जनयुद्दकालमा प्रचण्डका आफन्त

Prachanda's DHAI AAMA

ल ल चुनावका बेला यो मसलापनि प्रयोग गरौं कामरेड हो । यि हुन् प्रचन्न कारेडका ठूला बा, अनि धाई आमा देवकी दहाल । अनि चिउँडोमा हात राखेर बसेकि सबैभन्दा दाहिने तिरकि पर्चन्नकी भाउजू । हाम्लाई हत्याराका परिवार भन्छन्, दुख दिन्छन् भन्दै निराश बनेकी हामीसित । जनयुद्दकालमा पर्चन्नको कास्की ढुकुरपोखरीस्थित पूरानो घरमा पर्चन्नबारे, उनका परिवारबारे लेखनाथ अधिकारी र म रिपोर्टिङकालागि जाँदा मैले खिचेको तस्विर ।

त्यो बेला हामी पोखराबाट बस चढ्नासाथ निगरानी गरेको महसुस गरेका थियौं । किनकि हामीले पर्चन्नको गाउँ जाने भनेर कहिँ सुइँक्क नगरि चुपचाप लाएर जाँदापनि हामीलाई मिनिबसभित्रै कसैले सोधेको थियो ‘तपाईहरु पर्चन्नको परिवारलाइ भेट्न जान लागेको हो ?” भनेर । एउटा कुरापनि भन्दिउँ ‘पर्चन्न कामरेडलाई जनयुद्द गर्न हिँड्या बेलापनि चण्डी खरर कण्ठै आउँथ्यो । उनले ‘सानी आमा हाम्रो सरकार आएपछि चितवन लैजाम्ला भन्दै हिँडेका थिए । उनका परिवारलाई के गरे कुनी आफूचाहिँ हेलिकोप्टर नभै नहुने सम्म चाहिँ बने । उनका परिवार सामान्यनै थिए हामीले देख्दा । यो चुनावको बेलाँ ‘ल हाम्रा कामरेड यस्तो सामान्य परिवारबाट आका हुन्’ भन्दै प्रयोग गर्नुहोला भनेर राखिदिएको ।

तपाइँको प्रतिक्रिया