंह थापा, धनबहादुर गुरुङ र कमान सिंह खत्री गरी आधा दर्जन जमदार छन् । मारनिेमध्ये छैटौँ गोर्खा राइफल्सका एक जना पूर्णबहादुर अधिकारी, दुई जना नेवार र केही थापाबाहेक अधिकांश राई, लिम्बू र मगर समुदायका छन् । मारनिेमा दुई जना नेवार समुदायका पनि छन्, मंगलबारी इलामका रामप्रसाद नेवार र रामेछाप मन्थलीका रनबहादुर नेवार ।

लड्नेमध्ये केही नायकबाहेक बाँकी सबै राइफलम्यान छन् । तीमध्ये कोही त बेलायती राजकुमारको नाममा राखिएको बिग्रेड पि्रन्स अफ वेल्सका पनि देखिन्छन् । पाल्पा करामकोटका २८ वर्षीय गंगाबहादुर थापा पि्रन्स अफ वेल्सको मातहतमै रहेको बि्रगेडबाट २० अपि्रल १९४५ मा मारएिको त्यहाँको नामावलीमा उल्लेख छ । त्यस्तै रानी अलेक्जेन्ड्राको निर्देशनमै गोर्खा राइफल थियो भन्ने दस्तावेजले देखाउँछ । किनभने, तगाम-४ पर्वतका किसनलाल खत्री उनकै बि्रगेडबाट लडेका थिए । सबैभन्दा कम उमेरकामध्ये ताप्लेजुङका १६ वर्षीय हर्कराज सुनुवार छन् ।

वीरताको चर्चा

बेलायती सेनामा वीरताका साथ लडेर भिक्टोरयिा क्रस पाउनेमध्ये ज्यामरुङ-३, गोरखाका राइफलम्यान २३ वर्षीय शेरबहादुर थापा पनि थिए । कमनवेल्थ ग्रेभ कमिसन्सको रपिोर्टका अनुसार २८ डिसेम्बर १९४४ को लन्डन गजेटमा उनको बहादुरीको यसरी व्याख्या गरएिको छ- १८ देखि १९ सेप्टेम्बरमा जर्मनीविरुद्ध लड्दै जाँदा सानमारनिोसम्मै पुगेका थिए, गोर्खाली सेनाहरू । उनी त्यस कम्पनीका तीक्ष्ण सुटर थिए । उनी र उनका सेक्सन कमान्डरले बहादुरीका साथ हमला गरिदिएपछि शत्रुहरू विमानमा उडेर भागेका थिए । त्यसलगत्तै जर्मनहरूको अर्को समूहले हमला गर्यो्। सेक्सन कमान्डर घाइते भए । त्यो देखेपछि शेरबहादुर हानिँदै शत्रुलाई आक्रमण गर्न गए । तिनको बन्दुक खोसेर ल्याए । उनको निर्दिष्ट आक्रमणले जर्मन लडाकूहरूलाई पछि हटायो । जब गोर्खा कम्पनीहरूलाई पछि हट्न निर्देशन दिइयो उनका सहकर्मीहरू फर्किसक्दा पनि शेरबहादुरचाहिँ टुकडीमा एक्लै बसिरहे । पछि उनीसहित अर्का एक सैनिकलाई उद्धार गरएिको थियो । दोस्रोपटक फर्किंदै गर्दा उनी जर्मनहरूको भारी बम वर्षामा परे । उनको उच्च बहादुरीले गर्दा गोर्खा सैनिकका धेरैको ज्यान जोगिनुका साथै जर्मन सैनिकतर्फ ठूलो क्षति भयो। सायद यही बहादुरीका कारण राइफलम्यान भए पनि थापालाई भिक्टोरयिा क्रस दिइएको थियो ।

प्रकाशित मिति: २०७० फाल्गुन ४ ०३:०३

(आजको ईकान्तिपुरमा राखिएको एउटा रिपोर्ट । यो नेपाल साप्ताहिकमा प्रकाशित छ / यसमा प्रकाशित तस्विरहरु शम्भु घिमिरे र मेरा छ्यासमिस छन्)

 

http://www.ekantipur.com/np/2070/11/4/full-story/384295.html

तपाइँको प्रतिक्रिया