हाडजोर्नी र मेरुदण्डमा हुने ट्युमरहरु

डा.कृष्ण प्रसाद पौडेल

dr-krishna-psad-poudel-bharatpur-hospital-nepal-99822345फेब्रुअरी ४ लाई बिश्व क्यन्सर दिवसको रुपमा वर्षेनी मनाउने गरिन्छ । यो दिवस क्यान्सर सम्ब्न्धी जनचेतना फैलाउने, यसको रोकथाम्, रोगको पहिचान र उपचार सम्ब्न्धी जानकारी दिने उद्देश्यले महत्व राख्दछ । बिश्व क्यान्सर घोषणा अनुशार उद्देस्य ५ मा क्यान्सर सम्ब्न्धी सोचाइ र बुझाइ हटाउनुलाई मह्त्य दिइएको छ । ‘Debunk the Myths’  लाई गत वर्ष जस्तै यस वर्ष पनि मह्त्य दिइएको छ । क्यान्सर बारे कुरा गर्नु बेकार छ् ।  क्यान्सर को लक्ष्यण हुँदैन् । क्यान्सर भएपछी केहि गर्न सकिदैन आदी गलत सोचाइ लाई तुरुन्तै हामी मिलेर सबै आम नेपालीको सोचाईबाट दुर गर्नुपर्छ ।

अस्वभाविक र अप्राकृतिक किसिमबाट शरिरको कुनै कोष वा तन्तु बढ्नुलाई ट्युमर भनिन्छ । उसो त शरिरमा Tumor like growth (ट्युमर नभए पनि ट्युमर जस्तै देखिने) अरु पनि लक्षणहरु देखिन सक्छन् । शरिरमा कहिँ कतै यस्तै लक्षणहरु देखिएमा एकदमै आत्तिईहाल्नु पर्दैन । बरु सम्बन्धित चिकित्सकहरुलाई देखाउनुपर्छ ।

हाडजोर्नी प्रणालीमा हुने ट्युमरहरुलाई समग्रमा Muskuloskeletal ट्युमरहरु भनिन्छ । यि ट्युमरहरुलाई Benign र Malignant भनेर दुई किसिममा बाँडिन्छ । धेरैजसो ट्युमरहरु Benign हुन्छन् जसले धेरै समस्या गर्दैन । बेलैमा उपचार गरे मानिस पूर्णतया निको हुनसक्छ । Malignant ट्युमरहरु जसलाई सामान्यतया क्यान्सर भनिन्छ । जो थोरै मात्रामा हुन्छन् र यिनिहरुलाई बेलैमा जचाउनु पर्छ । संवन्धित ठाउँमा दुख्नु यि ट्युमरहरुको पहिलो लक्षण हुनसक्छ भने सुनिनु र बढ्दै जानु अर्को मुख्य लक्षण हो ।

Muskulosketetal ट्युमरहरु – यिनिहरुमा हुने मुख्य तन्तु (Tissue) हरु अनुसार वर्गीकरण गरिन्छ । Bony तन्तुबाट उत्पति हुने, Carrilage (कुरकुरे हड्डी) बाट उत्पति हुने र Fibrous Tissue बाट उत्पन्न हुने । यि प्रारम्भिक ट्युमरहरु हुन् भने हाडजोर्नीमा हुने मुख्य क्यान्सरहरु त अन्य ठाउँका क्यान्सरहरुबाट सर्ने Metastatic र हड्डीको रगतमासीबाट हुने क्यान्सर Myeloma हुन् । प्रारम्भिक ट्युमरहरु बढ्दो उमेर र वयस्कमा हुन्छन भने मध्यम वा त्यो भन्दा अलि विकशित (Secondary) ट्युमरहरु ढल्कँदो उमेरमा हुने गर्छन् ।

Untitled-1शरिरको माथिल्लो भाग देखि हात खुट्टाका टुप्पाका हाडहरुमा हुने ट्युमर र क्यान्सरहरुमा शरिरको अर्को भागबाट फैलिएर जाने क्यान्सर प्रमुख कारण हो (Secondary Tumor or Metastatic Tumor)  । उसो त शरिरमा कुनै ठाउँको हड्डीहरु बढ्दैमा वा पलाउँदैमा ति सबै ट्युमर वा क्यान्सर हुँदैनन् । ति सामान्य प्रकृतिका पनि हुन सक्छन् जसलाई उपचारकै पनि आवश्यकता पर्दैन, जस्तै Bone exotosis, Bone Cyst आदि । शरिरमा भएका २०५ वटा लामा, छोटा, चेप्टा हड्डीहरु मध्ये मेरुदण्डमा हुने हड्डीहरुमा शरिरको ५० प्रतिशत क्यान्सर हुने गर्छ । हाडजोर्नीको क्यान्सरहरुमा हातखुट्टामा हुने मुख्य क्यान्सरहरुमा Osteogenic Sarcoma प्रमुख हो । जुन मुख्यतः बढ्ने उमेरका केटा–केटीहरुलाई हुन सक्छ । हाडजोर्नीका अन्य प्रारम्भिक ट्युमरहरुमा Ewings Sarcoma, Chondro Sarcoma पर्दछन । मेरुदण्ड -Vertebral Column_ को क्यान्सरहरुमा चाँहि Secondary ट्युमरहरु  (Or Metastatic Tumors) मुख्य हो । यो हुनुको कारण मानीसको शरिरमा हुने प्रमुख क्यान्सरहरु फोक्सो, पेट, प्रोस्टेट जस्ता अंगहरु मेरुदण्डको अघिल्लो भागमा रहन्छन् र रगतको बहावसंगै फैलिदै ठिक पछाडि रहेको मेरुदण्डमा ट्युमर कोषहरु पुग्ने गर्दछन्  ।

मेरुदण्डमा हुने ट्युमरहरुले पैदा गर्ने मुख्य लक्षण ढाडको दुखाई हो । यसरी ढाड दुखाई लामो समय रह्यो र साधारण दबाईले सञ्चो भएन भने राम्ररी जचाउनु पर्छ । दुई किसिमका स्पाईनल ट्युमर हुन्छन्  ।

, मेरुदण्ड Vertebral Column ट्युमरहरुस्

प्रारम्भिक ट्युमरहरु बढी युवावस्थामा हुने गर्दछन् र विस्तारै बढ्दछन् । मेटास्टाटीक ट्युमरहरु छिटो बढ्दछन् । आराम गर्दा सञ्चो हुने, राती दुखेर सुत्नै गाह्रो हुने र दुब्लाउँदै जाने हुन जान्छ । महिलाहरुमा यि ट्युमरहरु फोक्सो र छाती -Breast_ बाट सर्न सक्छन् भने पुरुषहरुमा फोक्सो वा प्रोस्टेट ग्रन्थीबाट सर्दछ । यसमा ढाडको दुखाई तल्लो कम्मर भन्दा बिच भाग तिर बढि हुन जान्छ । ज्वरो आउने, वाकवाकी लाग्ने जस्ता लक्षण पनि हुन सक्छन ।

, सुषुम्ना नाडी (Spinal Cord) का ट्युमरहरु

रोगको व्यवस्थापन गर्नु पर्दा यसको निदान रोग के हो भनेर पहिचान गर्नु पहिला महत्वपूर्ण हुन्छ । Musculoskeletal ट्युमरहरुको निदानमा भरपर्दो तरिका बायोप्सी नै हो । यो रोगको निदान र उपचार दुबैको लागी महत्वपूर्ण हुन्छ । साथसाथै X-ray, CT Scan, MRI Scan र हाल आएर आधुनिक प्रविधिहरु PET Scan, / Bone Scan हरु आवश्यक हुन सक्छ ।

Malignant ट्युमरहरुको लागी रेडिओथेरापी (Radiotherapy) र केमोथेरापी  Chemotherapy)  हरुको आवश्यकता पर्दछ । हाडजोर्नीको ट्युमरहरुमा रेडिओथेरापी भन्दा केमोथेरापी कै महत्व हुन्छ । अपरेशन गर्नु भन्दा पहिला नै केमोथेरापी दिईन्छ जसलाई Neo- Adjuvant केमोथेरापी भनिन्छ । जसले ट्युमरको आकार घटाउँछ अनि अपरेशन गरेर फाल्न सजिलो हुन्छ । हातखुट्टाको ट्युमरहरुलाई काटेर फाल्न पर्न सक्छ । जे जस्तो भए पनि समयमै उपचार भएमा Benign ट्युमरहरुबाट मुक्त हुन सकिन्छ भने Malignant ट्युमरहरुको पनि असर कम गर्न सकिन्छ ।

(लेखक वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ तथा नेपाल चिकित्सक संघ, चितवन शाखाका अध्यक्ष हुन्)

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया