नेपाली दलालले ठगेपछि साउदी अरबमा नेपालीको हारगुहार

Photo of Victims

नेपाली दलालले मोटो रकम लिएर अलपत्र पारिदिएपछि साउदी अरबमा केहि नेपालीको बिचल्ली भएको छ । बस्ने र खाने मेसोपनि नभएका ति नेपालीले एन आर एन साउदी अरबसित हागगुहार मागेका छन् । हाल चार जना नेपाली त्यसरि अलपत्रमा पार्ने अरु कोहि नभएर नेपाली कुख्यात म्यानपावर ब्यवसायी कमल खरेल हुन् । उनले चार नेपाली कामदारहरूलाई ढाँटेर र ठगेर अलपत्र पारेका छन । त्यसरि अलपत्र पर्नेहरु पाँचथरका देबेन्द्र तामाङ, ईलामका टिकाराम बुढाथोकी, झापाका सोमनाथ दंगाली र जिवन आचार्य हुन् । तिनको बिचल्ली बहेपछि एन आर एन साउदी अरबले नेपाली दलाल कमल खरेललाई सख्त कारवाही गर्न नेपाली दुतावास समक्ष निबेदन दिएको छ ।

Agreement - 1

आएको चार महिना बितिसक्दा पनि यी कामदारहरूको इकामा बनाइएन ति दलालले बनाइदिएन ।  रोजगारदाता कम्पनीको टुंगो पनि लगाइदिएन । चार महिना काम गरेर एक महिना भन्दा बढीको तलब नपाएपछि ति भोक भोकै मर्नुपर्ने अवस्थामा पुगेको एनआरएन साउदी अरबले जनाएको छ  । कमल खरेल भने साता सातादेखि आफ्ना दुबै मोबाइल नम्बरहरू स्वीच अफ गरेर (परिवर्तन गरेर) हाल पीडित कामदारहरूको सम्पर्क बाहिर छन ।  एनआरएन साउदी अरबका जिम्मेवार ब्यक्तिहरुले उनका पहिलेका नम्बरहरूमा सम्पर्क गर्न खोज्दा स्वीच अफ नै रहेको बताएका छन् ।

Agreement - 2

Agreement - 3

Labor Approval from DoFE

Labor Sticker & Bank Deposit of Promotion Fee

PP & Visa

पीडितहरू आफ्ना पीडा सुनाउन एनआरएनए साउदी अरबको सम्पर्कमा गएका थिए । एन आर एन साउदी अरबका प्रतिनिधीहरुले उनीहरूसँग भिडियो वार्तासमेत गरे ।  उनीहरूका सबै समस्या, कथा ब्यथा उनिहरूस्वयंले त्यहाँ बताएका थिए । एन आर एन साउदी अरबले तिसित भएका कागजपत्र र भिडियो सहित नेपाली दुतावास साउदी अरब समक्ष कमल खरेललाई कारवाही गर्न भन्दै निबेदन दिएको छ ।

एनआरएनए एनसिसी साउदी अरब, लेबर टास्क फोर्स कमिटीका उपाध्यक्ष तथा संयोजक नारायण पासवानले खरेलमाथि कारवाहीको माग गर्दै दुतावास समक्ष दिएको निबेदनमा भनिएको छ “यी सबै पीडित कामदारहरूलाई यथाशिघ्र न्याय, सुविधा, उद्धार तथा क्षतिपूर्ति दिलाउन साथै पीडक म्यानपावर ब्यवसायी कमल खरेललाई हदैसम्मको कानूनी कार्बाही गराउनका लागि समेत अनुरोध गर्दछौं ।”

पिडितहरुलाई सहयोग चाहनुहुन्छ भने यि नंबरमा संपर्क गर्न सकिने छ ।

देबेन्द्र तामाङ      ०५९८८५८१७६

टिकाराम बुढाथोकी  ०५९७०७१७७१

सोमनाथ दंगाली  ०५९८८५७२४१

जिवन आचार्य    ०५९८८५८१५७

तपाइँको प्रतिक्रिया