धर्म परिवर्तन गर्न नमान्दा जेलको सजायँ

सौगात श्रेष्ठ / सउदी अरब

writer-12नमस्कार ! म सौगात श्रेष्ठ । खाडी मुलुकमा धर्म परीबर्तन कसरी गराईन्छ भन्ने बारेमा यहाँहरुलाई मैले भोगेसम्मको र मेरो कानले सुनेकसम्मको छोटकरीमा जानकारी गराउँन चाहान्छु । बिगत पाँच बर्ष देखी म खाडी मुलुक साउदी अरबमा बस्दै आएको छु । जब म यहाँ आए त्यसपछी थाहा भयो की धर्म भन्ने के हो भनेर । म नयाँ नयाँ हुँदा यहाँको भाषा नआउँदा मैले धेरै कष्ट भोग्नु पर्यो । किनकी म गैह्र मुस्लीम थिएँ । मलाई धर्म परीबर्तन गर्नुपर्छ भन्नेहरु धेरै आए । मैले नमान्दा ६ महीनाको तलब दिएनन्। आफ्नो मुलुक फर्कन खोज्दा २ महीना १२ दिन जेल समेत बस्नु पर्‍यो । पुन जेलबाट निकाली काम लगाईएको तितो यथार्त म सँग छ ।

हाल कम्पनी परीबर्तन गरी ठीकै अवस्था छु । त्यसबेला मैले धेरै कष्ट बेहोर्नुपर्दा समेत मैले आफ्नो धर्म त्यागीन । त्याग्दीनपनि । किनकी म गर्व गर्छु हिन्दु हुनुमा । धिक्कार्छु प्रलोभनमा परी आफ्नो धर्म बेच्ने हिन्दुको नाममा कलंक गर्ने हिन्दुहरुलाई । र म जस्तै अरु हिन्दुहरुले यस्ता समस्या भोग्दै आईरहेका छन् । सुरूमा ५,००० रियल । नेपाली रुपैया अहीलेको भाउमा १,२५०००- बराबर पैसा र आईफोन । घडी लगायत अन्य धेरै सामानसँगै महीनाको तलब समेत बढ़ाई २००० हजार रियल सम्म हुन्छ भन्ने जस्ता झुठो आश्वासन दिई धर्म परिबर्तन गराईएको छ ।

धर्म परिबर्तन गरी सके पछी भने बमोजीम केहीपनि नदिएको पाईन्छ साउदी अरबमा । कतीले यस्ता झुठो प्रलोभनमा परी धर्म परिबर्तन त गरे । त्यसपछि  घर परिवारले उसलाई घृणा गर्दा धेरैले आत्माहत्या समेत गरेका छन् । यि र यस्तै घटना धेरै छन् साउदी अरबमा । यो त मैले भोगेको र म बसेको वरीपरीका घटनाहरु मात्र हुन । लोग्ने मानीसहरुको ब्यथा त यस्तो छ भने स्वास्नी मानीसहरुको हालत के होला ? तपाईहरु आफै एक पटक सोच्नुस् त ! उनीहरु त घर बाहीर निस्कन पाउँदैनन् । धेरै जसो महिलाहरुलाई फोन प्रयोग गर्नबाट समेत बन्चीत गराईएको छ । अब सोच्नुस् ति हिन्दु नारीले कस्तो जिवन बिताएकी होलीन ? अरु धर्मको मानीसहरुलाई त्यति धेरै कष्ट दिएको पाइँदैन। मात्र दिईन्छ त हिन्दुलाई । यसमा हाम्रो सरकारको धेरै कमकमजोरीहरु छन् । र यसको रोकथाम गर्नको लागी हामीहरु आफै सचेत रहौं ।

तपाइँको प्रतिक्रिया