लोकगितका ‘सर्वश्रेष्ठ गायक’ ले बेल्जियम तताउँदै

1623714_805831956099803_1762033999_nकसैकसैलाई त प्रक्रितिले साह्रै राम्रो गुण दिन्छ । बिछट्टै सिपले भरिदिन्छ । रामजी खाँड त्यस्तैमा पर्छन् सायद । लोक गित मन पराउनेले रामजी खाँडको नाम नसुन्ने त कुरै छैन । सुनिराखौं जस्तो । जुन गित गाएपनि रामजी खाँडको गलाले सबैलाई झुम्म पार्छ । लठ्याउँछ । सुन्दासुन्दै खप्नै नसकेर मान्छे जुरुक्क जुरुक्क उचालिन्छ । ‘मनाही छ’ भन्दा भन्दैपनि मञ्चमै हाम्फालेर नाच्न थाल्छ । ‘मलाई त नाच्न आउन्न के रे’ भन्नेपनि हलमा बसिराखेको कुर्सीबाट पुठ्ठो उचालेर कम्मर मरक्क मरक्क पार्न थाल्छन् । हो तिनै रामजी खाँडले यहि फर्वरी महिनाको पहिलो दिन बेल्जियम तताउने भएका छन् । यसको निम्ति विश्व मगर संघ बेल्जियमले सम्पूर्ण तयारी मिलाएको छ । निम्ता भटाभट बाँडिरहेको छ ।

रामजी खाँडका लोकगित मैले पनि दर्जन भन्दा बढि कपी गरेर राखेको छु । हरेक दिनजस्तो कुनै न कुनै गीत सुन्छु । कोहि नहुँदा गाइदिन्छु पनि । उनीसित जानेपनि नजानेपनि कम्मर मर्काईदिने मन मेरोपनि थियो । टाढा परियो र पो ! तर जोजो बेल्जियममा हुनुहुन्छ, वहाँहरुको लागि गज्जबको मौका मिलेको छ । माघे संक्रान्तिको मेसो पारेर आयोजना गरिएको यो कार्यक्रममा रामजी खाँड मात्रै छैनन् । नाम चलेका कलाकार त्रिलोक राना मगर र गायिका जानकी तारामी मगरपनि छन् । भरपुर रमाईलो दिन भनेर स्थानिय कलाकारको पनि ब्यवस्था गरेका छन् । बेल्जियमका स्थानिय कलाकारपनि नेपाली नाचगानमा कम भने छैनन् ।

नेपाली लोकगित र नाच भन्दा ‘आ डिस्को हेर्न पाए, नाच्न पाए, अर्कै स्वाद लिन पाए हुन्थ्यो भन्ने छ ?’ डिस्को प्रेमीकालागिपनि यसै साँझ ब्यवस्था छ । डिजी नवराज थापा मगरले डिस्कोप्रेमीलाई नचाउने छन् । कार्यक्रम लुभेनमा राखिएको छ, अपरान्ह तिन बजेबाट । नाचगान मन लागुन्जेलसम्म रातभर चल्ने छ । कार्यक्रम कहाँ, कुन हलमा हुने हो ? त्यसकालागि तस्विरमा भएको फोटोमा हेर्नुस्, सबै उल्लेख छ । केहि थप जानकारि चाहिए विश्व मगर संघलाइ सोध्नुस् । बेल्जियमका कूल मगरलाई सोध्दापनि हुन्छ ।

तपाइँको प्रतिक्रिया