दश लाख क्षतीपूर्ती माग्दै अमेरिकाका नेपालीमाथि दर्जनौं मुद्दा, महामहिमपनि संलग्न

बिनोद कुमार नेपाल / टेनेसी, अमेरिका

dr-shankar-sharmaअहिले महामहिम आफ्नो चार बर्षे कार्यकाल पुरा गरेर नेपाल फर्कँदै हुनुहुन्छ ।  फर्कनु अघी ति गम्भिर त्रुटीहरु सच्चिनु पर्छ । वा अबैधानिक भिडमा नेपालको सर्बभौम दूतले पटक पटक गरेको सहभागीताका लागि क्षमायाचना गरेर सबैलाई सुसुचित गर्नुपर्छ । अर्को प्रमुख कुरो, अबैधानिक अन्तरिम अध्यक्ष र एएनएका निबर्तमान अध्यक्षले एएनएभित्र निम्त्याएको बिबाद त्यसभित्रका संस्थापक, आजिवन सदस्य, पदाधिकारी, साधारण सदस्य, सम्झौतामा सम्लग्न महामहिम दूत, अदालतका ट्रस्टी र अन्य जिम्मेवार पक्षबाट जे भएको छ, त्यो कुराहरुलाई मैले बिना पूर्वाग्रह संचार माध्यममा उठाईदिएको बिषयलाई एएनएको व्यबसायिक सम्बन्धमा हानी पुर्याएको, चरित्र हत्या गरेको जस्ता भ्रामक आरोप लगाएर मलाई अदालत पुर्याइएको छ ।

एच बि भण्डारी लगाएत ११ जना माथि अनावश्यक मुद्दा थोपरेर अदालत बाहिर बिगो भराईएको छ ।  त्यसबारे महामहिमलाई पटक पटक जानकारी गराउँदा पनि सुनुवाई भएन । सम्झौताका एक पक्ष महामहिम दूतले नेपालीहरुको समस्या सुनुवाई नगर्नु अत्यन्त दु:खद कुरा हो । एएनएका गतिबिधीबारे सिङगो नेपाली समाज जान्न इच्छुक थियो ।  मैले त्यो ईच्क्षा पुरा गरें । मैले के गल्ती गरें ? 

केही हप्ता अघी काठमाडौंबाट प्रकाशित एउटा समाचारका अनुसार महामहिमले एएनएका समस्या समाधान भईसकेको उल्लेख गर्नु भएको छ । समस्या समाधान भईसकेको रहेछ त म एएनएको मुद्दा मामिलाको सिकार किन बनाइँदै छु ? अदालतका सामु महामहिम सहितको सम्झौता पालना नहुँदा एउटा पक्ष ३ बर्षदेखी भेदभावपूर्ण व्यबहारको सिकार भईरहेको छ । त्यस्ता भेदभावपूर्ण व्यबहारका बिरुद्द कसैले बोल्ने आँट गरेनन । एउटा पक्षलाई पेलेर लैजाने पद्दतिलाई पत्रकारको नाताले मैले सहयोग गरिन भनेर एएनए र उसका पदाधिकारीले मलाई सिकार बनाउन मिल्छ ?

एएनएका गतिबिधीमा महामहिम प्रत्यक्ष संलग्न हुनुहुन्छ । त्यसका कारण म लगाएत सबै निर्दोषहरुमाथी थोपरिने सबै प्रकारका ज्यादतिको महामहिम पनि जिम्मेवार हुनुहुन्छ । आजका दिनसम्म एएनएको सम्मेलनको महामहिम अतिथी बनेर आउनु भएको छ । महामहिम दूत भनेको सबैको साझा ब्यक्तित्व हो । एउटा पक्षको अतिथी बन्न जादा अर्को पक्षलाई नैतीक दबाब दिने काम भएको छ । महामहिमले सबैलाई मिलाएर लैजाने हो वा एउटा पक्षसँग टासिएर अर्को पक्षलाई भेदभाव गर्ने हो ?

आखिर अमेरिकाको नेपाली समाज त सबैको साझा चौतारी नै हो । त्यसमा महामहिमको यथेस्ट ध्यान नपुगेकामा पत्रकारको नाताले मेरो काम त्यतातर्फ ध्यानाकर्षण गराउनु हो । अमेरिकाको नेपाली समाजमा साझा दूतले असमान व्यबहार गर्नै सक्तैनन । यसले सामाजिक अन्याय थोपर्छ । नेपाली दूताबासको गरिमा कायम राख्न एएनए मुद्दा मामिलाबाट दूतले हात नझिकेको, पत्रकारहरुको वाक स्वतन्त्रता हनन भएको र समाजका अन्य सबै ब्यक्तीहरुमाथी भएको घरेलु आतंकबादबाट आफुलाई मुक्त गर्नुहोस । प्रस्ट पार्नु होस । अन्यथा हामीहरु अब यो मामला अन्तरराष्ट्रियकरण गर्दैछौं । संघ संस्थाभित्रको आपसी बिबादको पिडा हामी पत्रकारहरुमाथी थोपरिएको छ । हामी यो कुरा अन्तरराष्ट्रिय रुपमा उठाउछौं । हामी महामहिमको पदभक्ती गाउँन वा आफुलाई निरंकुश दर्जामा राखेर समाज पिडक बन्न रुचाउने एएनएका अन्तरिम अध्यक्ष र गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निर्वाचन प्रमुख शेर्पा लामाको कुनै पनि हर्कतको बिरोध गर्न स्वतन्त्र छौं । हामी पत्रकारहरु वा अन्य निर्दोश नेपालीहरुलाई हालिएको मुद्दा र अदालत बाहिर तिराइएको कुनै पनि बिगो जरिबानाको खुलेर बिरोध गर्छौ ।

एएनएका निरन्कुस शैलीका अन्तरिम अध्यक्ष शेर्पालामाले गैर आवासिय संघ अमेरिकाको समेत दैनिक काम कार्यबाहीमा ३ बर्षदेखी गलत रजाई गरीरहेको र निर्वाचन समेत नगराएको महामहिमको जानकारीमै छ । अमेरिका जस्तो प्रजातान्त्रिक देशमा निर्वाचन नहुनु र त्यस्तो अप्रजान्त्रिक ब्यक्तिको हठमा सन्चालित बैठक र सभाहरुको अतिथी एबम हिरो बन्ने काम महामहिमको मर्यादाले दिने कुरो होइन । तर महामहिमले त्यसलाई समेत हठ गरेर मर्यादा मिच्ने काम हुँदै आएको छ, जसले गर्दा निरंकुश ब्यक्तिलाई झन बढी निरंकुश बन्न प्रेरित गरिरहेको छ । एकपछि अर्को गल्ती गर्दै एनआरएन कै गरिमामा समेत आँच आईरहेको छ । यो गलत हो भन्नु पत्रकारको धर्म होइन र ? आफ्नो धर्म निभाएर समाज सेवा गर्दा पत्रकारहरु महामहिम र अन्तरिम अध्यक्षबाट पीडित हुनु शर्मनाक बिषय हो ।

एनआरएन अमेरिका भित्र पनि निर्वाचन प्रमुख शेर्पा लामाले गरेका गलत कामहरुलाई रोक्न अन्तरराष्ट्रिय समन्वय समितीका तत्कालिन अध्यक्ष जिवा लामिछानेको प्रयासबाट बिगतमा भएको प्रयास स्मरण गर्दै नव निर्बाचित अध्यक्ष शेश घलेबाट समेत एनआरएन अमेरिका एउटा ब्यक्तिद्वारा कैद भईरहेकोमा त्यसको मुक्तिको लागि तत्काल पहल होस भन्ने अहिले यतिखेर अमेरिकामा आवाज उठिरहेको छ । यो समस्याको तत्काल समाधान हुनुपर्छ भलै हस्तक्षेप नै किन गर्नु नपरोस । एनआरएन अमेरिकाको बिबादबाट पनि नेपाली दूतले आफ्नो हात झिक्नु पर्छ ।

नेपाली समाजका एचबी भण्डारी, ध्रुब घिमिरे, लोक छन्त्याल, सुन्दर कर्माचार्य, मनमोहन सिंह घिमिरे, अनुप श्रिवास्तव, शिव बिष्ट, रमेश लामिछाने, अर्जुन बहादुर हमाल, बिनय अर्याल र सिता पाण्डेलाई बिपक्षी बनाई एसोसिएसन अफ नेपलीज इन अमेरिकाज(एएनए) को तर्फबाट उसको वकिल डिपो अकिन डिकोले ९७ वटा बुँदाको जालसाजी (फ्रड), गलत प्रतिनिधित्व (मिसरिप्रिजेन्टेसन), मानहानी (डिफेमेसन), गोप्यता भङग (इनभेजन अफ प्राइभेसी) र ब्यबसायिक हस्तक्षेप (इन्टरफरेन्स अफ बिजिनेस रिलेसन) जस्ता आरोपहरु लगाई मुद्दा दायर गर्यो । ईतिहासमै यती धेरै नेपालीहरुलाई दोशी आरोप लगाएर एएनएका अन्तरिम अध्यक्षले नेपालीहरुलाई अदालतमा उभ्याउने र १० लाख क्षतिपुर्ति तिराउने सम्बन्धी कानूनी कागजात हात लगायो भने तत्कालिन एएनएका उपाध्यक्ष मेदिनी अधिकारी, कोसाध्यक्ष उत्सब गुरुङग र ग्रेटर बोस्टन नेपाली कम्युनिटी समेतलाई मुद्दा मामिलामा फसाएर समाजका सबैलाई चुप लगाउने हर्कत भयो । अन्तरिम अध्यक्ष शेर्पा लामाको यो रणनिती भनेको हुकुमी, अप्रजातान्त्रिक, वाकस्वतन्त्रता बिपरित र मानबता बिरोधी कार्य हो । यो एएनएको मिसन बिपरित पनि छ । एएनएको मिसन भन्छ-सबै नेपालीसँग पारस्परिक सम्बन्ध राख्ने तर नेपाली दूतको संलग्नतामा एएनए अन्तरिम अध्यक्षबाट नेपालीसँग सम्बन्ध होइन दुस्मनी राख्ने काम भएको छ । अमेरिकाको नेपाली समाजमा यो कसैलाई पनि स्विकार्य बिषय होइन ।

पीडित पत्रकारहरुको तर्फबाट म महामहिममा यो खुल्ला पत्र पेस गर्दै र यसको जवाफ प्रेस वक्तब्यको रुपमा आत्मालोचना सहित आओस भन्ने चाहन्छु । अन्यथा हामी पत्रकारहरुको वाक स्वतन्त्रता बिरुद्द भएको हर्कत, निर्दोष दर्जनौ नेपालीहरुको मानव अधिकार हनन सम्बन्धी मुद्दा र अमेरिकामा रहेका एएनए, एनआरएन अमेरिका, नेपाल मदर डट कम र ग्रेटर बोस्टन नेपाली समाज बिरुद्द महामहिम समेतको संलग्नतामा भएको संस्थागत हानी नोक्सानी र ब्यक्तीबिशेषको अधिकार कुन्ठित गरिएको बिषय नेपाल सरकार, संबिधान सभा, नेपाली राष्ट्रपतिको कार्यालय, अमेरिकि राष्ट्रपतीको कार्यालय, नेपाल र अमेरिकाको बिदेश मन्त्रालय, नेपाल पत्रकार महासंघ, अन्तरराष्ट्रिय पत्रकार महासंघ, एमनेस्टी इन्टरनेसनल, राष्ट्रिय-अन्तरराष्ट्रिय मिडियाहरु लगाएत विश्वभरकै नेपाली सन्जालमा उठाउने छौ ।

महामहिमको प्रोटोकललाई ध्यान दिँदै यो बिषयलाई पहिलो चरणमा सम्बन्धित अग्रज विद्वान र पीडित पक्षबिचको समझदारीबाट समाधान निकाल्न सजिलो होस भन्ने उद्देश्यले ईमेल मार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छु । एएनए र एनआरएन भित्र एउटा निरंकुश ब्यक्तिको हालिमुहालीमा महामहिम दुतको गला जोडाई के कती कारणले निरन्तर भईरहेको हो ?  एएनए अन्तरिम अध्यक्ष शेर्पा लामासँगको नेपाली दूतको गला जोडाईले अमेरिकाको ९९ प्रतिसत समाजले तिरस्कार गरेको ब्यक्तिलाई च्यापेको सन्देश बाहिर आईरहेको छ । एउटा ब्यक्तिले नेपाली समाजमा गरेको मनोमानीको बारेमा नेपाली दूतले केही बोल्नु भएको छैन । जुन कुरो स्वयम दूत र नेपाल सरकारकै प्रतिस्ठाको बिषय पनि हो भने नेपालीहरुसँग त प्रत्यक्ष सरोकार रहेकै छ ।

यसलाई कमजोरी ठानेर महामहिमबाट बेवास्ता भयो भने महामहिमको नेपाल फिर्ता पछी पनि यो कान्डले अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गरिरहने कुराको म अहिल्यै ठोकुवा गरिदिन्छु । एउटा ब्यक्तीको हठले एएनए र एनआरएन माथी भईरहेको ज्यादतीको सान्तिपूर्ण समाधान, पत्रकारहरुको वाक स्वतन्त्रता बिरुद्दको मुद्दा मामिला र निर्दोश नेपालीहरुलाई अदालत बाहिर मनमोजी तिराईएको बिगो बिरुद्द सघाउन गैर अबासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेश घले, संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो, पूर्व अध्यक्ष देवमान हिराचन, निबर्तमान अध्यक्ष जिबा लामिछाने, प्रमुख सम्रक्षक राम प्रताप थापा, सम्रक्षक डाक्टर अम्बिका अधिकारी, डाक्टर  कुन्जर शर्मा, रजर अधिकारी, शम्भु ढुंगाना, अनिल पाठक र महामहिम दूत शर्माबाट बिशेष पहल होस भन्ने अनुरोध पनि गर्दछु  ।

भबदिय,

बिनोद कुमार नेपाल

टेनेसी, अमेरिका

 

(फेरिपनि नेपालप्लसको आग्रह : लूटिएका, थुनिएका, शोसिएका, ठगिएका, अलपत्र पारिएका, भिसा र पासपोर्ट बनाउँदा घुस मागिएका, सिफारिस बनाउँदा दाम मागिएका, दुख बेदना, छटपटी, बिदेशको कुनैपनि तितो अनुभव । पिछाडिएका, जनजाति भनेर हेपिएका । महिलामाथिका अत्याचार, पीडा, उत्पिडन । धनीमानी, पहुँचवाला भनेर अरुले छाप्न नसकेका समाचार । धमाधम पठाउनुस् । नेपालप्लसको प्राथमिकतामा पर्छन् । बिना डर, त्रास, निर्धक्क जान्छन् त्यस्ता समाचार । सत्य हो भन्ने पुष्टी चाहिँ गराउनुपर्छ । आफ्नै नाममा मन नलागे, डर लागे अलग नाममा छाप्न सकिन्छ ।)

तपाइँको प्रतिक्रिया