ईटालीको हिमालमा नेपालको हिमाली झण्डा फरर

महिन्दो वाईबा / इटाली

nepali-flag-in-Italy-2

इटालीको हिमाली क्षेत्रमा नेपालको हिमाली झन्डा हिजो गाडियो ।  नेपालको हिमाली झन्डा भनेर चिनिने बौध्द झन्डा (लुङ्दा), इटालीको हिमालमा आफहराउन थालेको छ । मैले काम गर्ने ठाउँका साहु गोरे बुढाले निकै पटक सम्झीए यो बौध्द झन्डालाई । ‘तेरो देशको हिमालतिर टाङ्छ नि ! हो त्यस्तो झन्डा यहाँ पनि छ, यो डाँडा पछाडि भन्न पाइयोस न ।’ बुढाको मनसाए बुझें मैले । म झन के कम ? आफ्नो देशको झण्डा टाङ्न पाए किन छोड्ने ? अनी ल्याएर टाँगि दिएँ । उसको क्षेत्रमा । 

बिशेष गरी बौध्द धर्मावलम्बीहरुले यो झन्डा प्रयोग गर्छन । नेपालको हिमाली क्षेत्रमा यो झन्डा धेरै नै देख्न सकिन्छ । अन्यत्रभन्दा । त्यसको कारण छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, भोटे, तामाङ, गुरुङ, थकाली आदी जातिहरु बौध्द धर्म मान्दछन । आफ्नो कुनै शुभ कार्य गर्नु अघि बौध्द धर्मावलम्बीहरुले यो झन्डा टाँग्छन् ।

nepali-flag-in-Italy-1

मुख्य त विश्व शान्तिको कामना, मैत्री भावना र सबै प्रती सद्भाव कामना गर्दै यो झन्डा खुल्ला हावामा फहराउने गरिन्छ । अझै हिमालका डाँडाहरु पवित्र हुने विश्वाशले पनि यो झन्डा हिमालमा धेरै देखिन्छ । यो झण्डाले फालेको हावाले स्पर्ष गर्दा सबैको भलो हुने विश्वाश छ । यो झण्डाका धजामा बिभिन्न मन्त्रहरु हुन्छन् । बौद्द मन्त्र । ति मन्त्रलाई बौद्द लामाले मन्त्रबाट फुकेर राखिएको हुन्छ । जो सुकै होउन् यो झण्डाले सबैको शान्ती, सुरक्षा र दिर्घायुको कामना गरेको हुन्छ भन्ने विश्वाश छ ।

nepali-flag-in-Italy-4

हो यसैको परिणाम स्वरुप नेपालका हिमालहरुमा लुङ्दा धेरै देख्न सकिन्छ । हिमाल चढ्न आउने पर्यटकले देख्ने पनि यही हो । त्यसैले उनिहरु यसलाई हिमाली झन्डा भनेर चिन्दा रहेछन । मैले यो झण्डालाई हिमाली झण्डा भनेर भनेर धेरै ईटालियालीहरुले चिन्न्ने गरेको पाएँ । यदाकदा भेटिने युरोपेलीहरु नेपाललाई हिमालको देशको नामले चिन्दा रहेछन ।

nepali-flag-in-Italy-3

नचिनुन पनि कसरी ? विश्वको अग्लो हिमालदेखि अन्य सांस्क्रितिक, धार्मिक र द्रिष्यका हिसवले प्रख्यात हिमालहरु नेपालमै छन । हिमाल प्रती जिज्ञासा भएका युरोपियन नेपालप्रती निकै सकारात्मक रहेको देखे मैले । ईटालीको यो हिमालमा आनन्द लिन । रमाउन । हिउँमा चिप्लेटी खेल्न धेरै युरोपेली र खास गरि ईटालीयालीहरु आउँछन् । तिनकालागि यो झण्डा आकर्षणको विषय बन्ने छ । तिनले अनेक जिज्ञासा राख्ने छन् । हिमालहरु पवित्र हुन्छन् । हिमाली देवी देवतापनि निकै हुन्छन् भनेर जान्ने युरोपेलीहरु हिमालको झण्डा यसरि फहराएको देखेपछि मख्ख पर्ने छन् । अर्कोतिर यो झण्डाले नेपालको अलि बढि प्रचार गर्नपनि सहयोग पुर्‍याउने छ।

तपाइँको प्रतिक्रिया