भ्रस्टाचारी आरोपितलाई काँधमा बोक्दा बेलायतमा नेपाली दंग

suresh-chandra-chalise

नेपालमा नेताले कार्यकर्ताको ढाडमा चढे । बुइमा बोक्न लगाए । कार्यकर्तालाई घोडा र गधा बनाए भनेर के गुनासो गर्नु ? हेर्नुस् त बेलायतका नेपालीको पारा । त्योपनि पढे लेखेका । जाने बुझेका । बिद्वान नेपालीको पारा । फेरि बेलायत जस्तो मुलुकमा बसेका । मानव अधिकार, प्रजातन्त्र, स्वतन्त्रताको पाठ सिकाउने विश्वभरिका जनतालाई । त्यहाँ बसेका नेपाली बेलायत बस्छौं भन्दै नाकपनि स्वाट्ट स्वाट्ट माथि उचाल्ने । तर भ्रस्टाचारको आरोप खेपीरहेका राजदूतलाई बेलायतमा ढाडमा बोकेको हेर्नुस् त । 

राजदूत सुरेश चन्द्र चालिसे । बेलायतका नेपाली राजदूत । कार्यकाल सकिएर स्वदेश फर्किन लागेका । उनले त्यहाँ बस्दा हुने नहुने सबै गरे । घुस खाएर कर्मचारी भर्ति गर्ने । भएका कर्मचारी अनाहकमा निकाल्ने । त्यो भन्दापनि बढि त अझ नेपाली दुतावास खुसुक्क बेच्न लागेर झण्डै नेपालीको शान र मान खत्तम पारेका । वर्षौं वर्षदेखि लण्डनस्थित ऐतिहासिक नेपाली दुतावास भवन खुसुक्क बेच्ने तयारि गर्ने टोलीमा उनै थिए । त्यो कुरो त्यहाँका नेपालीलाईपनि ढाँटेका । अहिले भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तारिख खेपीरहेका छन् । यस्तै राजदूतलाई काँधमा बोक्ने कति महान यि नेपाली !

आर्काको काँधमा चढ्ने राजदूत सुरेश चालिसे त हाँस्नेनै भए । उनलाई बोक्न पाउँदा सायद अहोभाग्य सम्झेर होला, बोक्ने नेपालीपनि मख्ख छन् । हाँसेका छन् । राष्ट्रिय इज्जत राखेका ब्यक्तिलाई यसरि बोक्ने, उचाल्ने चलन त हुन्छ नै । यसरि भ्रस्टाचारमा परेकालाई बोकेर झन भ्रस्टाचर गर्ने उर्जा मिलोस् भनेर पो हो कि ? बोक्नै मन लागेपनि अलि गतिला । अलि बिबादमा नपरेका । अलि स्वच्छ छबीका मानिसलाई बोकेपनि त हुने नी ! हग्नेलाई भन्दा देख्नेलाई लाज !

तपाइँको प्रतिक्रिया