वाह नयाँ वर्ष !
सन् २०१३ ले असाध्यै राम्रोसित बिदा लिएछ र २०१४ ले असाध्यै राम्रोसित स्वागत गरेछ । वा मानिसले सन् २०१३ औधि राम्रोसित बिदा गर्दै २०१४ लाई अति राम्रोसित स्वागत गरेछन् । रातभरि बियरको खोला बगेछ । हुस्कीका बोत्तल लाखौं फोरिएछन् । वाइनका हज्जारौं हज्जार बोत्तल खोलिएछन् । सडकमा बियरका क्यानहरु यत्रतत्र मिल्किएका रहेछन् । ति सोहोर्न सरकारलाई अतिरिक्त कर्मचारी थप्नु परेछ ।
एकाबिहानै टाउकोमा हात राखेर, मुख् क्वाच्च बिगारेर, आँखा हान्ने गुरुका झैं राता पारेर अल्कासिजर किन्न मानिसको भिड औषधी पसल बाहिर लागेको रहेछन् । पसल कतिखेर खुल्ला भनेर । जाँडको घटघटी सितै लाखौं कुखुराहरुको ज्यान हजम भएछ । बुंगुर र खसीका मासुकोको ह्रास भ्याएछन् । पसलेहरुको दिल हाँसेर मुर्छ भएका ।
पैसा हुनेले सान, मान, सम्मान सबै देखाएर एकै रातमा लाखौं खर्चिँदै वीर देखाए । नहुनेहरु खस्रो आँटो र सागको खोल्लरे झोलपनि पिउन नपाएर कुनातिर डल्लो पर्दै निदाए । सधैं एक रुप्पे झिक्न नी बेहोस हुनेहरुले टिप्स देको देखेर रेस्टुरेन्टका बेरा (वेटर) हरु हाँसेर झण्डै मरेछन् । बस बिसौनी र रेलका स्टेशनमा पिसाब गरेर खहरे झैं भएछ ।
जाँडका तालमा ग्याङ फाईट हुँदा कसैका दाँत उडेछन् । कसैक खुट्टा फुक्लेछन् । कसौका हात मर्केछन् । र डाक्टर ज्युहरुले गज्जबको काम पाएछन् । म आफूपनि अस्पत्ताल गाको त अस्पत्तालका कर्मचारीलाइ मान्छे स्याहार्न भ्याइको नभ्याई रहेछ र भन्दै थिए ‘हे भगुवान किन आउँछ यो नयाँ वर्ष पनि । यो नयाँ भर्ष जस्तो गाह्रो जेमराज दिन त बाँकि ३६४ हुन्नन् ।”
जाँडको करामतले गर्दा बगली मारिएछ धेरैको । झोला, क्यामरा, मोबाईलहरु ठाउँको ठाउँ छुटेछन् कतिका । पाकेट माराको लागि खुदो भएछ लुसुक्क हात हाल्न । अनि प्रहरी कार्यालयमा उजूरी हाल्नेको लर्को लागेछ । कतै मोटर साईकलहरुले एक आपसमा ठोक्किएर मित लगाएछन् । कतै कार कार जुधेर हैरानी भोगेछन् । आफन्तलाई रुवाएछन् ।
पत्नीहरुलाई पतीदेवलाई ओछ्यान पुर्याउनै मुश्किल परेर त्राहीमाम भएछ । कतीको त “तेरो खा छु र ? हाम्ले रमाईलो गर्न नपाउने ?” भन्दै दह्रो मुड्किले दाँत भेटेछ । यसरि पुरानो वर्षले अन्तिम दिन खुब चर्तिकला देखाएर बिदा भएछ । नयाँ वर्षलाई खुब करामत देखाउँदै स्वागत गरिएछ । सन् २०१४ को शुभसंकेतपनि केहि होला जस्तो छ !





