बेल्जियमको अन्तर्राष्ट्रिय मेलामा भ्रस्टाचार, ठगि वा मानव ओसारपसारबारे नेपालप्लसको प्रश्न र संयोजकको जवाफ

arjun-kumar-shrestha-belgium-1बेल्जियममा गत सेप्टेम्बर १४ देखि २२ सम्म एसेन्टा भनिने अन्तर्राष्ट्रिय मेला भयो । त्यस मेलामा नेपालीहरु सहभागि भए । तर कसैले ६ लाख तिरे त कसैले १८ लाख । त्यस मेला आयोजना गर्न समितिपनि बन्यो । तर यताबाट मेलामा कोको आउने भनेर सिफारिस गर्दा समितिमा छलफलनै नगरेको समितिकै सदस्यबाट आयो । भित्र भित्रै मोटो रकम असुलेर, समितिका केहिले आर्थिका फाईदा लिएर सिफारिस गरेको आरोप लाग्यो । तर समितिका संयोजक अर्जुन कुमार श्रेष्ठले दह्रो जवाफ दिन सकेनन् । बिभिन्न मेडियाहरुमा नेपालीहरु मेलामा सहभागिनै फरार भएको । आर्थिक शोषण गरेको । मानव ओसारपसार गरेको सार्वजनिक भयो । मुख्य कुरा मेलामा कोको नेपाली आउने भनेर समितिमा छलफल नै नगरेकाले आर्थिक शोषण वा घोटाला गरेर मानिस ओसारेको देखियो । तर पनि समितिले सत्य तथ्य सार्वजनिक गर्न सकेन ।

आज नेपालप्लसलाई एसेन्टा मेला आयोजक समितिका अर्जुन कुमार श्रेष्ठको बक्तब्य वा प्रतिक्रिया आएको छ । तर अचम्म के भने यस्ता बिज्ञप्ती बाहिर सार्वजनिक भएका आरोप, शंका, दाबी र त्यससंग संबन्धित पक्षलाई स्पष्ठ पार्न जारि गरिन्छ । तर श्रेष्ठको बिज्ञप्तीमा ति आरोपबारे केहि उल्लेख छैन । मेला संवन्धि आयोजकलाई लागेका आरोपमा दुख मनाउ मात्रै गरिएको छ । यसले गर्दा आर्थिक अनियमितता, नेपलको बेईज्जतिसँग गाँसिएका पक्षहरु सहि रहेछन् भनेर विश्वास गर्ने, शंकानै गर्ने ठाउँ दिएको छ । यस विषयमा मैले मेला आयोजकमाथिपनि अन्याय नहोस । उनीहरुलेपनि आफ्नो जवाफ दिएर स्पष्ठपर्ने मौका पाउन् । अन्याय भएको रहेछ भने पाठकसमक्ष खुलस्त पार्न पाउन् भनेर मेला आयोजक समितिका संयोजक अर्जुन श्रेष्ठलाई केहि प्रश्न सोधेर पठाएको थिएँ । र मैले नेपालप्लसमा स्थान दिने प्रस्ट पारेकोपनि थिएँ । ल हेर्नुस् मैले सोधेर पठाएका प्रश्न पहिले र त्यसपछि अर्जुन श्रेष्ठको जवाफ ।

मेरा प्रश्न

एसेन्टामा भाग लिन आउनेसिफारिस गर्ने कुरो समितिमा छलफल भएको रहेनछजम्मा दुई जनाले मात्रै निर्णय गरेका हुन् भन्ने प्रचार प्रसार संयोजकले भन्नु भो । किन समिति बनाएपछि त्यसरि दुई जनाले मात्रै निर्णय गर्नुभो होला 

कसैलाई ६ लाख मात्रै र कसैलाई १८ लाख सम्म लिनुको कारण के होला एकै समयएकै ठाउँमा उहि मेलामा सहभागि हुनको लागि 

कसैले यहि मेलाकालागि भनेर भोलेन्टियर्स गर्ने तर कसैले भने पैसा असुलेर नाफा कमाउने । एउटै मेलामा कसैका हातमा दामआर्थिल लाभकसैका हातमा समाजसेवा गरेको प्रमाणपत्र मात्रै । यो कति मनासिव होला किनकि आर्थिल लाभ लिएको कुरो त प्रचार प्रसार संयोजकको प्रतिक्रिया र उहाँले सार्वजनिक गरेको कुरोलेनै स्पष्ठ पार्छ । सकेसम्म कोकसले बाँडेर कति कति आर्थिक लाभ लिएका हुन् भिसा सिफारिस गर्दा त्योपनि उल्लेख गरिदिए झन इमान्दारिता देखिन्थ्यो । लाभ नलिनेलाई न्याय हुन्थ्यो ।

यो मेलामा आउनेहरु सबै नेपाल फर्किन्छन् भनेर आश्वस्त पारिएको थियो । फर्किएनन् । कोहि त बिमानस्थलबाटै भागे । यसले गर्दा नेपालको इज्जतम बाधा पार्यो कि पारेन होला र यससित संवन्धित नेपाल सरकारले दिएको १२ लख लगायतका सबै जानकारि पाएसम्म आभारि हुने थिएं ।

संयोजक अर्जुन कुमार श्रेष्ठको जवाफ

फ्लान्दर अन्तर्राष्ट्रिय ट्रेड फेयरका नेपाली संयोजक अर्जुनकुमार श्रेष्ठको ध्यानाकर्षण

२०१३ सेप्टेम्बर १४ देखि शुरु भै २२ मा सम्पन्न भएको ६८ औ अन्तर्राष्ट्रिय ट्रेड फेयरमा विशिष्ट अतिथि राष्ट्रको रुपमा नेपालको सहभागिता र मेलालाई भव्य रुपमा सफल बनाउन सबै नेपालीहरुको उत्तिकै महत्वपूर्ण योगदान रहेको सर्व बिदितै छ | नेपाल जस्तो थोरै मात्रामा आयात र निर्यात गर्ने मुलुकले बेनेलक्स कै ठूलो मध्येको मेलामा अतिथि राष्ट्रको रुपमा सहभागी हुनु आफैमा गौरब हो | यसका अलवा कहिँ कतैबाट हुने गरेका अनर्गल प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ |

नेपालको उत्पादन,पर्यटन र कला संकृतिलाई युरोपमा परिचित गराउन जुन किसिमले सबैबाट एक अर्कामा सहयोग आदानप्रदान भयो यसको निम्ति सबै प्रति म हार्दिक आभार समेत प्रकट गर्न चाहन्छु | दूतावासको प्रमुख संरक्षकत्व र नेपाली उद्योग वाणिज्य महासंघको उल्लेखनिय सहयोग र बेल्जियममा रहेका नेपाली समुदायको व्यवस्थापनमा उक्त कार्यक्रम संपन्न भएको सबैलाई अवगत नै छ ।

यो नेपाल राष्ट्र र नेपालीहरु प्रतिको सम्मान हो । यो सम्मानलाई सदैब हामी बिचको एकता र बुझाईले जोगाई राख्छ । आज यो सम्मान स्थापित गराउनुमा पक्कै पनि बिगत जिम्मेवार छ । नेपाल अतिथि राष्ट्र बनेको आयोजकको सूचीमा सदैब रहनेछ । हाम्रा भावी पुस्ताले पनि यो बारेमा जान्नेछन् । संजोगले बेल्जियम सँग कुटनैतिक सम्वन्ध कायम भएको ५० औं बर्षगाँठ अवसरमा पाएको यो मौका ब्याबसायिक तथा मैत्री दुवै किसिमले महत्वपूर्ण रह्यो ।

हाम्रो उपस्थितिलाई प्रभावकारी पार्नको निम्ति अहोरात्र खट्नुहुने सम्पूर्ण नेपालीहरुमा निकै आभारी भएको छु ।  नेपालको गौरवलाई उच्च राख्न निस्वार्थ भावानाले सामाजिक कार्यमा समर्पित व्यक्तित्वलाई सहयोग र हौसला प्रदान गर्नु सबैको महानता हो । यसको अलावा आयोजक समितिका कार्य सम्पादन सम्वन्धि कुराहरुको जानकारी नै नभई अड्कलबाजी गरेर हल्ला फिजाउनु सामाजिक दृष्ट्रिकोणबाट न्यायोचित हुँदैन। नेपाल राष्ट्रको गौरव र सम्मानलाई कायम राख्नु हामी सबैको कर्तव्य हो । हामी हाम्रो कर्तब्य लाई भुलेर गलत किसिमले प्रस्तुत हुँदा सामाजिक मर्यादामा आँच पुग्दछ । सामाजिक मर्यादामा आँच आउने कार्य कहिँ कतैबाट पनि हुनुहुन्न । भए गरेका कार्यलाई निस्तेज पार्नुपर्छ भने हुने संभावनालाई सचेतना पूर्वक उठाईरहनु पर्छ । केहि समय अगाडी देखि सामाजिक संजालमा देखिएका नकारात्मक टिका टिप्पणी प्रति गहिरो ध्यानाकर्षण भएको पुन जानकारी गराउन चाहन्छु । जसले सामाजिक भावनामा गहिरो चोट पुर्याएको छ । मेला आयोजना र सम्पन्न गर्न बिगतदेखि भए गरेका सम्पूर्ण प्रगति विवरणहरु आयोजकबाट निकट दिन मै अबस्य पनि सबैलाई जानकारी गराउने छौं ।

तदनुरूप महामहिम राजदूत समक्ष यहि ८ तारिखको लागी समिक्षा बैठक आब्हानको निम्ति अनुरोध पत्र पठाएको समेत जानकारी गराउन चाहन्छु । कार्य सम्पादनको क्रममा कसैले जानीजानी वा कुनै गलत प्रयोजनको लागी सदुपयोग गर्ने कार्यमा संलग्न भए गरेको पाईएमा आयोजक समितिलाई जानकारी गराई सहयोग गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

धन्यवाद

अर्जुनकुमार श्रेष्ठ

(संयोजक)

अन्तर्राष्ट्रिय ट्रेड फेयर २०१३, गेन्ट

 

तपाइँको प्रतिक्रिया